Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘वैदेशिक रोजगारीका कारण समाज स्वस्थ छ’
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ‘वैदेशिक रोजगारीका कारण समाज स्वस्थ छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२
महेशकुमार बस्नेत
Energy Drink Energy Drink

 

‘वैदेशिक रोजगार व्यवसाय गर्छु’ भनेर खुलेर भन्न नसक्ने अवस्थामा यो क्षेत्र रोजेका उदयपुरका महेशकुमार बस्नेतको एक दशकभन्दा लामो समय यही क्षेत्रमा बितिसकेको छ । जुझारु, लोकप्रिय स्पष्ट बोल्ने युवा व्यवसायीका रुपमा परिचित बस्नेत गत चैतमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिवमा निर्वाचित भए । ग्लोबल राइजिङ प्लेसमेण्ट प्रालिका सञ्चालकसमेत रहेका बस्नेतसँग वैदेशिक रोजगार व्यवसायको वर्तमान अवस्थालगायत समसामयिक विषयमा केन्द्रित रहेर प्रभाव दैनिककी संवाददाता ममता थापाले गरेको कुराकानीः

वैदेशिक रोजगार व्यवसायमा कसरी प्रवेश गर्नुभयो ? तपाईं यो क्षेत्रमा प्रवेश गर्दा वैदेशिक रोजगारप्रतिको बुझाइ कस्तो थियो समाजमा ?
म वैदेशिक रोजगार व्यवसायमा आबद्ध भएको करिव १३ वर्ष हुन लाग्यो । यहाँ आउनुअघि अन्तर्राष्ट्रिय र नेपालको बजार कस्तो छ अध्ययन गरेँ । करिब एक वर्षको अध्ययनपछि सञ्चालकको रुपमा नै यो व्यवसाय सुरु गरेँ । २०६३ सालमा स्थापना भएको कम्पनी टेकओभर गरेर आफैंले सञ्चालन गर्न थालेको हुँ । वास्तवमा भन्नुपर्दा, यो क्षेत्रको अध्ययन गर्नुभन्दा अगाडि यो पेसाप्रति म त्यति सकारात्मक थिइनँ । नेपालीहरु विदेश जानुहुँदैन भन्ने मलाई सिकाइयो र म त्यसरी नै बुझ्थेँ । तर समग्र हेर्दै गर्दा यसबाट नेपालीहरुको घरदेखि मुलुकको अर्थतन्त्र चलेको देखेँ । नेपालमा उद्योग कलकाखानाको विकास नहुनु, भएका उद्योगलाई राज्यले संरक्षण नदिनु, यस्तो अवस्थामा विकल्प नभएपछि मान्छेले वैदेशिक रोजगारी रोज्दो रहेछ भन्ने कुरा मैले बुझेँ ।

वैदेशिक रोजगार क्षेत्रमा हुने ठगीका घटनाहरुले गर्दा यो क्षेत्रमा लाग्नेहरुप्रति हेर्ने दृष्टिकोण नै फरक देखिन्छ । विगतमा झन् नकारात्मक नै थियो । त्यस्तो अवस्थामा पनि किन यही पेसा रोज्नुभयो ?
सत्य कुरा के हो भने पहिलेपहिले वैदेशिक रोजगार व्यवसायी हुँ भनेर त्यति खुलेर भन्दैनथे । जब यो देशमा चलेका करिब–करिब सबै क्षेत्रहरु वैदेशिक रोजगारीको कारणले धानिएको रहेछ, समाजलाई र मुलुकलाई अप्ठ्यारो पर्दा वैदेशिक रोजगारीले उठाएको रहेछ भन्ने महसुस भएदेखि मैले खुला हृदयले वैदेशिक रोजगार व्यवसायी हुँ भन्न थालेको छु । वैदेशिक रोजगार क्षेत्रमा भएका केही नराम्रा घटनाले यो क्षेत्रकै छवि बिगारेको अवस्था थियो । तर पछिल्लो समय त्यो अवस्था हटिसकेको छ । वैदेशिक रोजगार व्यवसायले मुलुकको अर्थतन्त्रमा योगदान गरिरहेको छ भन्ने सबैले बुझिसकेका छन् । त्यसैले वैदेशिक रोजगार व्यवसायी हुँ भन्नलाई कुनै संकोच मान्नुपर्ने अवस्था छैन ।

