काठमाडौं- केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।