काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य एक हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ३५ रुपैयाँ कायम रहेको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य चार हजार २५५ रुपैयाँ थियो।