काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ ले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९७० रुपैयाँ कायम छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९९५ रुपैयाँ कायम भएको थियो ।