Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • चिया प्रशोधन उद्योग क्षेत्रमा ‘भूमिका’
चिया प्रशोधन उद्योग क्षेत्रमा ‘भूमिका’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

इलाम- पछिल्लो समय चिया प्रशोधन उद्योगमा भूमिका थापाको आफ्नै पहिचान बनेको छ ।  डेढ दशकअघि वैदेशिक रोजगारीको सपना बोकेर इजरायल जान भाषाको दक्षतासमेत हासिल गरेकी थापालाई विभिन्न कारणले त्यसतर्फ जान अनुकूल भएन । विदेश गएर परिवारको आर्थिक अवस्था सुधार्ने सपना भाषा परीक्षामै सिमित रह्यो । 

भाषा परीक्षा पास गरेको डेढ वर्षसम्म पर्खदासमेत इजरायल जाने अवसर नपाएपछि चिया उद्योग सुरु गर्ने सोचका साथ उनी गाउँ फर्किन् । स्थानीय फाकफोकथुम गाउँपालिका-२ कोल्बोटेमा थापाले विसं २०७१ मा पानीटार चिया प्रशोधन उद्योग सुरु गरिन् ।  अहिले त्यो उद्योगमा ५० परिवारले उत्पादन गरेको चिया प्रशोधन हुँदैआएको छ । उक्त प्रशोधन केन्द्रमा दैनिक २५० केजी हरियो चियापत्ती संकलन भइरहेको छ । वार्षिक तीन हजार ५०० केजीसम्म तयारी चिया उत्पादन हुन्छ । त्यस उद्योगमा १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । खर्च कटाएर वार्षिक सात लाख बचत भइरहेको उद्योगी थापा बताइन् ।
उद्योगी थापाले भनिन्, “इजरायल जान जुटाएको चार लाख रुपैयाँ बैंकमा राखेको थिए । साहुँको ऋणको ब्याज बुझाएर बाँकी रकमबाट उद्योग सुरु गरेको हुँ ।” उद्योग स्थापना हुनुअघि कोलबोटेका किसानले उत्पादन गरेको हरियो चियापत्ती प्रशोधनका लागि पाँचथरको फिदिमसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो ।  लामो दूरी, ढुवानी खर्च र बजारको अभावका कारण किसानले प्रतिकिलो २० रुपैयाँ मात्र पाउँथे । उद्योग खुलेपछि चियाखेती फस्टाएको स्थानीय किसान राम थापाले बताए । अहिले त्यस क्षेत्रका किसानसँग प्रतिपरिवार १० देखि ३० रोपनीसम्म चिया बगान छन् ।

उद्योगी थापाका श्रीमान् दृष्टिविहीन हुनुहुन्छ । पारिवारिक जिम्मेवारीका बीच उनले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आएका छन् । उनी भन्छन्, “विदेश जान पाइनँ, तर गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास यही उद्योगले दियो ।” फाकफोकथुम गाउँपालिकाले कोशी प्रदेश सरकार र दायित्व संस्थासँगको साझेदारीमा सुरु गरेको वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमले थापालाई व्यवसायीक क्षमता विकासको तालिम मात्र दिएन अनुदानमा उपकरण दिएपछि उत्पादन वृद्धि गर्न सहज भएको छ ।

Hardik health

“व्यवसायिक योजना बनाउने, ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको ज्ञानले उत्पादनलाई थप व्यवस्थित बनाएको छ”, थापाले भनिन्, “अहिले वार्षिक तीन हजार ५०० केजी पुगेको छ ।” यसअघि प्रशोधन क्षमताको अभावले किसानलाई दिन विराएर मात्र चियापत्ती टिप्थे । अहिले भने दैनिक संकलन र प्रशोधन हुने भएकाले किसान र श्रमिक दुवैलाई सहज भएको छ ।

उद्योगबाट उत्पादित चिया इलाम आसपासका बजारसँगै राँके, धनकुटा र काठमाडौँसम्म पुग्न थालेको छ । आफ्नो उत्पादनलाई बजारलाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको उनले बताइन् ।  थापाजस्ता उद्यमी गाउँपालिकामा प्रेरणाका स्रोत रहेको पालिकाका अध्यक्ष दीपेन्द्र खनाल बताए । “चियाको मूल्य वृद्धि गर्दै गाउँमै रोजगारी सृजना गर्ने यस उद्योगले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ । गाउँपालिकाले उद्यमशीलता, कृषि प्रशोधन र बजारीकरणलाई प्राथमिकतामा राखेर आवश्यक सहयोगलाई निरन्तरता दिनेछ”, खनालले भने ।

यस्ता उद्यमले वैदेशिक रोजगारीको विकल्प गाउँमै सम्भव छ भन्ने सन्देश दिएको गाउँपालिकाकी उपाध्यक्ष कल्पना राईले बताए । उनले भने, “पहिले किसानले हरियो चियापतीको उचित मूल्य पाउन सङ्घर्ष गर्नुपर्थ्याे। अहिले गाउँमै प्रशोधन हुन्छ । बजार र रोजगारी पनि बढेको छ । गाउँपालिकाले यस्ता सफल उद्यमीलाई थप प्रोत्साहन गर्ने नीति लिएको छ ।”


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर
वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर आइतबार, असार २१, २०८३
पिरोमा नवीनकुमार श्रेष्ठले भेटेकाे ‘गुलियो’ खुसी
पिरोमा नवीनकुमार श्रेष्ठले भेटेकाे ‘गुलियो’ खुसी बिहीबार, असार १८, २०८३
जलजलाको लुप्राङमा अंगुरखेती
जलजलाको लुप्राङमा अंगुरखेती मंगलबार, असार २, २०८३
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद शनिबार, जेठ २३, २०८३
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन आइतबार, वैशाख २०, २०८३
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती शनिबार, वैशाख १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP