काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ, भने चाँदीको मूल्य २० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ कायम भएको छ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६७५ रुपैयाँ कायम थियो।