काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेकाे छ । आज सुन ताेलाकाे दुई हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ३५५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोलाको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको थियो ।