Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
विचार
  • Home
  • विचार
  • वीर सरदार भक्ति थापा
वीर सरदार भक्ति थापा
मोहन थापा
मोहन थापा बुधबार, पुस ३, २०८१

को हुन् भक्ति थापा ?

भक्ति थापाको वि.सं. १७९८ मा लमजुङको रागिनासमा जन्म भएको थियो। थापा नेपाल एकीकरणअघि गण्डकी प्रश्रवण क्षेत्रको चौबिसी समूहमा पर्ने शक्तिशाली राज्य लमजुङ दरबारका भारदार र सेनाका उच्च अधिकारी थिए। लमजुङ राज्यका स्थायीवासिन्दा थापाका पिताको नाम अमरसिंह र बाजेको नाम प्रताप थापा हो। इतिहासकार बालचन्द्र शर्माले भक्ति थापालाई गोदार वंशका थापा उल्लेख गरेका छन्। यसैगरी योगी नरहरिनाथले पनि वीर सरदार भक्ति थापालाई कश्यप गोत्रका गोदार थापा भनी उल्लेख गरेका छन्। केही लेखकले भक्ति थापालाई कपिल गोत्रीय पुंवार वंशका थापा भनी लेखेको पाइन्छ। नेपालमा बसोबास गर्ने थापा क्षेत्रीका ५७ फरक समुदाय छन्, भक्ति थापा पुंवार वंशका हुन् वा गोदार ? लेखकबीच एकमत छैन।

सैनिक सेवामा प्रवेश र गोरखाली सेनाको युद्धबन्दी
भक्ति थापा उमेर पुगेपछि लमजुङका राजा वीरनारायण शाह (वीरमर्दन शाह, वि.सं. १८०२-३९) को सेनामा रहेर काम गरिरहेका थिए। वि.सं. १८३८-३९ मा, महारानी राजेन्द्रलक्ष्मीको नायवीकालमा गोर्खाली (नेपाली) सेना र संयुक्त चौबिसी सेनाबीच भएको युद्धमा गोर्खाली सेनाले युद्ध जितेपछि, गोर्खाली सेनाले पर्वतका सेनापति बलिभञ्जन मल्ल र लमजुङका सेनानायक भक्ति थापालाई युद्धबन्दी बनाएको थियो। केही दिनमै पर्वतका सेनापति मल्लको गोर्खाली सेनाको कैदमा मृत्यु भयो। पछि बडाकाजी कहलाएका अमरसिंह थापाको प्रयासमा गोर्खाली राजाको सिन्दुर पहिरेर गोर्खाली (नेपाली) सेनामा काम गर्न सहमत भएपछि भक्ति थापा कैदमुक्त भएका थिए।

नेपाली सेनाको सुबेदार र जुम्ला विजय युद्ध
गोर्खाली सेनाको कैदबाट मुक्त भएपछि भक्ति थापा लामो समय बेरोजगार बसे। वि.सं. १८४६ मा पश्चिम विजय अभियानका सिलसिलामा, कर्णाली प्रश्रवण क्षेत्रको बाइसी समूहको शक्तिशाली राज्य जुम्ला आक्रमणका लागि खटाएको सैनिक दलमा भक्ति थापालाई नेपाली सेनाका तत्कालीन सरदार (पछि काजी) शिवनारायण खत्रीले सुबेदार पद दिएर सैनिक अभियानमा सहभागी गराएको इतिहास शिरोमणी बाबुराम आचार्यले लेखेका छन्। ‘नेपालको सैनिक इतिहास’ मा नेपाल दरबारमा भक्ति थापालाई सर्वप्रथम सुवांगी (सुबेदार वा सुब्बासरह) पद दिइएको उल्लेख छ।

Hardik health

७३ वर्षको वृद्ध उमेरमा रणमैदानमा उभिएर आफूहरुभन्दा धेरै शक्तिशाली शत्रु सेनाको सशक्त प्रतिकार गर्ने सरदार भक्ति थापा नेपाली सैनिकका लागिमात्र नभएर विश्वकै सैनिकका लागि प्रेरक हुन्, उच्च साहस र शौर्यका पर्याय हुन्। नेपाल राष्ट्रको अखण्डताका लागि उच्च शौर्य र अथाह पराक्रम प्रदर्शन गर्ने भक्ति थापा आजसम्म नेपाली सैनिकका प्रेरणा र देशवासीबीच राष्ट्रप्रेमका उदाहरण बनिरहेका छन्। ढिलै भए पनि नेपाल सरकारले भक्ति थापाको शौर्य र पराक्रमको कदर गर्दै राष्ट्रका विभूति घोषणा गरेर सत्कार्य गरेको छ।

नेपालले जुम्ला विजय गरेको युद्धमा राम्रो क्षमता प्रदर्शन गर्न सफल भएपछि भक्ति थापा नेपाली सेना र नेपाल दरबारमा सधैं चर्चामा रहे। गोर्खाली विजयपछिको जुम्ला विद्रोह नियन्त्रण गर्न भक्ति थापा सफल भए। त्यसपछि भक्ति थापा केही समय जुम्लाका हाकिम भएर बसे। जुम्लापछि उनी डोटी विजयमा खटिए। डोटी विजय युद्धमा पनि थापाले राम्रो सैन्य क्षमता देखाए। डोटी विजयको एक वर्षपछि भएको त्यहा“को विद्रोह दबाउन भक्ति थापा खटाइएका थिए। उनले राम्रो काम गरेकाले उनी त्यसपछि डोटीका हाकिम भएर नेपाली शासन चलाए। 

महाकाली पारिका युद्धमा
डोटीपछि भक्ति थापा वि.सं. १८४७-४८ पछि महाकालीपारि कुमाउं विजयका लागि खटाइए। महाकालीपारि खटिएका थापाले, नेपाली सेनाले कुमाउ र सिरमौर विजय गरेपछि त्यस भूमिमा नेपाल दरबारका हाकिम भएर नेपालको प्रशासन सम्हालेका थिए। महाकालीपारिका स्थलमा नेपालको प्रशासन सम्हाल्दा भक्ति थापाले कठोर प्रशासकको छवि बनाएको धेरै इतिहास लेखकहरुले उल्लेख गरेका छन्। कर्मभूमिमा कठोर प्रशसकको छवि बनाएका भक्ति थापाको सैनिक सेवा र प्रशासन सञ्चालनबाट त्यसबेला नेपाल दरबार र राजा रणबहादुर शाहचाहिँ खुसी भएका थिए। राजा रणबहादुर शाहले भक्ति थापालाई वि.सं. १८५१ मा लमजुङको सतारमा धान खेत बिर्ता दिनुका साथै सुबेदारबाट सरदार पदमा पदोन्नति गरिदिएका थिए।

पारिवारिक चोट सहेर पनि भक्ति थापा राज्यको कर्तव्यमा समर्पित भइरहन्थे। वि.सं. १८६७ ताका भक्ति थापा सरदार पदमै रहँदा छोरा सर्वजित र श्रीमतीको मृत्यु शोक सहन पर्‍यो। भक्ति थापा पारिवारिक वियोगका बेला पनि कर्तव्यपथमा लागि नै रहे। उनलाई नेपाल सरकारले विश्वास गरी कुमाउ र सिरमौरका पाँच कम्पनी सेनाको तैनाथी दिनुका साथै वार्षिक पाँच हजार खान्गी दिन थालेको थियो।

भक्ति थापा धर्मप्रति आस्थावान् थिए। उनले पश्चिमबाट काठमाडौं फर्कंदा बाटोमा पर्ने कास्कीको देउराली उकालीमा पौवा बनाएका थिए। उक्त पौवाको संरक्षणका लागि नेपाल सरकारको स्वीकृतिमा थापाले सोही क्षेत्रको पायक पर्ने स्थानको धानखेत गुठीसमेत राखेका थिए।

नेपाल-अंग्रेज युद्धमा सहभागिता र वीरगति
वि.सं. १८७१-७२ मा नेपाल-अंग्रेजबीच भएको युद्धमा पश्चिमतर्फका नेपालका कमाण्डर बडाकाजी अमरसिंह थापाका मातहतमा रहेर दिलोज्यानले युद्ध लडेका वीर सेनानायक भक्ति थापा ७३ वर्षको वृद्ध उमेरमासमेत उत्तिकै जोश, जाँगर र उत्साहका साथ युद्धमैदानमा अहोरात्र समर्पित थिए। कुमाउ क्षेत्रमा अंग्रेज सेनाका कमाण्डर गार्डनर नेपाली भूमि विजय गर्दै अघि बढिरहेका थिए। मलाउ किल्लाको फेदीमा सैनिक छाउनी राखेर अंग्रेज सेनाका जनरल अक्टरलोनी नेपाली सेनामाथि जाइलाग्ने तरखरमा थिए। अंग्रेज सेनाले तारागढी, चम्बीगढी, जितेर सूर्यगढी हात पार्न प्रयास गरिरहेको थियो। करिब ९०० सैनिकसहित भक्ति थापा सो गढीको रक्षार्थ तैनाथ थिए।

अंग्रेज सेनाका मेजर हेनेज, कप्तान हेमिल्टन, टामस आदि कमाण्डरका साथ जनरल अक्टरलोनीको सैनिक टोली सेनानायक अमरसिंह थापाको सैनिक टोलीलाई राजगढमा अल्मल्याएर भक्ति थापाको टोलीमाथि जाई लागिरहेको थियो। अंग्रेज सेना देउथलको टिप्पातर्फ बढिरहेको थियो। अंग्रेजले देउथलको टिप्पा कबजा गरेमा नेपाली सेनालाई तत्काल अप्ठेरो पर्दथ्यो। अमरसिंह थापासहितका कमाण्डरहरूको आपसी छलफलपछि करिब ३०० सैनिक लिएर सोको नेतृत्व गर्दै ७३ वर्षको उमेरमा भक्ति थापा रातको समयमै देउथलतर्फ अघि बढे। त्यसै समय शत्रु सेनाको किल्लाबाट हानेको तोपको गोला वर्षन थाले। अंग्रेज सेनाको प्रतिकार गर्दै अघि बढेका भक्ति थापा नेतृत्वको टोली अंग्रेज सेनाको किल्लानजिकै पुगेर वीरताकासाथ खुकुरी नचाउँदै जाइलागे। यत्तिकैमा शत्रु सेनाकातर्फबाट छुटेको तोपको गोला छातीमा लागेर वीर भक्ति थापा ढले। त्यो दुखद् दिन वि.सं. १८७२ वैशाख २ (तदनुसार १६ अप्रिल सन् १८१५) को थियो। भक्ति थापा ढलेपछि नेपाली सेना तितरबितर भयो।

तोपको गोला छातीमा लागेर युद्धमैदानमा ढलेका थापाले तत्कालै वीरगति पाए। त्यसबेला भक्ति थापाको उमेर ७३ वर्षको थियो। अंगे्रज सेनाका कमाण्डरहरू युद्धमा वीर भक्ति थापाको वीरताबाट ज्यादै प्रभावित बने। जनरल अक्टरलोनीले भक्ति थापाको शव खोजेर उनको वीरताको कदर गर्दै दोसल्ला ओढाएर एक टोली सैनिकसहित नेपाली सेनाका सेनानायक अमरसिंह थापासमक्ष पठाएका थिए। भक्ति थापाको सोही इलाकामा अन्त्येष्टि गरिएको थियो। उनका दुई श्रीमती सती गएका थिए। वृद्ध भक्ति थापाको जोश, उनको देशभक्ति र निडरपनबाट अंग्रेजहरू अत्यन्त प्रभावित बनेका थिए।

भक्ति थापाको वीरगतिपछि देउथल किल्ला अंग्रेज सेनाले कब्जा गर्न सफल भएको थियो। त्यसपछि लगत्तै नेपाली सेनाले यमुना नदीभन्दा पश्चिमको भूमिमाथिको स्वामित्व गुमाउन बाध्य भएको थियो।

बडाकाजी अमरसिंह थापासँग विमति
कतिपय लेखकका अनुसार नेपाल-अंग्रेज युद्धका समय पश्चिमतर्फका नेपाली सेनाका कमाण्डर बडाकाजी अमरसिंह थापा र भक्ति थापाबीच मेल थिएन। लेखक एवं सैनिक इतिहासका जानकार डा. प्रेमसिंह बस्न्यातका अनुसार जीवनको अन्तिम कालखण्डमा भक्ति थापा बडाकाजी अमरसिंह थापाको युद्ध रणनीतिसँग असन्तुष्ट थिए। अंग्रेज सेनाको निरन्तरको आक्रमणको प्रतिकार गर्ने र उचित रणनीति अवलम्बन गर्ने क्रममा अमरसिंह थापा र भक्ति थापाबीच विवाद थियो। अंग्रेज सेनाले एकपछि अर्को नेपाली भूमि विजय गर्न कोसिस गरिरहेको अवस्थामा सोको प्रतिकार गर्न कमाण्डर बडाकाजी अमरसिंह थापाले आदेश नदिएको र सम्भाव्य प्रयास नगरेकोप्रति भक्ति थापाले अमरसिंह थापासामु प्रस्टसँग विमति राखेका थिए। अमरसिंह थापाको असहयोग हुँदाहुँदै भक्ति थापा आफू मातहतमा रहेका सीमित सेना र हतियार लिएर अंग्रेज सेनाको प्रतिकार गरेर नेपाली भूमि जोगाउन रातको समयमा युद्धस्थलमा डटेका थिए।

जीवित छउञ्जेल भूमिरक्षक
भक्ति थापा जीवित छउञ्जेल नेपालले आक्रामक युद्ध लडिरहेका थिए। उनको मृत्युपछि नेपालले रक्षात्मक युद्ध लड्न बाध्य भयो। पश्चिमतर्फका नेपाली सेनाका कमाण्डर बडाकाजी अमरसिंह थापा भक्ति थापाको अवसानपछि मर्माहत बनेका थिए। स्मरणीय कुरा के छ भने, भक्ति थापा जीवित छउञ्जेल नेपालले कुनै भू‐भाग गुमाएको थिएन। उनको वीरगतिपछि नेपालले लगातार नेपाली सेना पराजित हुन थाल्यो, फलतः धेरै जमिन गुमाउने क्रम सुरु भयो।

अन्ततः महाकालीपारिको विजित भूमि अंग्रेजलाई सुम्पिएर बडाकाजी अमरसिंह थापा आफू मातहतका सेना र सामान लिएर पूर्व (काठमाडौं) फर्किए। नेपाल अंग्रेजबीच सन्धि ४ मार्च सन् १८१६ मा हस्ताक्षर (इतिहासमा सुगौली सन्धि भनिन्छ) भएपछि नेपाल-अंग्रेज युद्ध समाप्त भएको थियो।

राष्ट्रिय विभूति
सरदार भक्ति थापा नेपाल राष्ट्रका सच्चा नायक तथा क्षेत्री धर्मका प्रतिपालक थिए। भारत वर्षको भूमिमा वैदिककालदेखि क्षेत्री जातका पुरुषहरु वृद्ध भएर मृत्यु पर्खनुभन्दा युद्धभूमिमा लड्दालड्दै वीरगति प्राप्त गर्नुलाई सफल जीवनको पर्याय ठान्दथे। क्षेत्री समुदायका वीर भक्ति थापा यही क्षेत्री धर्म पालन गर्न र देश रक्षा गर्नुलाई नै सर्वोपरी ठान्दथे। क्षेत्री धर्म पालनकै सिलसिलामा भक्ति थापाले वीरगति पाएर अमरत्व प्राप्त गर्न सफल भए।

वीर सरदार भक्ति थापाले युद्ध मैदानमा वीरगति पाएको २०८ वर्ष दुई महिना १२ दिनपछि २०७८ असार १४ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेर नेपाल सरकारले नेपाल भूमिका सच्चा रक्षकप्रति सम्मान प्रकट गरेको छ।

अन्त्यमा,
७३ वर्षको वृद्ध उमेरमा रणमैदानमा उभिएर आफूहरुभन्दा धेरै शक्तिशाली शत्रु सेनाको सशक्त प्रतिकार गर्ने सरदार भक्ति थापा नेपाली सैनिकका लागिमात्र नभएर विश्वकै सैनिकका लागि प्रेरक हुन्, उच्च साहस र शौर्यका पर्याय हुन्। नेपाल राष्ट्रको अखण्डताका लागि उच्च शौर्य र अथाह पराक्रम प्रदर्शन गर्ने भक्ति थापा आजसम्म नेपाली सैनिकका प्रेरणा र देशवासीबीच राष्ट्रप्रेमका उदाहरण बनिरहेका छन्। ढिलै भए पनि नेपाल सरकारले भक्ति थापाको शौर्य र पराक्रमको कदर गर्दै राष्ट्रका विभूति घोषणा गरेर सत्कार्य गरेको छ।

लेखकबाट थप लेख:

  • जंगबहादुर कुँवरको शासकीय उदय र सरदार रामकृष्ण कुँवरको त्याग
  • काली धाई र नेपालको गणतान्त्रिक सुशासन
  • नुवाकोट विजय र पृथ्वीनारायण शाहको पश्चाताप !

 


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १६:०२
#मोहन_थापा #भक्ति_थापा
प्रतिक्रिया दिनुहोस्
थप विचार
सुदूरपश्चिम सम्भावनाको द्वार, लगानीको गन्तव्य
सुदूरपश्चिम सम्भावनाको द्वार, लगानीको गन्तव्य बुधबार, भदौ १८, २०८२
पहाड रित्तियो, पालो तराईको ?
पहाड रित्तियो, पालो तराईको ? मंगलबार, भदौ १७, २०८२
मुलुकको समृद्धिका आधार क्षेत्र
मुलुकको समृद्धिका आधार क्षेत्र मंगलबार, भदौ १७, २०८२
सामाजिक एकताको पर्व गौरा
सामाजिक एकताको पर्व गौरा सोमबार, भदौ १६, २०८२
महिलाको विकासमा मिडियाको भूमिका
महिलाको विकासमा मिडियाको भूमिका सोमबार, भदौ १६, २०८२
शान्तिप्रति चीनको उत्कट अभिलाषाको अभिव्यक्ति
शान्तिप्रति चीनको उत्कट अभिलाषाको अभिव्यक्ति आइतबार, भदौ १५, २०८२
अनलाइन सञ्चारमाध्यम व्यवस्थापनका वैकल्पिक मार्ग
अनलाइन सञ्चारमाध्यम व्यवस्थापनका वैकल्पिक मार्ग शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP