काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ९०० रुपैयाँ र चाँदी १० रुपैयाँले वृद्धि भएकाे हाे ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार ९८० रुपैयाँ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य ३ हजार ४१२ रुपैयाँ रहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९७० रुपैयाँ कायम भएको थियो ।