काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने११० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र चाँदीको मूल्य त्यति तीन हजार ८१० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९२० रुपैयाँ कायम थियो।