Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #रेमिट्यान्समा रेकर्ड
  • #रोजगार वार्ता
  • #‘जय  लाखय्’
  • #सुनकाे मूल्य
  • #संसद् बैठक
  • #यातायात
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
Search Here
विचार
  • Home
  • विचार
  • जंगबहादुर कुँवरको शासकीय उदय र सरदार रामकृष्ण कुँवरको त्याग
जंगबहादुर कुँवरको शासकीय उदय र सरदार रामकृष्ण कुँवरको त्याग
मोहन थापा
मोहन थापा मंगलबार, मंसिर १८, २०८१
मोहन थापा

नेपाली समाजमा एउटा उखान छ– पुर्खाको प्रताप (धर्म)ले सन्तानले खाने हो । यदि पुर्खाले सत्कर्म गरेको छ भने तिनका सन्तानको समृद्धि हुने छ, पुर्खाले कुकर्म गरेका छन् भने उनका सन्तानको दुर्गति हुने छ । यहांनेर यो उखान नेपालमा १०४ वर्ष शासन गरेको कुँवर राणा परिवारमा लागू भएको देखिन्छ । सरदार रामकृष्ण कुँवरले नेपाल एकीकरण युद्धमा आर्जन गरेको ख्यातिसँगै गुह्येश्वरीबाट पशुपतिनाथ मन्दिर जाने बाटोमा ढुंगा बिछ्याउनु र सदावर्त गुठीको स्थापना गर्नु पनि हो । कतिपय अध्येताको दाबी छ– रामकृष्ण कुँवरका यिनै सत्कर्मको फल, उनका पनाति जंगबहादुरसहित सन्ततीले ‘राणाजी’ उपाधिसहित श्रीपेच लगाउने अख्तियारी लिनसके र राजाका सम्पूर्ण अधिकार हात पारेर जहानियाँ एकतन्त्रीय शासन चलाउने शौभाग्य प्राप्त गरे ।

वि.सं. १८९४ मा मुख्तियार तथा जनरल कमाण्डर–इन्–चिफ भीमसेन थापालाई बालक युवराजमाथि विष खुवाउने उद्योग गरेको झूठो आरोपमा पदच्युत गरिएपछि नेपालको केन्द्रीय सरकार अस्थिर भयो । पाँडे परिवारले साँधेको प्रतिशोध र तत्कालीन राजा राजेन्द्रविक्रम शाहको कमजोर बुद्धिका कारण वि.सं. १८९६ साउनमा भीमसेन थापा आत्महत्या गर्न विवश भए । त्यसपछि रणजंग पाँडे, चौतारिया फत्येजंग शाह, पं.रंगनाथ पौडेल, पुस्कर शाह, माथवरसिंह थापा, पुनः चौतारिया फत्येजंग शाहले नेपालको मुख्तियार तथा प्रधानमन्त्री पद सम्हाले ।

वि.सं. १९०२ जेठमा प्रधानमन्त्री तथा प्रधानसेनापति माथवरसिंह थापाको हत्यापछि, चौतारिया फत्येजंग शाहलाई प्रधानमन्त्री पद र उनीसहित गगनसिंह, अभिमानसिंह राना र जंगबहादुर कुँवरसमेतको मन्त्रीमण्डलले काम गरिरहेको समय वि.सं. १९०३ भदौ ३१ गते राति शक्तिशाली भारदार गगनसिंह भण्डारीको गोली प्रहार गरी हत्या भयो । जनरल गगनसिंहको हत्यारा पत्ता लगाउन कान्छी महारानी राज्यलक्ष्मीको आदेशमा रातको समय हनुमानढोका दरबारपरिसर, कोतमा बोलाइएको भारदारी बैठकमा जंगबहादुर कुँवर पक्षले विरोधी भारदारमाथि मच्चाएको नृशंस हत्याकाण्डलगत्तै सोही असोज २ गते कान्छी महारानीको दबाबमा २९ वर्षीय जनरल जंगबहादुर कुँवर राणा नेपालको प्रधानमन्त्री तथा प्रधानसेनापति नियुक्त गरिए । नेपालको इतिहासमा भदौ ३१ गते राति हनुमानढोका राजदरबारपरिसरको हत्याकाण्डलाई ‘कोत पर्व’ र वि.सं. १९०३ असोज २ पछि वि.सं. २००७ फागुन ७ सम्मको अवधिलाई नेपालको राजकाजमा १०४ वर्षे राणाकाल भनिन्छ ।

भीमसेन थापाको अवसानपछि कमजोर राजप्रशासन एवं राजा राजेन्द्रविक्रम शाहका दुई महारानी साम्राज्यलक्ष्मीदेवी र राज्यलक्ष्मीदेवीबीचको झगडाबाट सेना र भारदारहरु दिक्क थिए । त्यसबेला नेपाल एकीकरण युद्धमा उच्च योगदान गरेका उच्चतहका धेरै भारदारको राजकाजका सामान्य विवादमा हत्या भयो । भीमसेन थापाको पतनपछिको त्यो तरल राजनीतिक अवस्थामा कुन बेला को शक्तिमा आउने र कुन समय कुन भारदारको हत्या हुने हो, कुनै ठेगान थिएन ।

Hardik health

यसप्रकारको अनिश्चित परिस्थितिमा हनुमानढोका राजदरबारमा रहेकी सुसारे पुतली, पं.विजयराज, आफ्ना भाई, शुभचिन्तक र सहयोगी सैनिकको सहयोगमा कोत पर्व, सोही कात्तिक १७ गते भएको भण्डारखाल पर्व र वि.सं. १९०४ को अलौ पर्वमा विरोधीहरुको सफाया गरेर नेपालका शासनसत्तामा आफ्नो परिवारको एकल वर्चश्व कायम राख्न सफल जंगबहादुर कुँवर काजी बालनरसिंह कुँवरका आठ छोरामध्ये कान्छी पत्नी गणेशकुमारीतर्फबाट जन्मेका जेठा छोरा थिए । काजी बालनरसिं कुँवर काजी रणजित कुँवरका तीन छोरामध्ये जेठा थिए । यिनले वि.सं. १८६३ मा पूर्वराजा रणबहादुर शाहमाथि तरवार प्रहार गर्ने शेरबहादुर शाहीको घटनास्थलमै हत्या गरी राजभक्ति पुष्टि गरेका थिए । बालनरसिंहका पिता रणजित कुँवर सरदार रामकृष्ण कुँवरका छोरा हुन् ।

इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका बिस्वासि भएकाले ज्योतिष कुलानन्द ढकालले शाहबाट बोर्लांग थुमसहित प्रशस्त विर्ता पाएका थिए, तर उनका सन्तानहरु अपव्ययी, विलासी भए । शाह भारदारलाई धन जम्मा गर्न दिन हुंदैन भन्दथे तर कुलानन्द ढकाल ब्राह्मण ज्योतिष भएकाले उनलाई भारदारमा नराखेको अनुमान हुन्छ । कुनै समय नेपालको राजकीय सत्ता पाउनलाई राष्ट्रदेवताको कृपा हुनुपर्ने आध्यात्मिक विश्वास थियो । 

सरदार रामकृष्ण कुँवर र नेपाल निर्माणमा उनको योगदान  
वि.सं. १८०१ अघि नेपाल सरहदमा बाइसे, चौबिसे, कान्तिपुर, ललितपुर, भक्तपुर, मकवानपुर, विजयपुर र चौदण्डीसमेत ५२ भन्दा धेरै राज्य थिए । तीमध्येको चौबिसी समूहमा पर्ने कास्की राज्यमा बसोवास भएका वत्स गोत्रीय क्षत्री जातिका अहिराम कुँवर वत्स गोत्रीय कुँवर क्षत्री थिए । यिनी हाल भारतमा पर्ने चितौढका राणा खानदानका सदस्यहरु तत्त्ता राणाका भतिजा फकतसिंहका छोरा रामसिंहका सन्तति रहेको नेपालको सैनिक इतिहास, काठमाडौं: शाही नेपाली जंगी अड्डा, २०४९ मा उल्लेख छ । वि.सं. १९०५ वैशाख १३ मा तत्कालीन श्री ५ सुरेन्द्रविक्रम शाहले, प्रधानमन्त्री जंगबहादुर र उनका वंशज भारत चितौडगढका राजपुत राणा हुन् भन्ने प्रमाण हुनाले प्रधानमन्त्री जंगबहादुर र उनका वंशजहरुलाई राणाजी भन्नु भन्ने लालमोहर प्रदान गरेको इतिहासकार पुरुषोत्तमशमशेर जबराले श्री ३ हरुको तथ्य वृतान्त, भाग १ मा उल्लेख गरेका छन् ।

