रूपन्देही- सिपसिक्ने रहर र काम गर्ने ईच्छा भएका अशिक्षित, बेराेजगार महिला पुरूषहरूका लागि समेत सिराज रम्स नेपाल रूपन्देहीले गलैचा बुन्ने सीप सिक्दै सिकाउँदै कमाउँदै नाैलाे राेजगार याेजना संचालन गर्दै आएकाे छ। पढिएन, जागिर पाईएन भन्ने महिला पुरूषहरूका लागि सिराज रम्स नेपाल रूपन्देहीले भैरहवा, भलवारी र लुम्बिनी कृषि उपज थाेक बजार मणिग्राममा नाैलाे खालकाे राेजगार याेजना संचालनमा ल्याएकाे छ।
गलैचा कम्पनी सिराज रम्स नेपालका संचालक पवन बर्माले राेजगारकाे ग्यारेन्टी दिदै सीप सिक्दै कमाउदै गर्ने याेजना ल्याएकाे जानकारी दिए। याे पेशामा अक्षिक्षित महिलाहरूले आफ्नाे फुर्सदकाे समयमा काम गरेर आम्दानी लिन सफल भएकाे जानकारी दिए। उनले भने सिकाईका बेला प्रति महिना १० हजार प्रप्त गर्छन सीप सिकि सकेपछि मासिक २५ हजार देखि ३५ हजार सम्म र कति मेहनति श्रमिकहरूले त्याे भन्दापनि बढि कमाउने गर्दछन्।
याे गलैचा बुन्ने राेजगार याेजनामा सीप सिक्ने ईच्छा र मेहनती बेराेजगार अशिक्षित महिला पुरूषहरू आकर्षित हुँदै गएका छन्। सिराज रम्स नेपालले गलैचा बुन्ने स- शुल्क तालिम तथा राेजगारीकाे याेजना संचालनमा ल्याएकाेले धेरै अशिक्षित स्थानिय बेराेजगारले काम पाएका छन्।
पहिला रूपन्देहीको भैरहवाबाट सुरू गरेकाे याे याेजना विस्तार गर्दै रूपन्देहीकाे भलवारी र मणिग्रनममा विस्तार गरेका छन्। हाल याे काममा ३ सय जनाले प्रत्यक्ष राेजगार पाएकाे र भविश्यमा अझ कामदार थप्दै जाने याेजना रहेकाे संचालक बर्माले जानकारी दिए। यहाँ उत्पादित जुटकाे गलैचा अमेरिका नियार्त भईरहेकाे पनि उनले बताए।
यहाँ सीप सिक्दै कमाउदै सिउकाउदै काम गरेर मासिक ३५ हजार बढि रकम कमाउने गरेकाे प्रशिक्षक पबित्रा पुन मगरले वताईन। उनले भनिन मेहनत गर्दाकाे महिनामा ४० हजार सम्म कमाई गरे। याे याेजनाले गर्दा पढेलेकाे छैन भनेर बेराेजगार बस्न नवर्ने वताउदै पबित्राले भनिन मैले यहि काम सिके सिक्दा पनि कमाई गरे अहिले सिकाउदै कमाउदै गरेकि छु।
उद्योगमा गलैलैचा, धुने, बुट्टा मिलाउने, काट्ने पट्याउने लगायतका कामदारहरूले पनि सीप मेहनत र जागर अनुसार राम्राे कमाई गर्दै आएका छन्।जुटकाे गलैचाकाे अमेरिकामा राम्राे माग भएकाले बजारकाे समस्या नरहेकाे अमेरिकावाट प्राप्त अडर अनुसारका आकार प्रकारकाे गलैचा तयार गरि पठाउने गरेकाे गलैचा उद्दमीकाे भनाई छ। हुन त यस्ता गलैचाहरूकाे जर्मन अष्ट्रेलिया लगायत अन्य मुलुकमा पनि माग रहेकाेछ। सरकारले कच्चा पदार्थ आयात र तयारी माल निर्यातमा निति नियम सहज बनाईदिए थुप्रैले स्वदेशमै राेजगार पाई बिदेशी मुद्रा आम्दानी हुने उद्योगी व्यवसायीकाे भनाई छ।