Ncell
Hardik health

वैदेशिक रोजगारीका कारण युवा जनशक्ति पलायन भए भन्ने आमचासोको विषय बनिरहेको छ । यसमा तपाईंको धारणा के छ ?
सोचौं त युवाहरु नेपालमै भइदिएको भए के हुन्थ्यो अवस्था ? मुलुकमा भनेजस्तो रोजगारी छैन । बेरोजगार मान्छेले जे पनि गर्न सक्छ । जब मान्छे रोजगार हुन्छ, त्यो मान्छे सतर्क हुन्छ, समाजप्रति सचेत हुनसक्छ । यसर्थ पनि वैदेशिक रोजगारीका कारण हाम्रो समाज आज स्वस्थ छ । अपराध घटेको छ । अपराधको अनुपातमात्र नभई शिक्षाको स्तर पनि बढ्दै छ । हिजो लेखपढ गर्नै हुँदैन भन्नेले पनि आज शिक्षादीक्षा दिइरहेका छन् । सिटामोल खान नपाउने घर परिवारले पनि राम्रो ठाउँमा स्वास्थ्य उपचार पाइरहेको छ । यो वैदेशिक रोजगारको उपज हो । 

वैदेशिक रोजगार व्यवसायी संघको कार्यकारी जिम्मेवारीमा हुनुहुन्छ । जिम्मेवारी सम्हालेको चार महिनामा के–के काम गर्नुभयो ?
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा म एक्लो व्यक्ति आएको होइन । सिंगो टिम आएको हो । हामी भिजन र योजनाका साथ आएका छौं । हालसम्मको चार महिनाको समय हामी आन्तरिक गृहकार्य र संघलाई व्यवस्थित बनाउनमै लागिरहेका छौं । हाम्रा नीतिगत आप्ठ्याराहरुमा सम्बन्धित ठाउँमा व्यवसायीका आवाजहरु उठाउनुपर्ने अवस्था थियो । त्यो अवस्थासम्म हामी पुगिरहेका छौं । हामीले आधार तयार गरेका छौं । यो बीचको जति पनि समय रह्यो बाहिर देखिने खालको काम नभइसकेको अवस्था रहे पनि समग्र व्यवसायीका तत्काल आवश्यक, महत्वपूर्ण र कम महत्वका गरी तीन किसिममा छुट्याएर प्राथमिकताका आधारमा काम गरिरहेका छौं । प्राथमिकताकै आधारमा काम गर्दा तत्काल गर्नुपर्ने काममा नै बढी केन्द्रित भएर लागिरहेको अवस्था छ । 

तत्काल (अर्जेण्ट) गर्नुपर्ने कामहरुचाहिँ के–के थिए ? के–के पूरा भयो ?
ठूलो रोगको रुपमा रहेको सय संख्या सम्बन्धमा नीतिगत सुधारका लागि संसदीय श्रम समिति, संघीय संसद्देखि सम्माननीय राष्ट्रपतिसम्म पनि गएर कुरा गर्नुपर्ने अवस्था थियो । लगातारको पहलपछि सय संख्या सधैँका लागि अन्त्य गरेको अवस्था छ । अर्जेण्ट विषय यही नै थियो । साथसाथै ऐन संशोधन भएर आए पनि बीचको १४ दिन ‘भ्याकुम पिरियड’ रह्यो । त्यो समय हटाउनका लागि विभाग, मन्त्रालयमा पटक–पटक जाँदा नियमावली नै संशोधन गर्नुपर्ने र बाधा अड्काउ फुकाउ गर्नुपर्ने भन्दै गर्दा मन्त्रालयले महान्यायधिवक्ताको कार्यालयबाट राय माग्ने काम भयो । त्यसपछि मन्त्रीस्तरीय निर्णयबाट काम कारोवार रोकिएका व्यवसायीको व्यवसाय खुलाउने काम भयो । यो काममै हामी लाग्यौं । यो तत्काल आवश्यक काम थियो । अब अन्य महŒवपूर्ण कामतिर केन्द्रित भइरहेका छौं । 

सय संख्याको प्रावधान हट्दा त त्यसको श्रेय लिन तँछाडमछाडजस्तै देखियो नि ? व्यवसायीहरुबीच स्वस्थ वातावरण नभएको हो ?
हामीले हटायौं या अरु कसैले हटायो भन्दा पनि राज्यले हटाएको हो । पहल नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको हो । व्यक्ति विशेष भन्दा संघ जहिले पनि माथि छ । यो हामी सम्पूर्ण व्यवसायीहरुको सर्वोच्च संस्था हो । यो छाता संगठनको पहलमा हटेको हो । यसमा व्यक्ति विशेषले श्रेय लिने भन्ने कुरै हुँदैन ।

