काठमाडौं- दसैंपछिको पहिलो दिन सुनको भाउ ११ हजार ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ कायम भएको छ।
यसअघि कात्तिक २ गते सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्यम गिरावट आएका कारण नेपालमा पनि घटेको बुझिएको छ।
आज चाँदीको मूल्य पनि घटेर प्रतितोला तीन हजार ९५५ रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक २ गते चाँदी चार हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।