अहिराम कुँवरका रामकृष्ण कुँवर, जयकृष्ण कुँवर र अमरसिंह कुँवरसमेत तीन छोरा र एक छोरी श्रीतारा थिए । अहिराम कुँवर कास्कीका राजासँग खटपटपछि लमजुङहुँदै गोरखा गए । यिनै अहिराम कुँवरका छोरा रामकृष्ण कुँवरको वि.सं. १७६७ तदनुसार सन् १७१० मा जन्म भएको थियो । रामकृष्ण उमेर पुगेपछि गोरखाका राजा नरभूपाल शाहको सेनामा काम गर्न थालेका थिए । सानो उमेरदेखि नै रामकृष्ण कुँवर छरितो शरीरका चलाख, पूmर्तिला र आँटिला व्यक्तित्वका धनी थिए । छोटो समयमै रामकृष्ण कुँवरले गोरखाली सेनामा राम्रो छवि बनाउन सफल भएका थिए । नेपालको सैनिक इतिहासमा उल्लेख भएअनुसार १४ वर्षको उमेरमा रामकृष्ण कुँवरलाई गोरखाली सेनाको अधिकृतसरह पद दिइएको थियो । 

इतिहासकारहरुले रामकृष्ण कुँवरलाई गोरखाली सेनाको जेठाबूढा पदबाट सम्बोधन गरी उनी र उनको युद्ध सेवाबारे चर्चा गरेका छन् । सैनिकलाई तालिम दिने वा युद्धकला सिकाउने जिम्मेवारी जेठाबूढाको थियो । वि.सं. १७९९ चैत २५ मा पृथ्वीनारायण शाह गोरखाका राजा भएपछि गरेको दोस्रो, वि.सं. १८०१ असोज १५ मा नुवाकोट आक्रमण गरे र विजय पनि भए । मेजर फलेन्द्रविक्रम राणा लिखित ‘नेपाली राणा घरानाको संक्षिप्त वंशावली’का अनुसार रामकृष्ण कुँवरले नुवाकोट विजय युद्धमा भाग लिएका थिए । 

रामकृष्ण कुँवरले नेपाल एकीकरणअन्तर्गत पलाञ्चोक र काभ्रेगढी, सिन्धुलीगढी, तिमाल, काठमाडौं, भादगाउँ, मकवानपुर, पूर्वका विजयपुर र चौदण्डीलगायतका भूभाग विजय युद्धमा नेतृत्व गरेका थिए । मकवानपुर हर्नामाडीमा गोरखाली सेनाले वि.सं. १८१९ को माघ १० गते गुर्गीन खाँ नेतृत्वको मुसलमानी सेनाविरुद्ध लडेको युद्धमा पनि रामकृष्ण कुँवरले भाग लिएका थिए । रामकृष्ण कुँवरसहितको गोर्खा सेनाले वि.सं. १८२० को असारदेखि असोज–कात्तिक आसपास काभ्रेका धुलिखेल, पनौती, खड्पु, चौकोट, साँगालगायतका सात गाउं“माथि अधिकार गरेको थियो ।

‘जस पाइ आयाका सुरप्रताप सीत सल्ला गरि धुलषेल हान्नलाई भारदार षटाउनुभयो फौज लि कपर्दार रामकृष्ण कुँवर हरिवंशपाध्या प्रभृति फौज गै नेपाल्याको पनि ठूलो लस्कर वाहा ज्मा भयाको रहेछ बाहिरको लडायी भै जित्या वैरीका पनि ढेरै काटिया आफ्ना पनी घाइत्या र काटिन्या ढेरै भया जित गोर्खाको भयो जिती लपेटा लि सहरभित्र लस्कर हाली सहरभित्र लस्कर ढेरै रहेछन् र बाहिरै घेरा दि बस्याका थियो बाहिर नगरवासि लड्थ्या त्यस्तैमा ढिलो ग¥यो भनी श्री ५ महाराजाबाट रिसानी भै जसकर्ण षत्रीलाई पठाइ धुलषेल हानी पनौती हान्नु भनिकन पठायामा ढिलो गन्र्या भनी रिसानी भै चौकोट हान्नालाई दलजित साहलाई पठाइ जसकर्ण षत्रीले तीनै जनालाइ ५।५ सप्को लाया चौकोट हान्न दलजित साह गयाको देषदा इन्हरुले पनि शाके १६८५ कात्र्तिकका दिन १० जादा आदित्यवारका दिन ११ घडी ४५ पला दिन चढ्दा धुलषेल फत्य भयो.दलजित साहका साथका फौजले पनि ठूलो लडायी जितिकन शाके १६८५ कात्र्तिकका दिन १५ जाँदा सोमबारका दिन घरि १५ दिन चढदा चौकोट सर भयो त्यसै दिनका लपेटामा पन्हौति पनि सर ग¥या अर्का मुहुडाले षड्पु पनि सर ग¥या’ । (गुरुवंशावली, बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, ललितपुर: साझा प्रकाशन, २०६१, पृ.३०९–१०) 

वि.सं. १८२६ कात्तिकमा भक्तपुर विजय युद्धमा काजी वंशराज पाँडे, केहरसिंह बस्न्यात, सरदार कालिदास खड्का, सरदार अमरसिंह थापा, काजी शूरप्रताप शाह र रामकृष्ण कुँवरको नेतृत्वमा गोरखाली सेना परिचालित थिए । सरदार रामकृष्ण कुँवरले सुझबुझका साथ, कम धन र जनको क्षति हुनेगरी पूर्वका विजयपुर र चौदण्डी राज्यका भूभाग नेपालमा मिलाएका थिए । पूर्व विजयपछि नेपालको सिमाना सिक्किम पुग्यो । विजयपुरको राजधानी चौदण्डी विजयपछि पृथ्वीनारायण शाहबाट सरदार रामकृष्ण कुँवरले २२ जोर शीरपाउ उपहार पाए । राजा पृथ्वीनारायण शाहले सरदार रामकृष्ण कुँवरको नाममा वि.सं. १८२९ मा एक लालमोहर गरिदिएका थिए । उक्त लालमोहरमा ‘कीर्तिपुरको युद्धमा काजी कालु पाँडेले वीरगति पाउ“दा रामकृष्ण कुँवरका बुद्धि र वर्गतले नेपालको विस्तार गरेका र तरवारको प्रतापले नेपाल राज्य निर्माण भएकोले उनलाई आधा राज्य दिएको भए पनि पुरस्कार नपुग्ने हो तापनि स्वयम्भूको सेरोफेरो र धुलिखेल क्षेत्र रामकृष्ण कुँवरका सन्तान दरसन्तानले खानू’ भनी दिएका थिए ।

वि.सं. १८३१ पछि श्री प्रतापसिंह शाहको राज्यकालमा सिक्किमका सेना पूर्वको च्यांगथापुमा नेपाली सेनामाथि आक्रमण गर्न आएको थियो । सिक्किमे सेनालाई रामकृष्ण कुँवर नेतृत्वको सेनाले पराजित गरेर नेपाली भूमि जोगाउन सफल भएको थियो । वि.सं. १८३६ मा चौबिसीहरुको संयुक्त सेनाले गोरखाविरुद्ध युद्ध घोषणा गरेकोमा रामकृष्ण कुँवर, बलि बाँनिया, पारथ भण्डारीलगायतका सेनानायकहरुको नेतृत्वको सेनाले चौबिसी संयुक्त सेनाविरुद्ध बलिथुम, ज्यामरुक, उपरदाङ, चितवनलगायतका भूमिमा ठूलो युद्ध लडेको थियो । रामकृष्ण कुँवरले त्यसबेला चौबिसी सेनालाई उपरदाङ र चितवनमा पराजित गरिदिएका थिए ।

सामाजिक/धार्मिक योगदान 
रामकृष्ण कुँवर सफल युद्धनायक भएर पनि धार्मिक स्वभावका थिए । नेपालको सैनिक इतिहास (पृ.४५४) का अनुसार सन् १७७० को जनवरीमा पृथ्वीनारायण शाहले युद्धमा शौर्य र पराक्रम प्रदर्शन गर्न सफल सैनिक भारदारलाई बोलाएर उनीहरुको काम र त्यागअनुसारको पारितोषिक दिने मनसायले रामकृष्ण कुँवरलाई के पाउने इच्छा छ ? भनी सोधेका थिए । अन्य भारदारले राम्रा जमिन विर्ता मागेका थिए तर रामकृष्ण कुँवरले, काठमाडौंको प्रसिद्ध तीर्थ गुह्येश्वरीदेखि पशुपतिसम्म जाने बाटोमा ढुंगा बिछ्याउन पाऊँ भनी माग गरेका थिए । 

दर्शनार्थीहरुको सुविस्ताका लागि काठमाडौं उपत्यकाको शक्तिपीठ गुह्येश्वरीबाट श्लेमान्तक जंगलको डाँडो चढेर पशुपतितर्फ झर्ने बाटो सर्वप्रथम राजा प्रताप मल्लले बनाएका थिए । यसबाट गुह्येश्वरी र पशुपतिबीच नित्य सम्बन्ध कायम राख्न सहयोग पुगेको थियो । प्रताप मल्लको मृत्युपछिका करिब १०० वर्षसम्म सो बाटो मर्मत नगरिँदा बिग्रे भत्केको थियो । काठमाडौं उपत्यका विजयपछि गोरखाली राजा पृथ्वीनारायण शाहले सो बाटो मर्मत गर्ने मनसुवा राखेका थिए, यसबीच उपत्यका विजयपछि आफ्ना विश्वासिला भारदारलाई तिमीहरु मसँग के–के माग्छौं ? भनी राय सुझाव माग्दा एक्कासि सरदार रामकृष्ण कुँवरले सो बाटोमा ढुंगा बिछ्र्याएर राम्रो बनाउन पाऊँ भनी मागे, यसबाट पृथ्वीनारायण शाह द्विविधामा परे ।

आफैंले के माग्छौं भनी सोधेपछि आफ्ना विश्वासी भारदारले यसप्रकारको पुण्य काम गर्छु भनी विन्ती गर्दा नदिनु मनासिव ठहर्ने थिएन, दिँदा पनि उपत्यकाका प्रभावशाली देवदेवीको मन्दिरमा ठूलो पुण्यको जस कुनै एक भारदारले लिँदा, ती देवदेवीको प्रताप भोलिका दिनमा आफ्ना सन्तानको पहुँचबाट अन्यमा सर्ने र कतै राजकीय सत्ता नै रामकृष्णका सन्तानका पोल्टामा पुग्ने हो कि ! भन्ने डरले उनीभित्र गहिरो वास गरेको थियो । तर, शाहले त्यस बाटोमा ढुंगा बिछ्याउने काम गर्न सरदार रामकृष्णलाई मञ्जुरी दिए । राजाबाट मञ्जुरी पाएपछि रामकृष्णले बाटोमा ढुंगा बिछ्याउने काम सम्पन्न गरे ।

भाषा वंशावलीमा रामकृष्ण कुँवरले गुह्येश्वरीबाट पशुपति जाने बाटो मर्मत गरेको र सदावर्त गुठीबारे यसप्रकार उल्लेख छ– ‘शाके १६९१ मार्ग शुदी ४ का दिन रामकृष्ण कुँवरले श्रीमाहाराज बक्साई श्री पशुपतिदेषि श्री गुह्येश्वरीका स्थानसम्म पत्थरले चिन्हि बाटो बनाइ सिध्याइ मृगस्थलीका वनभित्रमा श्रीरामेश्वर माहादेव स्थापना गरी राजाबाट आफूलाई वक्स्याको ढाल तरवारमा थापी लियाका रणजित मल्लका छोला अवधुतसिंहके सर्वश्व घर वारि षेत् १८३७ साल माघ शुदी ५ रोज २ का दिन तांवापत्र गरी श्री पशुपति प्रीति गरी सदावर्त गुठी राषि चह्राया’ । 

