Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १४, २०८३

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुग्न लागेको छ । देशका दुई पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेससहितको गठबन्धनबाट २०८१ साउन ९ गते लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिएका मुख्यमन्त्री आचार्यले सुरुदेखि नै सुशासन, पारदर्शीता र नागरिक अधिकारका विषयलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन् । उनले सुशासनलाई संस्थागत गर्ने, भ्रष्टाचारलाई निषेध गर्ने, सेवा प्रवाहलाई अझ जनमैत्री बनाउने र विकासलाई सबैको पहुँचमा पु¥याउने संकल्प राखेका छन् । 

भोलि जेठ १५ गते निरंकुश राजतन्त्रको अन्त्य गरेर जनताको शासन स्थापित गरेको दिन गणतन्त्र दिवसका अवसरमा समग्र प्रदेशको अवस्था र गणतन्त्रमा जनताका अधिकार स्थापित गर्ने, संविधान र संघीयता कार्यान्वयनको अवस्था र दलहरुको प्रतिवद्धतालगायतका विषयमा समाचारदाता भरत केसीले मुख्यमन्त्री आचार्यसँग गरेकाे कुराकानी  

गणतन्त्र स्थापनाको १८ वर्ष पूरा भएको छ । नेपाली जनताले गणतन्त्रबाट के-कस्ता उपलब्धि अनुभूति गर्न पाएका छन् ?
खासमा गणतन्त्र कुनै राजनीतिक दलले मात्रै ल्याएको व्यवस्था होइन । यो जनताको बलिदानी, सङ्घर्ष र त्यागबाट स्थापित भएको व्यवस्था हो । त्यसैले यसको केन्द्रमा जनता नै छन् । गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भनेकै जनतालाई राज्यको मालिक बनाउनु हो । १८ वर्षअघि राज्य संरचना अत्यन्त केन्द्रीकृत थियो । विकास, अवसर, पहुँच र निर्णय प्रक्रिया सीमित ठाउँमा केन्द्रित थियो । अहिले त्यो अवस्था बदलिएको छ । 

संघीयता लागू भएपछि विकास र अधिकार गाउँगाउँसम्म पुगेको छ । स्थानीय तह र प्रदेश सरकारमार्फत नागरिकले राज्यलाई नजिकबाट अनुभूति गर्न थालेका छन् । हामीले गणतन्त्रको मूल्यांकन गर्दा भावनात्मक ढङ्गले मात्रै होइन, वस्तुगत रुपमा हेर्नुपर्छ । अठार वर्षअघि स्वास्थ्य, शिक्षा, सडक, सञ्चार, सामाजिक अधिकार र समावेशिताको अवस्था के थियो ? अहिले कहाँ पुगेका छौँ ? त्यसको तुलना गर्नुपर्छ । त्यसपछि मात्रै वास्तविक निष्कर्षमा पुग्न सकिन्छ ।

Hardik health

व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन हुन सकेन भन्ने आलोचना सुनिन्छ । संघीयतामाथि नै प्रश्न उठिरहेका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
यो विषयलाई एकदमै गम्भीर रुपमा लिनुपर्छ । जनताका अपेक्षा स्वाभाविक रुपमा बढेका छन् । राजनीतिक परिवर्तनपछि नागरिकले छिटो सेवा, रोजगारी, विकास र सुशासन खोजेका छन् । केही क्षेत्रमा अपेक्षाअनुसार परिणाम आउन ढिलाइ भएको हुनसक्छ तर परिवर्तन हुँदै नभएको भन्ने कुरा यथार्थ होइन । पहिलाको अवस्थासँग अहिलेको अवस्थालाई तुलना गर्नुपर्छ । आधारभूत वर्गका नागरिकको अधिकारमा पहुँच बढेको छ । सामाजिक न्यायको दायरा फराकिलो भएको छ । महिलाहरु, दलित, जनजाति, पिछडिएका वर्ग र ग्रामीण समुदायको सहभागिता राज्य संरचनामा बढेको छ । संघीयता नयाँ अभ्यास भएकाले सुरुआती चरणमा केही संरचनागत चुनौती आउनु स्वाभाविक हो । कानुन निर्माण, कर्मचारी व्यवस्थापन, स्रोत साधनको बाँडफाँट र कार्यक्षेत्र स्पष्ट गर्ने काममा समय लाग्यो । तर अब संघीय शासन प्रणाली क्रमशः व्यवस्थित हुँदै गएको छ ।

संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयन गर्न प्रदेश सरकारले के-कस्ता काम गरिरहेको छ ?
प्रदेश सरकार नितान्त नयाँ तह हो । तर छोटो अवधिमै महत्वपूर्ण आधार तयार भएको छ । प्रदेशले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, खानेपानी, सामाजिक विकास र रोजगारीका क्षेत्रमा प्रत्यक्ष काम गरिरहेको छ । संविधानले संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट गरेको छ । ती अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न विभिन्न कानुन, नीति तथा कार्यक्रम ल्याइएका छन् । 

विशेषगरी स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पतालहरुको स्तरोन्नति, शिक्षा क्षेत्रमा संरचनागत सुधार, कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार र सडक पूर्वाधार विकासमा काम भइरहेको छ । सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि प्रभावकारी बनाउने प्रयास गरेका छौँ । हाम्रो ध्यान परिणाम दिने योजनामा केन्द्रित छ ।

प्रदेश सरकार खर्चिलो भयो भन्ने आलोचना पनि सुनिन्छ । जनतालाई यसको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?
प्रदेश सरकारको औचित्य नागरिकको घरदैलोमा सेवा पुग्नु हो । चालु खर्च घटाएर पुँजीगत खर्च बढाउने नीति लिएका छौँ । मन्त्रालयको सङ्ख्या घटाएर सरकारलाई थप चुस्त बनाउने तयारी पनि भइरहेको छ । प्रदेश सरकार खर्चालु छैन । भ्रमहरु छर्र्ने कोशिस भएको छ । प्रदेशको औचित्य त्यसले गर्ने कामबाटै पुष्टि हुने भएकाले यसमा हाम्रो प्राथमिकता छ ।

नीति निर्माणमा नागरिक सहभागिता कसरी सुनिश्चित गरिएको छ ?
लोकतान्त्रिक व्यवस्थाको मूल आधार नै सहभागिता हो । यसका लागि नीति बनाइन्छ, उनीहरुको सुझाव र अनुभवलाई समेट्नुपर्छ । प्रदेश सरकारले विभिन्न कानुन र नीति निर्माणका क्रममा सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐनलगायतका विषयमा सुझाव संकलन गरिएको थियो । हामी नीति निर्माणलाई केवल सरकारी प्रक्रियामा सीमित राख्न चाहँदैनौँ । नागरिकको सहभागिता र अपनत्वबिना नीति प्रभावकारी हुँदैन ।

पछिल्लो समय युवा पुस्तामा निराशा बढिरहेको देखिन्छ । गणतन्त्रप्रति उनीहरुको विश्वास कसरी बलियो बनाउन सकिन्छ ?
युवापुस्तामा विश्वास जगाउने सबैभन्दा ठूलो आधार सुशासन हो । पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणमार्फत मात्रै राजनीतिक प्रणालीप्रति विश्वास बढाउन सकिन्छ । हामी सरकारले चालु खर्च कटौती गर्ने, विकास खर्च बढाउने र प्रशासनलाई चुस्त बनाउने काम गरिरहेका छौं । युवालाई अवसर दिने, रोजगारी सिर्जना गर्ने र उद्यमशीलता प्रवद्र्धन गर्ने दिशामा पनि काम भइरहेको छ । गणतन्त्रको भावना व्यवहारबाट स्थापित गर्न हामी क्रियाशील रहेका छौँ ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले कस्ता योजना अघि बढाएको छ ?
लुम्बिनी विश्वकै आस्थाको केन्द्र हो । यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई विश्वस्तरमा स्थापित गर्नुपर्छ । हामी लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रुपमा विकास गर्ने संकल्पका साथ अघि बढेका छौँ । पर्यटन पूर्वाधार विस्तार, सडक सञ्जाल सुधार, अन्तरराष्ट्रिय प्रचारप्रसार, होटल तथा सेवा क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवद्र्धनका विभिन्न योजना सञ्चालन भइरहेका छन् । लुम्बिनीको विकाससँगै समग्र प्रदेशको आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य पनि हाम्रो छ । पर्यटनलाई रोजगारी, उत्पादन र स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास भइरहेको छ ।

गणतन्त्र दिवस केवल उत्सव होइन, संकल्पको दिन पनि हो । यस अवसरमा जनतासामु तपाईंको मुख्य संकल्प के हो ?
हाम्रो मुख्य संकल्प भनेको नागरिकमा विश्वास र भरोसाको वातावरण निर्माण गर्नु हो । जनताले राज्यप्रति अपनत्व अनुभूति गर्नुपर्छ । हतारमा लोकप्रिय देखिने कामभन्दा योजनाबद्ध र दीर्घकालीन परिणाम दिने काम आवश्यक छ । सुशासन, विकास र जनविश्वासलाई केन्द्रमा राखेर प्रदेश सरकार अघि बढिरहेको छ । गणतन्त्रको वास्तविक सफलता अन्ततः जनताको जीवनस्तर सुधारसँग जोडिन्छ । त्यसैले नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नु नै अहिलेको सबैभन्दा ठूलो दायित्व हो ।
 


प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल बिहीबार, जेठ १४, २०८३
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP