काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ३ हजार २०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुन दुई लाख ८० हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८२५ रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी तीन हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।