काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोलादुई लाख ६९ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ५२० रुपैयाँ कायम छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६०० रुपैयाँ कायम थियो ।