बुटवल - डा.विकासानन्दद्वारा बुटवलमा उद्योगी व्यवसायीहरुलाई तनाव व्यवस्थापन सम्वन्धि ज्ञान प्रवचन दिईएकाे छ ।
बुटवल उद्योग बाणिज्य संघ रूपन्देही द्वारा बिहिवार आयाेजित तनाव व्यवस्थापन कार्यक्रममा डा. विकासानन्दले अशान्त , पिडित र दुखित मनले घर परिवार र अरूलाई शान्त पार्न नसकिने भएकाले पहिला आफ्नाे मन शान्त पार्न आवश्यक रहेकाे बताए ।
मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रामा सहभागीहरुलाई बिहिबार बुटवल उद्योग बाणिज्य संघमा संघका अध्यक्ष नरिश्वर पाैडेलकाे टिमले स्वागत गरेको थियाे ।
मनोक्रान्ति अभियानका नेता एवं आध्यात्मिक गुरु डा योगी विकासानन्दले पदयात्राबारे जानकारी दिदै चक्रमन ध्यान एउटा विधि भएको बताए । हिडाईकाे हरेक पाईलालाई ध्यान बनाउन सिकाउने र यसबाट मनलाई शान्त, आनन्दीत बनाउछन भनी फिजिकल रुपमा रोगहरुलाई समेत निवारण गर्ने उनले दाबी गरे । नेपालमा नै सबैभन्दा लामो शिविर साधनाका रुपमा रहेको ९ महिना ध्यान बसेका साधक साधिकाहरु यो यात्रामा रहेको उनले जानकारी दिए ।
उनले हिडाईबाट शारीरिक रोगलाई जोगाउने तथा मानसिक रोग, दुख र पिडालाई ध्यानले मेटाउने दावि गरे । ध्यानको अर्थ बिचारको चन्चलतालाई रोक्ने भन्ने हो वा बिचारको चन्चलता कम हुदै जाने भएको उनको भनाई छ । ध्यानको गहिराई र मन बिचारदेखी खाली हुदा जुन आनन्द आउछ त्यो आनन्द मानिसलाई कहिले पनि नआउने समेत उनले बताए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष नरिश्वर पाैडेलले मानव शान्तिका लागि डा बिकासानन्दकाे भुमिका महत्त्वपूर्ण रहेकाे वताउदै संघमा प्रवचन कार्यक्रम आयाेजना गर्न पाएकाेमा खुसी ब्यक्त गरे । कार्यक्रमकाे संचालन महासचिव बसन्त ढकालले गरेका थिए । कार्यक्रममा गुरुआमा कमलेश्वर आनन्द, संघका पुर्व अध्यक्ष , सल्लाहकार, उद्योगी व्यवसायी लगायतकाे सहभागिता रहेकाे थियाे ।
विकासानन्द फाउण्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा मंसिर ३ गते इको स्पिरिचुअल योग आश्रम पोखराबाट हिडेको पदयात्राको टोलीलाई बुटवलमा स्वागत गरिएको हो । पदयात्रामा ९ महिना शिविरमा बसेका सहित कुल ३६ जनाकाे टिमकाे सहभागीता रहेकाे छ ।
मनोक्रान्ति अभियानका नेता, दार्शनिक डा योगी विकासानन्द रूपन्देहीका विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम रहेकाे छ । पाेखराबाट आएकाे याे पदयात्राकाे टोली लुम्बिनी पुगेर कार्यक्रमको समापन गरिने बताईएकाे छ ।