Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पिरोमा नवीनकुमार श्रेष्ठले भेटेकाे ‘गुलियो’ खुसी
पिरोमा नवीनकुमार श्रेष्ठले भेटेकाे ‘गुलियो’ खुसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १८, २०८३

नारायणगढ -  स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गरेरका छन् ।

खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा गरेको पिरो खुर्सानीखेतीबाट अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी मात्र गरिरहेका छैनन्, गाउँका धेरै युवा तथा स्थानीयलाई रोजगारीसमेत दिएका छन्  ।

दुई दशकभन्दा लामो समयदेखि पुर्ख्याैली  पेसालाई आधुनिक र व्यवसायीकरण गरेर आर्थिक रूपमा आत्मनिर्भर बनेका श्रेष्ठ यतिबेला जिल्लाकै एक सफल र आदर्श कृषकका रूपमा स्थापित हुन् । केही समय शिक्षक भएर विद्यार्थी पढाउने श्रेष्ठको दैनिकी अहिले निकै फेरिएको छ । जागिरको सीमित तलब र घेराभन्दा आफ्नै खेतको माटोले बढी सन्तुष्टि दिने महसुस भएपछि उनी शिक्षण पेसा छाडेर पूर्ण रूपमा कृषिकर्ममा होमिएका हुन् । छ वर्षसम्म शिक्षण पेसामा बिताएका उनी अचेल हातमा कृषि औजार लिएर आफ्नै पिरो खुर्सानीको बगानमा व्यस्त भेटिन्छन्  ।

विसं २०५६ देखि नै आंशिक रूपमा तरकारीखेतीमा जोडिनुभएका श्रेष्ठले विगत २०७२ सालदेखि भने व्यावसायिक रूपमा पिरो खुर्सानीलाई मुख्य प्राथमिकता दिँदै आएका छन्  । उनले अहिले झन्डै २५ कट्ठा जग्गामा बुलेट र लामो जातका खुर्सानीहरू लगाएका छन् । “पहिले–पहिले यहाँबाट झन्डै २६ किलोमिटर टाढासम्म साइकलमा तरकारी बोकेर बेच्न जानुपथ्र्यो,“ पुराना दिन सम्झिँदै श्रेष्ठले भने, “तर आजकाल त्यस्तो अवस्था छैन, व्यापारीहरू बारीमै आउँछन् र खेतबाटै खुर्सानी तथा तरकारी बिक्री हुन्छ ।”

Hardik health

नेपाली बजारमा भारतीय खुर्सानीको ठूलो दबदबा रहे पनि श्रेष्ठको उत्पादनले बजारमा छुट्टै पहिचान बनाएको छ । भारतीय खुर्सानीको तुलनामा रैथाने उत्पादन ताजा र गुणस्तरीय हुने भएकाले उनको खुर्सानीले बजारमा अन्यको भन्दा बढी मूल्य पाउने गरेको छ । उनले उत्पादन गरेको खुर्सानी चितवनको नारायणगढ, टाँडी, पर्सादेखि राजधानी काठमाडौँसम्म पुग्ने गर्दछ ।

“अरू किसानले यहाँ खासै पिरो खुर्सानी लगाउँदैनन्, त्यसैले मलाई बिक्रीमा कहिल्यै समस्या भएन । कुनै दिन पनि खुर्सानी बिकेन भनेर घरमा थन्क्याएर राख्नुपरेको छैन ।” गत वर्ष बढी भएर बोटमै पाकेको खुर्सानीलाई सुकाएर रातो बनाई झन्डै एक लाख रुपैयाँको त सुकेको खुर्सानी मात्रै बिक्री गरेको उनले बताए । उनका अनुसार यो १२ महिना नै उत्पादन हुने सदाबहार र खेती गर्न सबैभन्दा सजिलो बाली हो ।

खुर्सानीखेतीबाट श्रेष्ठले लोभलाग्दो आम्दानी गरिरहनुभएको छ । गत वर्ष मात्रै उनले २५ कट्ठा जग्गाबाट रु २३ लाख बराबरको खुर्सानी बिक्री गरे  । जसमा मल, बीउ, ज्याला लगायतका सबै खर्च कटाएर उनले रु १२ लाख खुद नाफा (बचत) गरे ।  कृषिबाट उनले आफ्नो आर्थिक अवस्था मात्र सुधारिको छैन, स्थानीय तहमा रोजगारी सिर्जना गरेका छन् । उनको कृषि फार्ममा दैनिक १० देखि १२ जना स्थानीयले नियमित रोजगारी पाइरहेका छन् । श्रेष्ठले वार्षिक रूपमा रु १० लाखभन्दा बढी रकम त कामदारको ज्यालामै खर्च गर्ने गरेको छ । “परिवार अनि म आफैँ पनि खेतमा खट्छु र गाउँका अन्य दाजुभाइ, दिदीबहिनीलाई पनि काम दिएको छु । उनीहरूले पनि काम पाएका छन्, मलाई पनि फाइदा भएको छ”, उनले भने ।

तरकारीखेतीकै कमाइबाट श्रेष्ठले आफ्नो पुख्र्यौली सम्पत्तिलाई विस्तार गर्दै व्यवसायलाई अझ फराकिलो बनाएका छन् । उनले अहिले कृषकहरूलाई मल–बीउ र परामर्श दिन नवीन एग्रो सेन्टर र राइस एण्ड तोरी मिल सञ्चालन गरिरहेका छन् । आफू मात्र नभई उनले गाउँका अन्य किसानलाई आइपर्ने समस्या र प्राविधिक सहयोग समेत गर्दै आएका छन्  । बुवाआमा, श्रीमती र दुई छोरीसहितको उहाँको छ जनाको परिवार अहिले यही कृषिकर्मको बलियो जगमा खुसीसाथ टिकेको छ ।

स्वदेशमा सम्भावना नदेखेर विदेश पलायन हुने युवा पुस्ताका लागि श्रेष्ठ एक प्रेरणाको स्रोत बनेको छ । आफ्नै माटोलाई माया गरेर पसिना बगाउने हो भने विदेशमा भन्दा बढी आम्दानी र आत्मसम्मान स्वदेशमै पाउन सकिन्छ भन्ने प्रमाणित गर्दै उनले भने । सही योजना र जाँगर चलाउने हो भने नेपालकै कृषिमा भविष्य निकै उज्यालो छ भन्ने कुरा श्रेष्ठको भनाइले प्रमाणित गर्छ ।

-रासस


प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १०:२७
#नवीनकुमार श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता आइतबार, असार २८, २०८३
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध शनिबार, असार २७, २०८३
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी बिहीबार, असार २५, २०८३
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी मंगलबार, असार २३, २०८३
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष मंगलबार, असार २३, २०८३
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP