काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीसुको मूल्य बढेकाे छ । आइतबारकाे तुलनामा सुनकाे मूल्य प्रतिताेला तीन हजार रुपैयाँ र चाँदी ४० रुपैयाले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ। हिजाे सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको छ। हिजाे चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँ कायम भएको छ।