Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १४, २०८३

काठमाडौं- नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्‍यो । गणतन्त्रको घोषणासँगै यस प्रणालीको कार्यान्वयन हुँदै गयो भने २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो । प्रस्तुत छ, गणतन्त्र प्राप्तिको १८ वर्षका सन्दर्भमा नेकपा (एमाले) संसदीय दलका उपनेता पद्ममा अर्यालसँग समाचारदाता कालिका खड्काले गरेको कुराकानीको अंश

नेपालमा निकै ठूलो संघर्ष र बलिदानीबाट गणतन्त्र स्थापना गरियो । तत्कालीन अवस्थामा गणतन्त्रको आवश्यकता किन महसुस गरिएको थियो  ?
सर्वप्रथम म गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । लामो सङ्र्घष र बलिदानीबाट प्राप्त गरेको छ । गणतन्त्र इतिहासको आवश्यकता हो । लामो सयमदेखि नेपाली समाज विभेद, अन्याय, अवसरबाट वञ्चित भएर बस्यो । राज्यको अवसर प्राप्त गर्न नेपाली जनतालाई कठिन भयो । समान अवसर प्राप्त गर्न, समाजको विभेद उत्पीडन अन्त्य गर्न, लोकतन्त्रमा मानिसको वैयत्तिक स्वतन्त्रतासँग जोडेर, समाजको सबै खालको विभेद अन्त्य गर्न, समावेशीता र लोकतन्त्रतालाई संस्थागत गर्ने उद्देश्यका साथ मुलुकमा गणतन्त्रको आवश्यकता महसुस भयो । त्यहीअनुसार तिनै असमानताको जगबाट आन्दोलन सुरु भएर गणतन्त्र स्थापना भएको छ । गणतन्त्र कुनै सत्ताको परिर्वतन होइन, जनताको अधिकार र विकासलाई स्थापित गर्ने एउटा शासन प्रणाली हो । त्यो आज प्राप्त भएको छ ।  

निकै सङ्र्घष र बलिदानीबाट गणतन्त्र स्थापना गरियो । जुन उद्देश्यले गणतन्त्र स्थापना गरियो, जनताले चाहेअनुसार भएको पाउनुभएको छ ?
गणतन्त्र स्थापना गर्न जनता लडेका थिए । त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै अन्तर छ । आज मुलुकको लोकतन्त्र स्थापना भएको छ । जनताले निर्धक्क तरिकाले आफ्ना कुराहरु राख्न पाएका छन् । आफ्ना अधिकारहरु संविधानमा लेखेका छन् । सामानुपातिक सहभागिता र समावेशीताको सिद्धान्त संविधानमा प्रष्ट लेखिएको छ । त्यो कार्यान्वयनका चरणमा छ । जनताले पाएका छन् । विकास पनि भएको छ । नेपाल हरेक क्षेत्रमा अघि बढिरहेको छ । स्थानीय सरकारमार्फत गाउँगाउँमा विकास पुगेको छ । जति अपेक्षा गरिएको हो, त्यो अनुसार भएको छैन । हिजो के थियो र आज के छ हामीले तुलना गरेर हेर्ने हो भने पनि काफी अन्तर छ ।  

Hardik health

गणतन्त्रपछि नेपाली जनतामा छुट्टै मीठो सपना थियो । साँच्चै गणतन्त्रको महसुस जनताले गर्न पाएका छन् त ?
जनताको अपेक्षाअनुसार सुशासन, रोजागरी र विकासले जुन गति लिनुपर्ने हो । त्यो अनुसार हुन सकेको छैन । हामीले सोचेअनुसार सुशासन हुन सकेको छैन । जनताको सुशासनको चाहना छ । त्यो दिशातर्फ अघि बढ्नुपर्ने छ । विकासको कुरा गर्दा त हिजोको विकास र आजको विकासमा हामी धेरै फड्को मारेको छौँ  तर पनि जनताको अपेक्षा र चाहना यति मात्रै होइन । अझै अगाडि बढ्ने क्रम जारी छ । यतिमै चित्त बुझाउने पनि होइन । गणतन्त्रको गन्तव्य पनि यति मात्रै होइन, हाम्रो सपना सकिएको छैन । सपनाहरु धेरै बाँकी छन् । हामी नेपाली समाजलाई गन्तव्यमा पुर्‍याउने अभियानमा छौँ । समाजवादोन्मुख राज्य व्यवस्थाको परिकल्पना संविधान निर्माताहरुको सङ्कल्प छ । नेपाली समाजलाई विस्तारै रुपान्तरण गर्दै अघि बढ्ने हो ।

