काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य ८०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार यस्तो सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोलाचार हजार ४२५ रुपैयाँ कायम भएको छ। मंगलबार यस्तो मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको थियो।––