श्रमिकहरुसँग लिइने सेवा शुल्कमा मनपरि छ, श्रमिकहरु ठगीमा परिरहेका छन् । सेवा शुल्कको विषय किन टुंगो लगाउने कुरा कहाँ अड्कियो ?
ठगी नियन्त्रण गर्न चाहने हामी व्यवसायी पनि हौं । वैदेशिक रोजगारीको नाममा जुन तरिकाले ठगी बढिरहेको छ । यहाँ किराना पसलले वैदेशिक रोजगारीमा पठाएको छ । होटल, अस्पताल, कन्सल्टेन्सी, ब्युटी पार्लरले वैदेशिक रोजगारीमा पठाउन पासपोर्ट संकलन गरिरहेको छ । व्यक्तिले वैदेशिक रोजगारीमा पठाउने भन्ने विषय नेपालको वैदेशिक रोजगार ऐन २०६४ ले कल्पना पनि गरेको छैन । तर यहाँ व्यक्ति–व्यक्तिले बाटो–बाटोमा बसेर ठगिरहेका छन् । संस्थागतरुपमा वैदेशिक रोजगारीमा पठाउँदा राज्यले हाम्रो धरौटी तोक्ने तर सेवा शुल्क नतोक्ने ? हामी संस्थाले लिने पैसाको रसिद काटेर दिन पाइरहेका छैनौं । पैसा तिर्ने श्रमिकले तिरेको भर्पाइ लिन पाइरहेको छैन । हामीले लिने सेवा शुल्क तोकिदिनुस् भनेर सम्बन्धित निकायमा निरन्तर माग राखिरहेका छौं ।
 
श्रम अधिकारकर्मीहरुले रोजगारीमा जान श्रमिकबाट पैसा लिनु हुँदैन, सेवा शुल्क तोकिनु हुँदैन भनेर आवाज उठाइरहनुभएको छ नि ?
सेवा शुल्कमा जसले विरोध गर्नुहुन्छ उहाँहरु देशमा ठगी बढोस् भन्ने चाहनुहुन्छ जस्तो लाग्छ । ठगी घटाउने हो भने रोजगारीमा जाँदा लाग्ने लागत निर्धारण हुनुपर्छ । तर विभिन्न ठाउँहरुबाट एनजिओ, आइएनजिओको नाममा, विभिन्न बुद्धिजीवीको नाममा उहाँहरुले विरोध गरिरहनुभएको छ । नेपाल सरकारले मौद्रिक नीतिभित्र ल्याइसकेको छ कि वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई तीनदेखि पाँच लाख रुपैयाँसम्म ऋण दिनुपर्छ भनेर । यसको मतलव सरकारले नै पैसा लाग्छ भनेर स्वीकार गरिसकेको छ । रोजगारीमा जाने व्यक्तिको लागत र हामीले लिने सेवा शुल्क निर्धारण भयो भने केही हदसम्म भए पनि ठगी नियन्त्रण हुन्छ र अनधिकृत व्यक्तिले चलखेल गर्दैन । यसले राज्यलाई पनि राजस्व संकलनमा ठूलो टेवा पुग्ने छ । सस्तो लोकप्रियताका लागि जुनसुकै नियम लगाए पनि नेपाली जनता रोजगारीमा जान लाग्ने खर्च सम्बन्धमा सरकारले स्पष्ट नीति ल्याउनुपर्छ ।

मलेसिया सिण्डिकेटको विषयले बेलाबेलामा व्यवसायीलाई तर्साइरहेको छ । सिण्डिकेट लागू हुन सक्ने विभिन्न सम्भावनाहरुको पनि चर्चा भइरहेको छ । यो विषयमा संघले के गरिरहेको छ ?
हामीले सूक्ष्म रुपमा अध्ययन गरिरहेका छौं । मलेसियामा सिण्डिकेट लाग्ने र लगाउने विषय भनेको नयाँ विषय होइन । यो भन्दा अघि पनि पैसा, पहुँच हुने केही सीमित व्यवसायी र गैरव्यवसायीहरु लागिरहेको विषय हामीले अध्ययन गरिरहेका छौं । लामो समय बन्द भएको मलेसिया बल्लतल्ल लगभग खुल्ने तयारी छ । यो बेलामा मलेसियामा सिण्डिकेटमा नाममा केही सीमित व्यक्तिले चलखेल गर्न खोजे पनि लगभग ५० प्रतिशत व्यवसायी मलेसियासँगै आश्रित छन् । विभिन्न बहानामा सीमित व्यक्तिलाई पक्षपोषण गर्ने नीति आउन लाग्यो भने त्यो दिन कुनै पनि प्रकारको कदम चाल्न हामी बाध्य हुनेछौं । त्यसो हुँदा भोलि मलेसिया बन्द नै हुने पनि अवस्था आउन सक्छ ।

