काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा आठ हजार ३०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ७२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ६५० रुपैयाँ निर्धारण भएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ र चाँदी तीन हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी तीन हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।