काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन तोलामा दुई हजार ९०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४०५रुपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० रुपैयाँ र असली चाँदी चार हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।