रूपन्देही - लुम्बिनी प्रदेश स्तरीय बिजनेश ग्राेथ एण्ड लाेन रिकभरि एक्सिलेन्स तालिमकाे उदघाटन गर्दै नेरूडे मिर्मिरे लघुबित्त बित्तीय संस्था लि प्रमुख कार्यकारी अधिकृत सिईओ मीन बोहोराले कर्मचारीहरूको उत्साह र मनोबल बढाउँदै संस्थाको लक्ष्य प्राप्तिका लागि एकताबद्ध भएर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
रूपन्देहीको तिलाेत्तमामा आयाेजित कार्यक्रममा उनले कर्मचारी नै संस्थाको पहिलो परिचय भएकाले सेवाग्राहीसँगको व्यवहार, कार्यशैली र सेवाप्रतिको जिम्मेवार हुन आवश्यक रहेकाे वताए ।
सिईओ बोहोराले नेरुडे मिर्मिरेलाई नागरिकमाझ अझ विश्वसनीय, भरपर्दो र सेवामुखी वित्तीय संस्थाका रूपमा स्थापित गर्न कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए।
संस्थालाई समुदायले ठुलाे बिश्वास गरेकाले संस्थाको प्रगति केवल कार्यालयभित्रको कामबाट मात्र नभई सेवाग्राही र समुदायसँगको सम्बन्धबाट पनि मापन हुने उनले वताए ।
विशेषगरी ऋण असुली तथा सेवाग्राहीसँग सम्पर्क गर्न जाँदा हप्की–धप्की, दबाब वा असहज वातावरण सिर्जना गर्नेभन्दा प्रेम, सद्भाव, सम्मान र संस्कारसहित प्रस्तुत हुनुपर्ने सीईओ बोहोराले बताए।
सेवाग्राहीसँग मानवीय व्यवहार गर्दै उनीहरूको अवस्था बुझेर सहजीकरण गर्ने संस्कारलाई संस्थाको कार्यशैलीको महत्वपूर्ण हिस्सा बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमा एशिईओे दिनेश कटुवाल, प्रदेश प्रमुख लाेमस भट्टराई लगायतले वाेल्दै नेरुडे मिर्मिरेलाई अझ प्रभावकारी, सेवामुखी र जनविश्वासमा आधारित संस्थाका रूपमा अघि बढाउन कर्मचारीहरूकाे महत्त्वपूर्ण भुमिका रहने वताए।
कर्मचारीहरूलाई सेवाग्राहीको समस्या सुन्ने, आवश्यक परामर्श दिने र सम्भव भएसम्म समाधानका लागि सहजीकरण गर्ने वातावरण बनाउन समेत आवश्यक रहेकाेमा जाेड दिए ।
नेरूडे मिर्मिरे लघुबित्त बित्तीय संस्था लि काे लुम्बिनी प्रदेशमा ४५ शाखा रहेका छन् । संस्थाकाे लगानी २ अर्व ७६ कराेड, बचत १ अर्व ५५ कराेड, सदस्य ६३ हजार ९००, ऋणि १८२०० र ४ वटा क्लस्टर, असुली अधिकृत ३ जना रहेका छन् ।
कार्यक्रममा संस्थाकाे २१ शाखा, ३ क्लस्टरहेड २ जना रिकभरी म्यानेजर गरि ७९ जनाकाे सहभागिता रहेकाे थियाे ।