मागपत्र प्रमाणीकरणको विषय जुलाइमै हुन्छ भने पनि किन ढिला भइरहेको छ ?
श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसमक्ष हामीले धेरै पटक यो माग उठाइसकेका छौं । मागपत्र प्रमाणीकरण नहुँदा अत्यन्तै आकर्षक मुलुकहरुको मागहरु हामीले गुमाइरहेका छौं । युरोपमा १२ वटा नियोग हुँदा पनि प्रमाणीकरण नहुनु दुर्भाग्यको कुरा हो । मागपत्र प्रमाणीकरण नगरी जसरी नियोगहरुले रोकिरहेको छ सरकारले यस विषयमा ध्यान पु¥याउनुपर्छ । श्रममन्त्रीज्यूको भनाइअनुसार योभन्दा अगाडि खोलिसक्नुपर्ने हो । यद्यपि, आवश्यक तयारी र अध्ययन कार्यदल पनि बनिरहेको भन्ने सूचना आइरहेको छ, हामी आशावादी छौं । व्यवसायीका लागिमात्र होइन नेपालीहरुका लागि अलि फरक तरिकाबाट सोचेर कूटनीतिक नियोगहरुमा परेका अप्ठ्याराहरु बुझेर छिटोभन्दा छिटो प्रमाणीकरण खोल्नुपर्छ । 

संघको वर्तमान कार्यसमितिले यो कार्यकालमा के–के गर्ने योजना बनाएको छ ?
वैदेशिक रोजगारीको स्वर्णिम युग सुरु भएको छ । गन्तव्य मुलुकहरु विस्तार हुँदै छन् । हिजोको भन्दा अपग्रेड भएर काम गर्नुपर्ने अवस्था देखिएको छ । यो क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पेसा, व्यवसायमा भएका आन्तरिक कमी कमजोरी सुधार गर्न कोसिस गरिरहेका छौं । व्यवसायीको क्षमता अभिवृद्धि नगरी, उहाँहरुलाई असल नबनाई यो क्षेत्रको सुधार हुँदैन । तसर्थ, मुख्य उद्देश्य आन्तरिक कमीकमजोरीको सुधार, बाह्य हस्तक्षेप हुन नदिने र त्यसपछि व्यवसायलाई सम्मानित बनाउन पोलिसी लेभलमा के कस्ता सुधार गर्नुपर्छ यी विषयवस्तुभित्रै रहेर हामी काम गछौं । मागपत्र प्रमाणीकरण, नयाँ गन्तव्य मुलुकको खोजी र सेवा शुल्क निर्धारण हाम्रा प्राथमिकताका विषय रहेका छन् ।
 


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ११:०३
#रोजगार वार्ता
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
'संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ'
'संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ' शनिबार, असोज ३, २०८३
'राष्ट्रिय सहमतिमै संविधान संशोधन हुन्छ, पुनर्लेखनको बहसमा छैनौं'
'राष्ट्रिय सहमतिमै संविधान संशोधन हुन्छ, पुनर्लेखनको बहसमा छैनौं' शनिबार, असोज ३, २०८३
‘बालेन सरकार सिण्डिकेटधारीको प्रभावमा पर्छ भन्ने लाग्दैन’ [भिडियोसहित]
‘बालेन सरकार सिण्डिकेटधारीको प्रभावमा पर्छ भन्ने लाग्दैन’ [भिडियोसहित] आइतबार, भदौ २८, २०८३
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’ बुधबार, भदौ २४, २०८३
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’ शुक्रबार, भदौ १९, २०८३
सिण्डिकेटको त्रास अन्त्य भएको छैन
सिण्डिकेटको त्रास अन्त्य भएको छैन मंगलबार, भदौ ९, २०८३
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’ सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP