रूपन्देही - तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आगामी मंसिर ३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने “नवाै तिलाेत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८३” काे तयारी तिब्र पारिएकाे छ । स्टल निर्माण , प्रबेशद्वार , मञ्च निर्माण, बाल उद्यन लगायतका काम धमाधम भईरहेकाे छ ।
तिलोत्तमाको आर्थिक समृद्धिका लागि स्थानीय सरकार, निजी क्षेत्र र व्यावसायिक संस्थाहरूबीच सहकार्यको प्रतिबद्धता जनाउदै अगाडि बढिएकाे तिलाेत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्किले जानकारी दिए । महाेत्सव सफल पार्न तिलाेत्तमा नगरपालिका भित्र रहेका टाेल बिकास संस्था , नगरपालिकाका वडा अध्यक्षहरू, उद्योगी व्यवसायी, सराेकारवालाहरू संग छुट्टाछुट्टै छलफल गरिएकाे र सहभागिहरूले याे मेलालाई आफ्नाे क्षेत्रकाे प्रतिष्ठाकाे रूपमा लिनुका साथै सफलपार्न प्रतिबद्धता जनाएकाे पनि अध्यक्ष कार्किले जानकारी दिए ।
याे प्रदर्शनीलाई केवल व्यापारिक गतिविधिमा सीमित नराखी तिलोत्तमाको समग्र आर्थिक विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि तथा औद्योगिक क्षेत्रको आधुनिकीकरण, उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन र लगानीका नयाँ सम्भावना पहिचान गर्ने साझा आर्थिक मञ्चका रूपमा स्थापित गर्ने विषयमा छलफल गरिएको थियो। संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले स्थानीय उद्योगकाे बजार प्रबर्द्धन र तिलाेत्तमा गरिमा बढाउने रहेकाे तथा प्रदर्शनीको सफलताका लागि स्थानीय सरकार, निजी क्षेत्र, व्यावसायिक संगठन तथा समुदायबीच छलफल गरिएकाे बताए ।
प्रदर्शनीलाई तिलोत्तमाको आर्थिक सम्भावना, व्यावसायिक क्षमता र स्थानीय पहिचान राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा अध्यक्ष कार्कीको भनाई छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा उद्योग, कृषि, प्रविधि र पर्यटनबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने दिशामा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको आयाेजकले जनाएकाे छ ।
संघले मेलालाई सफल, प्रभावकारी तथा उपलब्धिमूलक बनाउन स्थानीय सरकार, निजी क्षेत्र र व्यावसायिक संघ–संस्थाबीच सहकार्य, समन्वय र साझा प्रतिबद्धता अभिवृद्धि गर्ने उद्देश्यले बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेकाे छ।
मेला सफलतापुर्बक सम्पन्न गर्न लागि स्थानीय सरकार, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उद्योग व्यापार संगठन तथा अन्य सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्य काे प्रयास भईरहेकाे संघले जनाएकाे छ ।



संघले प्रदर्शनीलाई सफल बनाउन नगर नेतृत्व, वडास्तरीय जनप्रतिनिधि, व्यावसायिक संघ–संस्था, उद्योगी–व्यवसायी, उत्पादक, उद्यमी तथा आम नागरिकको स्वामित्व र सहभागिता अभिवृद्धि गर्ने लक्ष्यसहित विभिन्न क्षेत्रका सरोकारवालासँग छुट्टाछुट्टै अन्तरक्रिया तथा समन्वय कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीय सरकारको नेतृत्व, निजी क्षेत्रको सक्रियता र समुदायको सहभागिता—दिगो आर्थिक विकासको साझा आधार भन्ने मान्यतासहित सम्पन्न यस बृहत् अन्तरक्रियाले तिलोत्तमा राष्ट्रिय प्रदर्शनीलाई सफल बनाउने सामूहिक प्रयासलाई थप संस्थागत बनाउने अपेक्षा गरिएको छ।
तिलोत्तमा उद्योग वाणिज्य संघले प्रदर्शनीमार्फत स्थानीय तथा राष्ट्रिय उत्पादनको प्रवर्द्धन, लगानीका अवसरको पहिचान, व्यावसायिक साझेदारी विस्तार र तिलोत्तमालाई आर्थिक तथा पर्यटकीय गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। संघले आगामी दिनमा पनि सबै सरोकारवाला पक्षसँगको सहकार्यलाई निरन्तरता दिँदै प्रदर्शनीलाई भव्य, व्यवस्थित र उपलब्धिमूलक रूपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
मेलामा बाल उद्यान, खानापरिकार , लत्ताकपडा, कृषि लगायत पेभलियन गरि तीन सय स्टल रहने स्टल संयाेजक सूर्य न्याैपानेले जानकारी दिए । यसैगरी मेलाका अवसरमा समसामयिक बिषयमा गाेष्ठि, अन्तरक्रिया, सास्कृतिक लगायतका कार्यक्रम गर्ने लक्ष्य रहेकाे तिलाेत्तमा उद्योग बणिज्य संघले वनाएकाे छ ।