काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले देशका ७७ वटै जिल्लामा जीवन बीमाको पहुँच विस्तार गर्ने उद्देश्यसहित राष्ट्रव्यापी सचेतना अभियान तीव्र पारेको छ ।
‘जीवन सुरक्षा, आर्थिक आत्मनिर्भरता र समृद्ध भविष्यको साझा आधार’ भन्ने मूल नाराका साथ कम्पनीले बीमालाई केवल बचतको माध्यम मात्र नभई परिवारको आर्थिक सुरक्षा र जोखिम व्यवस्थापनको भरपर्दो उपायका रूपमा अगाडि ल्याएको छ ।
बढ्दो अनिश्चितताका बीच परिवारको आर्थिक भविष्य सुरक्षित गर्न र समाजमा वित्तीय साक्षरता अभिवृद्धि गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कम्पनीले समाजका सबै वर्ग, तह र आर्थिक क्षमता भएका नागरिकलाई लक्षित गर्दै पारम्परिक, आजीवन, बाल–भविष्य तथा घातक रोग सुरक्षासहितका विविध आकर्षक योजनाहरू सञ्चालनमा ल्याएको छ । यस अभियानमार्फत नागरिकहरूलाई उनीहरूको आयस्रोत र आवश्यकताअनुसार सही बीमा योजना छनोट गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।
यस अभियानको मुख्य जोड पारदर्शिता र जनविश्वासमा रहेको छ । बीमा अभिकर्ता तथा कम्पनीका प्रतिनिधिहरूले ग्राहकलाई बीमाका सर्त, प्रिमियम, बोनस तथा दाबी भुक्तानी प्रक्रियाबारे स्पष्ट र यथार्थ जानकारी दिनुपर्ने मापदण्डलाई प्राथमिकता दिएका छन् । यसले सेवाग्राही र कम्पनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।
रिलायबल नेपाल लाइफले प्रविधिको अधिकतम प्रयोग गर्दै दुर्गमदेखि सुगम क्षेत्रसम्मका नागरिकलाई डिजिटल माध्यमबाट समेत सेवा प्रदान गर्न थालेको छ । यस राष्ट्रव्यापी अभियानले व्यक्तिको आर्थिक आत्मनिर्भरता बढाउनुका साथै राष्ट्रको दीर्घकालीन पुँजी निर्माणमा समेत सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।