काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा छ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४००रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ४० रुपैयाँ कायम भएको छ।
मंगलबार एक तोला छापावाल सुन दुई लाख ४७ हजार ९०० रुपैयाँ र एक तोला असली चाँदी तीन हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।