नेपालमा सूचना प्रविधिको विकाससँगै भौतिक पूर्वाधारदेखि हरेक क्षेत्रका विकास क्रमश भइरहेको छ । तर नेपाली जनताले किन महसुस गर्न सकेनन् ?
सूचना प्रविधिको विकास आज विश्वमै उच्च गतिमै भइरहेको छ । नेपाली समाज भर्खरै विकास हुँदै गरेको समाज हो तर अत्याधुनिक सूचना प्रविधिको पहुँच सबैमा पुगेको छ । त्यसको कसरी प्रयोग गर्ने ? त्यसको सही प्रयोग गरेको हो ? वा दुरुपयोग गरी सूचना प्रवाह गरेको हो, आमनागरिकले छुट्टयाउन सकिरहेको अवस्था छैन । नेपाली समाजमा सकारात्मक पाटो लुकाएर नकारात्मक कुरा मात्रै देखाउने काम भइरहेको छ । खाली भएन, भएन भन्ने मात्रै सन्देश प्रवाह भएको छ । यसले समाजलाई अराजक बनाउन, जवाफदेही बनाउने काम भएको छ । समाजमा अनास्था पैदा गर्ने काम भएको छ । सूचना प्रविधिको विकास जरुरी छ । अझ उन्नत खालको प्रविधि जरुरी छ । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, मावनीय र भौतिक क्षेत्रको विकासमा प्रयोग गर्नुपर्छ । तर सूचना प्रविधिको गलत र अनियन्त्रित प्रयोग गर्नाले राज्य, राजनीतिक दल, राजनीतिक नेतृत्व दलप्रति पनि नागरिकको विश्वासको सङ्कट पैदा गर्ने काम भयो । राज्यप्रति जनताको विश्वास नभएपछि राज्य बन्दैन । राज्यप्रति विश्वास जगाए मात्रै नेपाली समाजको विकास हुन्छ । राज्यप्रति अस्वभाविक असन्तुष्टिको भाव पैदा गर्न खोजिएको छ । त्यसलाई चिर्दै सही तरिकाले प्रयोग गर्नुपर्ने देखिन्छ ।

गणतन्त्र स्थापनापछि मुलुक एउटा लयमा गइरहेको अवस्थामा सुशासन नारा लगाउँदै जेन्जी आन्दोलन भयो । त्यस क्रममा ठूलो जनधनको क्षति भयो । यस्ता घटनाले गणतान्त्रिक व्यवस्थालाई थप सुदृढ गर्छ त ?
नेपाली समाज गत भदौ २३ र २४ गतेको घटनाले अहिले पनि  शिथिल अवस्थामा छ । नागरिकमा मनोवैज्ञानिक असर परेको छ । एउटा सुरक्षा व्यवस्था र अर्कोतिर यो देशमा केही पनि हुँदैन भनेर युवा जमातमा चरम निराशा पैदा भएको छ । यसले गर्दा विदेश पलायनको दर अझै बढेको छ । निजी क्षेत्र, व्यवसायीहरु त्रसित छन् । लगानी गर्ने हो तर सुरक्षाको ग्यारेन्टी छैन । नेपाली समाज पनि विक्षिप्त अवस्थामा छ । जेनजी आन्दोलनको सुशासन, विकास र रोजगारीको नारा राम्रो थियो । सबै नेपालीले चाहेको पनि त्यही हो । नारा राम्रो थियो तर त्यसको जगमा जुन खालको विध्वश भयो । त्यसले मुलुकको विकासमा धेरै पछाडि परेको छ । सामाजिक मनोविज्ञानलाई पनि धेरै असर परेको छ । यस्ता घटनाले गणतन्त्रलाई दख्खल पार्ने काम गरेको छ । देश बनाउने खरानी बनाएर होइन, सिर्जनाले हो । नेपालमा केही गरौँ भन्ने व्यावसायिक व्यक्तिलाई पनि लगानी गर्ने वातावरण दिन नसके त्यसले ठूलो नोक्सान पुर्‍याउँछ ।

नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट गणतन्त्र प्राप्त भएको हो । यसलाई थप सुदृढ बनाउन राज्य, सरकार र राजनीतिक दलले के गर्नुपर्छ ?
राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा राष्ट्रलाई शिरमा राख्नुपर्छ । दलीय स्वार्थभन्दा राज्यको स्वार्थ ठूलो हो भनेर हेर्नुपर्छ । राज्यको ठाउँबाट हेर्दा, जनताको चाहना सुशासन र पारदर्शीको हो । त्यो चाहना परिपूर्ति गर्ने गरी अघि बढ्नुपर्छ । भ्रष्टाचार नियन्त्रण दीर्घकालीन हिसाबले नै सरकारका कदम हुनुपर्छ । युवाहरु भनेको यो देशको भविष्य हो । युवाहरुलाई आशा नजगाएसम्म देश बन्दैन । ‘बन्छ मेरो देश’ भन्ने आशा, विश्वास र भावना जगाउन जरुरी छ । देशभित्र सम्भावना देखाउनुपर्छ । देशभित्र गर्न सकिन्छ, देशभित्र बाँच्न सकिन्छ भनेर आशा जगाउनुपर्छ । रोजगारीका सम्भावना देशभित्र सरकारले देखाउनुपर्छ । वर्तमान सरकारको यही जगमा बनेको छ । शिक्षा र स्वास्थ्यमा समान हक राज्यको कायम गर्नुपर्छ । संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । नेपालको संविधानमा मौलिक हकदेखि लिएर समृद्ध नेपाल र सुखी नेपालको सङ्कल्प साकार पार्ने समाजवादोन्मुख राज्यव्यवस्था र अर्थव्यवस्थाको सबै व्यवस्था त्यही छ । संविधानमा सबै विषयहरु छन् । संविधान संशोधन गर्दा राष्ट्रिय सहमति गरेर जानुपर्ने हुन्छ । बन्नुपर्ने कानुनहरु अझै बनेका छैनन् । संविधान संशोधनको विरोधी हामी होइनौँ तर के विषयमा संविधान संशोधन हो भन्ने त प्रष्ट हुनुपर्‍यो । गणतान्त्रिक व्यवस्थामा जनताले अनुभूत गर्ने गरी लोकतान्त्रिक सरकार र राजनीतिक उत्तरदायित्व हुन आवश्यक छ । 

अन्त्यमा, गणतन्त्र दिवसका अवसरमा थप केही भन्न चाहनुहुन्छ कि ?
गणतन्त्रले समावेशीता, समानुपातिक प्रतिनिधित्व, लोकतान्त्रिक स्वतन्त्रता, वाक स्वतन्त्रता प्रदान गरेको छ । विभेदका पर्खाल तोड्ने कुराको अभ्यास गणतन्त्रणको उपहार हो । एउटा गृहिणी राज्य सञ्चालनको महत्वपूर्ण ठाउँमा पुगेका छन् । यो गणतन्त्रकै उपहार हो । जनताले गणतान्त्रिक व्यवस्थामा राम्रा कुरा प्राप्त गरेका छन् । देख्ने र भोग्ने गरी राम्रा कामहरु भएका छन् । गर्न बाँकी अझै धेरै छन् । अझै सिर्जनशील तरिकाले काम गर्न जरुरी छ । थप सुविधा जनालाई दिनुपर्छ । जनताको अपेक्षाअनुसार पूरा गर्ने सङ्कल्पका काम गर्ने आजको दिनको आवश्यकता हो । यस कार्यमा सरकार र सबै राजनीतिक दलहरु जवाफदेही, जिम्मेवार, उत्तरदात्यिव निर्वाह गर्न सकौँ । 
 


प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP