काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन २०८३ को मतगणना परिणाम सार्वजनिक भएको छ। निर्वाचनबाट डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन् ।
मत परिणामअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गर्दै विजय हासिल गरे ।उनका निकतम प्रतिश्पर्धी उम्मेदवार मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे भने अर्का उनका निकटतम प्रतिद्वन्द्वी हरी बहादुर पाण्डेले १७० मत प्राप्त गरेका छन् ।
संघको प्रथम उपाध्यक्ष पदमा महेश कुमार बस्नेतले २४१ मतसहित निर्वाचित भएका छन्। सोही पदका अन्य उम्मेदवार संजु गुरुङले २२८ र कर्णराज कटुवाल २३१ मत प्राप्त गरेका छन्।
द्वितीय उपाध्यक्ष पदमा अनिल बोगटीले ३१५ मतसहित विजयी बनेका छन्। अन्य उम्मेदवार बालकृष्ण श्रेष्ठ १६८ मतसहित रविन मेघाले मगरले २०५ मत प्राप्त गरेका छन्।
तृतीय उपाध्यक्ष पदमा लक्ष्मण पौडेल २५९ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। अन्य उम्मेदवार तुलसी राम पुरीले १५६ मत र कृष्ण ढकालले १७२ मत प्राप्त गरेका छन्।
महासचिव पदमा हिरा बहादुर डॅंागी(हरि)ले २७३ मतसहित विजयी भएका छन् भने नुर महमद मिॅंयाले २४९ र अमर प्रकाश तिवारीले १६३ मत प्राप्त गरेका छन्।
सचिव पदमा केदारनाथ अधिकारीले २९८ मतसहित निर्वाचित भएका छन्। सोहि पदका लागि राजु काजी भोलान(राज)२४४ मत र नवराज लुइटेलले १४७ मत प्राप्त गरेका छन्।
कोषाध्यक्ष पदमा धनमाया सिजालीले ३२३ मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी विद्यालक्ष्मी बज्राचार्यले १९५ र विनिता कटुवालले १६३ मत प्राप्त गरे।
निर्वाचन समितिका अनुसार संघको नयाँ कार्यसमितिका लागि विभिन्न पदमा भएको प्रतिस्पर्धामा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवनिर्वाचित पदाधिकारीहरूले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान, व्यवसायीहरूको हकहित संरक्षण तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संघको नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा वैदेशिक रोजगार क्षेत्रको नीति सुधार, व्यवसायिक पारदर्शिता र सदस्यहरूको क्षमता अभिवृद्धिकाे अपेक्षा गरिएको छ।