Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
कृषि
  • Home
  • कृषि
  • जलजलाको लुप्राङमा अंगुरखेती
जलजलाको लुप्राङमा अंगुरखेती
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २, २०८३

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।  समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गरेका हुन् । 

“चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन्”, उनले भने, “गत वर्ष प्रतिकिलो रु चार सय ५० देखि पाँच सयका दरले रु ३५ हजारको अङ्गुर घरबाटै बेचेको थिए । यसपालि दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ ।” 

अङ्गुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरुसँग सल्लाह गरेर अङ्गुरखेती विस्तार गर्ने रेग्मीको योजना छ । दुई छोरा पढाउन पाँच वर्ष बागलुङ बजार बसेकी रेग्मीले घर फर्किएपछि अङ्गुर, गोलभेडा, सुन्तला खेतीका साथै बाख्रापालन सुरु गरेका थिए । 

Hardik health

“कक्षा पाँच सम्म गाउँकै विद्यालयमा पढेका दुई जना छोराहरुलाई स्कुल टाढा भएकाले पाँच वर्ष बागलुङमा डेरा खोजेर १० सम्म पढाए”, टीकाकुमारीले भने, “कक्षा १० उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न दुई जना छोराहरु काठमाडौँ गएपछि घर फर्किएर धानखेती हुने खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले असफल हुने काम नगर्न सुझाउनुभएको थियो ।”

स्वदेशमै उद्यमशील बनेर स्वरोजगार, आत्मनिर्भर र आयआर्जनतर्फ अग्रसर हुनुपर्ने धारणाबाट प्रेरित भएकी रेग्मीलाई स्थानीय विद्यालयका शिक्षक रहेका श्रीमानले साँझ, बिहान र बिदाको समयमा बगैँचाको काममा साथ दिएका छन्  । उनको बगैँचामा रसात सय ५० सुन्तला र कागतीका बोट छन् । गत वर्ष रु चार लाख ८० हजारको सुन्तला बिक्री भएको रेग्मीले बताए ।  

प्लास्टिक टनेलभित्र अङ्गुरका साथै टमाटरखेती पनि गरेको छ । हुर्कदै गरेको सुन्तला बगैचाभित्र सिमीखेती गरेका छन्  । अङ्गुर गाउँबाट बिक्री हुन्छ । सुन्तला पोखरा र तरकारी कुश्मामा खपत हुने गरेको छ । कृषि फार्मबाट वार्षिक रु १० देखि १२ लाख बचत गर्ने रेग्मीको कमाइ देखेर विगतमा सुन्तला रोप्दा गाली गर्नेहरु दंग परेका छन् । 

उनकै सिको गरेर धेरैजसो लुप्राङवासीले धान, मकै, कोदोको विकल्पमा सुन्तलाखेती गरेका छन् । उनलाई राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका र वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रममार्फत प्रविध, पूर्वाधार निर्माणमा सहयोग, सीपमूलक तालिम, व्यावसायिक योजना तयार पार्न, भ्रमण र प्रदर्शनीको व्यवस्था मिलाएका छन् । 

नाग्लिवाङ हुँदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा कृषिउपज बिक्रीका लागि बजार पठाउन समस्या भएको किसान रेग्मीले गुनासो गरे । बाँदरको समस्या पनि मुख्य चुनौती बनेको छ । यसपालि गत जेठ १२ गते परेको असिनाले खाद्यबाली, सुन्तला र तरकारीखेतीमा क्षति पुर्या‍एको किसानहरुले गुनासो गरेका छन् । 


प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता आइतबार, असार २८, २०८३
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध शनिबार, असार २७, २०८३
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी बिहीबार, असार २५, २०८३
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी मंगलबार, असार २३, २०८३
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष मंगलबार, असार २३, २०८३
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP