Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो’: संसदीय दलको उपनेता राई
‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो’: संसदीय दलको उपनेता राई
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १२, २०८३

नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । गणतन्त्रका लागि विसं २००७, २०१७, २०३६ र २०४६ मा राजनीतिक संघीर्ष र जनआन्दोलन भए । २०५२-२०६ को संघीर्ष, २०६२/६३ को जनआन्दोलन दोस्रो जनआन्दोलन र मधेस आन्दोलन तथा विभिन्न समयमा भएका संघीर्षबाट २०६५ जेठ १५ गते संविधानसभाको पहिलो वैठकले नेपालमा संघीीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । करिब २४० वर्षीय शाहवंशीय राजतन्त्रको अन्त्य भएको दुई दशक हुनै लागेको छ । अहिले हामीले देशको सर्वोच्च पद शासक वंशका आधारमा नभई निर्वाचन वा प्रतिनिधिबाट चयन हुने व्यवस्थाको अभ्यास गरिरहेका छौँ । तर, व्यवस्था फेरिए पनि जनताको अवस्थामा तात्विक परिवर्तन हुन नसकेको गुनासो आइरहेको छ । प्रस्तुत छ, गणतन्त्र दिवसको अवसरमा यी र यस्तै विषयमा श्रम संस्कृति पार्टी, संसदीय दलका उपनेता ध्रुवराज राईसँग  समाचारदाता सुशील दर्नालले गरेका कुराकानीकाे सम्पादित अंश :

मुलुकमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ, यो अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

लामो संघीर्ष र बलिदानपछि आज हामी संघीीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । गणतन्त्र नेपालको लागि आवश्यक पनि थियो । राजतन्त्रले लामो समय जनतालाई दुःख दिने काम गर्‍यो । जनताको साथ र सहयोगसँगै तत्कालीन सात दल र नेकपा (माओवादी) को संयुक्त प्रयासबाट गणतन्त्र आयो । संविधान सभाको निर्वाचन भयो । संविधान निर्माण पनि भयो । यो बीचमा केही राम्रा काम पनि भएका छन् । जनतालृ स्वतन्त्र हुन पाएका छन् । विकासका काम भएका छन् । अहिले गाउँ-गाउँमा धुँलै/हिलै भए पनि बाटो पुगेको छ, विद्यालय र स्वास्थ्य चौकी पुगेको छ । पहिला स्थानीय तहमा न्यून बजेट थियो तर अहिले  केही बढेको छ । तर, उपलब्धिमूलक काम नभएको भन्ने मेरो बुझाई छ । 

व्यवस्था फेरिए पनि हाम्रो अवस्था फेरिएन भन्ने जनताको गुनासो छ नि ?

Ncell
Hardik health

विगतको सरकारले जसरी रोजगारीको व्यवस्था गर्नु पर्ने नियो, त्यो गर्न नसकेको हो । अहिलेको सरकारलाई हेर्न बाँकी छ । यद्यपि सरकारको नीति तथा कार्यक्रम उत्साहजनक देखिदैन । आज पनि युवा पलायन भई नै रहेको छ । दैनिक युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशतिरै कुदिरहेको देखिन्छ । अझ पनि जनता निराशामै छ । त्यही जनताको अवस्था परिवर्तन भएन भनेर जेन-जी संघीर्ष भएको हो । आशा गरौँ, वर्तमान सरकारले जनताको अवस्था फेर्ने गरी काम गर्नेछ । फेरि जनताको अवस्था उस्तै भयो भनेर राजतन्त्रमा फर्किने कुरो हुँदैन,  गणतन्त्रको उत्तम विकल्प भनेको गणतन्त्र नै हो । हामीले यसलाई थप बलियो र  सुदृढ बनाउँदै लैजानुपर्छ । गणतन्त्र नेपालको लागि उत्तम व्यवस्था हो । तर, यसलाई राम्रोसँग सञ्चालन गर्ने नेतृत्व भएन कि भन्ने मलाई लागेको छ । जनताको अवस्था फेर्न राम्रो कार्यकारी प्रमुख चाहिन्छ । 

गत भदौ २३ र २४ गते भएको जेन-जी आनदोलनसँगै गणतन्त्र ओझेलमा परेको हो कि जस्तो देखिन्छ नि ?  

गणतन्त्र ओझेलमा परेको छैन । गणतन्त्र व्यस्थामा आफैँमा नराम्रो होइन तर गणतन्त्रभित्र कसरी शासन गरिरहेको छ भन्ने कुरा हो । राजतन्त्र अन्त्य भए पनि दलका नेताहरुले राजाको जस्तै व्यवहार पो देखाएका हुन् कि भन्ने हो । सायद त्यसैले युवाहरुले जेन-जी आन्दोलन गर्नुपरेको होला । मुख्य प्रश्न देश सञ्चालन गर्ने व्यक्ति गणतन्त्रको मूल्य-मान्यता अनुसार हिडेको छ कि छैन भन्ने हो  । संविधानको मर्मअनुरुप हिडेको छ वा छैन भन्ने हो । तर पनि गणतन्त्रलाई अझै बलियो बनाउनु पर्नेछ । त्यसको लागि स्थानीय, प्रदेश र संघीीय सरकारले समन्वय गरेर काम गर्नुपर्छ । जनतालाई सुशासनको अनुभूति दिनुपर्छ ।

जनताका शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत अधिकारको सुनिश्चित हुनुपर्‍यो । जस्तोः अहिले खेती किसान गर्ने किसानलाई बाँदरले दुःख दिएको छ । किसानको मुख्य समस्या बाँदरलगायत जङ्गली जनावर भएको छ । त्यसको व्यवस्थापनको लागि सरकारले नीति बनाउनुपर्छ । नीति कार्यान्वयन गरेर समस्याको समाधान गर्नुपर्छ । सरकार आफू पनि अनुशासनमा रहनुपर्‍यो, जनतालाई पनि अनुशासनमा राख्नुपर्‍यो । सरकारले जनतालाई सुशासन दिनु नै मुख्य कुरा हो । विचौलियाले संसार सक्यो भनेर हामी भनिरहेका छौँ । त्यसलाई रोक्नुपर्‍यो, धेरै रोइकराइ गर्नु पर्दैन । प्राकृतिक रुपमा हामीलाई धेरै चिजले साथ दिएको छ । त्यसको सही सदुपयोग गर्न सकेको खण्डमा गणतन्त्र त्यसै फस्टाइहाल्छ ।

देशको समग्र आर्थिक विकासको निम्ति तपाईँले देखेको सम्भावना के हो ?

हामीले श्रमदानबाट पनि देशलाई आर्थिक विकासको बाटोमा अगाडी बढाउन सकिन्छ भनेर लागिरहेका छौँ । हामी अरु देशभन्दा स्रोत/साधनमा धनी छौँ । मात्र त्यसको सही प्रयोग गर्न सकेका छैनौँ । हामी पर्यटकीय रुपमा पनि धनी छौँ । तर, हामीसँग योजना नभएका कारण पर्यटक भित्र्याउन सकिरहेका छैनौँ । पर्यटनको क्षेत्रमा विकास गर्न सकेको खण्डा मात्रै देशलाई आर्थिक रुपमा धेरै लाभ हुन्छ । देशमा निजी क्षेत्रले सबै गर्नसक्ने सरकारले नसक्ने भन्ने हँदैन । चाहेको खण्डमा सरकारले पनि धेरै गर्नसक्छ । भ्रष्टाचार नहुनु र जनताले सुशासन पाउनु भनेको देश आर्थिक रुपमा विकास हुनु हो । देश बन्न हामी नेपाली अल्छि हुनु हुँदैन । अर्को कुरा नीति कार्यक्रम बनाएर त्यसको कार्यान्वयन हुनुपर्छ । अहिले इमान्दारीपूर्वक काम गर्ने कर्मचारीले ऋण लिएर पनि आफ्नो एउटा घर बनाउन सकेको छैन । तर भ्रष्टाचारीको महल छन् । त्यो भ्रष्टाचारी र विचौलियालाई रोक्न सक्दा देशको आर्थिक विकास हुन्छ ।   

युवा पलायन रोक्न के गर्न सकिन्छ होला ?

अहिले हाम्रो देशको ठूलो समस्या भनेको वैदेशिक रोजगार बनेको छ । खेतबारी बाँझो राखेर अहिले हामी विदेश उडिरहेका छौँ । यो दुःखलाग्दो विषय हो । युवालाई देशभित्रै राख्नका लागि सरकारले उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । देशको अर्थतन्त्रलाई सही ढङ्गबाट सञ्चालन गर्नुपर्‍यो । देशमा भ्रष्टाचारी र विचौलियाले पैसा लुकाएर राख्ने वातावरण बन्नु हुँदैन ।

देशको उद्योग कलकारखाना सञ्चालन हुँदा पनि युवा पलायन रोक्न सकिन्छ । अहिले देशमा भएका उद्योग कलकारखाना सबै ठप्प छन् । जसले जत्ति पैसा बोक्न पनि पाउने, लुकाउन पनि पाउने नीति हुनु हुँदैन । मुख्य कुरा पुराना सत्ताधारीले बिगार्दै आएको हो । अब तपाईँ हामीले पनि फेरि त्यसै गल्ती गर्नु हुँदैन । सरकारले ल्याउने बजेट पनि गाउँ केन्द्रित हुनुपर्छ । जनता केन्द्रित हुनुपर्‍यो । बजेटको बारेमा मधेशको कुना-कुनाको गरिबदुःखीले थाहा पाउनुपर्छ । गरिबदुःखीलाई केन्द्रमा राखेर बजेट विनियोजन हुनुपर्छ । केही न केही परिवर्तन होस् भनेर जेन-जी विद्रोह भएको हो । त्यसको महसुस जनताले गर्न पाउनुपर्छ र सरकारले पनि त्यही अनुसार काम गर्नुपर्छ । अहिले देश बनाउने उपयुक्त समय हो । 

अहिलेको संघीीय व्यवस्थालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ होला ?

त्यसको लागि जनताले इमान्दार प्रतिनिधि छान्नुपर्‍यो । प्रदेशको मुख्यमन्त्री इमान्दार हुनुपर्‍यो । कर्मचारी इमान्दार हुनुपर्‍यो । स्थानीय तह सञ्चालन अझै इमान्दार हुनुपर्‍यो । तीन तहको सरकारको  बीचमा समन्वय हुनुपर्छ । हामी आशावादी छौँ, देश बन्छ । अहिले जनताले २०७९ मा भोट हालेको अब अहिले पनि हालौँ भनेर २०८२ सालमा भोट हालेको होइन । परिवर्तनको खातिर हालेको हो । त्यसकारण संघीीयता सुदृढीकरणमा पनि सरकारको महत्वपूर्ण भूमिका हुन्छ । अहिलेको सरकारलाई दुई तिहाइ बहुमत यत्तिकै दिएको होइन जनताले । केही होस् भनेर दिएको हो ।

हिजोका नेतालाई सामान्य चुनौती थियो भने अहिलेका नेतालाई ठूलो चुनौती छ । त्यसैले हामीले जसरी पनि परिवर्तन गर्नुपर्छ । सुधार गर्नुपर्छ सुदृढ बनाउनैपर्छ । त्यसैले साना बालबालिका सडकमा यतिकै आएको होइन । वर्तमान सरकारले केही सुधारका काम पनि थालेको देखिन्छ । संघीीय मन्त्रालयको सङ्ख्या पनि घटाएको छ । यो राम्रो पक्ष हो । प्रशासनलाई चुस्त बनाएको छ । अझै जनतालाई पत्यक्ष राहत हुने खालका कार्यक्रम ल्याउनुपर्छ । 


प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’ बुधबार, भदौ २४, २०८३
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’ शुक्रबार, भदौ १९, २०८३
सिण्डिकेटको त्रास अन्त्य भएको छैन
सिण्डिकेटको त्रास अन्त्य भएको छैन मंगलबार, भदौ ९, २०८३
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’ सोमबार, साउन ११, २०८३
‘हामी शान्तिका पक्षधर हौं, तर सुरक्षा र अस्तित्वमा सम्झौता गर्दैनौं’
‘हामी शान्तिका पक्षधर हौं, तर सुरक्षा र अस्तित्वमा सम्झौता गर्दैनौं’ सोमबार, साउन ४, २०८३
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP