काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेकाे छ। आज सुनको मूल्य तोलामा छ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ३८० रुपैयाँ कायम छ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ४९० रुपैयाँ कायम थियो।