काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी तीन हजार १४५ रुपैयाँ निर्धारण भएको छ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो।