काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबार सुन प्रतितोला एक हजार ७०० रुपैयाँ र चाँदी ११५ रुपैयाँले महँगो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार १५० रुपैयाँमा कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ३५ रुपैयाँ थियो।