सदावर्त गुठी स्थापना
पृथ्वीनारायण शाहले सरदार रामकृष्ण कुँवरलाई भक्तपुरका पूर्वराजा रणजित मल्लका छोरा अवधुतसिंह बनारस, भारतमा रहेर पृथ्वीनारायण शाहविरुद्ध बागी भएकाले उनको सर्वस्व गरिएको भक्तपुरको घर र बिर्ताजति जमिन रामकृष्ण कुँवरलाई गुठी राखिदिनू भनी दिएका थिए । सो घर बहाल र जग्गाबाट भएको आम्दानीले शिवरात्रीमा देशदेशावरबाट पशुपतिको दर्शनका लागि आउने साधु सन्यासीलाई सिधा दिने नियम राखिएको थियो । शिवरात्रीमा पशुपति दर्शनका खातिर आउने साधुलाई सिधासहित बिदा गर्ने प्रचलन कायमै छ ।

जंगबहादुर र रणोद्धीपसिंहबाट पुनर्निर्माण
आफ्ना पुर्खा रामकृष्ण कुँवरको प्रतापले नेपालको शासन हात पार्नमा अप्रत्यक्ष योगदान रहेको हुनसक्ने रहष्य स्वयं जंगबहादुर र उनका भाइहरुमा पनि थियो । जंगबहादुर कुँवर राणाले श्री ३ महाराज भएपछि पशुपति र गुह्येश्वरी बीचको डां“डोमा विश्वरुप महादेव मन्दिर स्थापना गरेर सोका लागि भव्य धर्मशालासमेत निर्माण गरिदिएका थिए भने जंगको मृत्युपछि श्री ३ महाराज भएका जंगका भाइ रणोद्धीपसिंह कुँवर राणाले सैनिकमार्फत आफ्ना पुर्खा रामकृष्ण कुँवरले बनाएको गुह्येश्वरीदेखि पशुपति जाने थप फराकिलो बनाएर, ढुंगाका सिँढी बनाएर हाल भएको अवस्थाको बाटो निर्माण गराएका थिए । रामकृष्ण कुँवरले बनाएर स्थापना गरेको शिवलिंगसहितको रामेश्वरको मन्दिर र सदावर्त बा“ड्न बनाएको सतल थोत्रिएको हुनाले रामकृष्ण कुँवरका सन्तान जंगबहादुर र रणोद्धीपसिंहले मर्मत गरेका थिए ।

साथै जंगगबहादुरले आफू श्री ३ भएपछि आफूले बनाएको विश्वरुपको मन्दिरको सतलबाट सदावर्त बाँड्ने नियम पनि बसालेका थिए । सो स्थलमा रणोद्धीपसिंहले थप निर्माण र मर्मत गराएका थिए । हाल रामकृष्ण कुँवरले बनाएको पुरानो मन्दिर र सत्तल रामेश्वरको पुरानो शिवलिंग हराइसकेको छ । (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, ललितपुर: साझा प्रकाशन, २०६१, पृ.५४३–५४४) 

गुह्येश्वरी–पशुपति मूलबाटोमा ढुंगा बिछ्याएर राष्ट्रदेवताबाट प्राप्त हुने पुण्यका प्रतापले भविष्यमा नेपालको शासकीय अधिकार रामकृष्ण कुँवरका सन्तानमा जानसक्ने संंकेत पृथ्वीनारायण शाहलाई उनका कुनै विश्वासिला भारदारले दिएका थिए, तसर्थ पहिले मञ्जुरी दिएर पछि सो काम गर्न दिन शाहले आनाकानी गरेका थिए, अन्ततः शाह रामकृष्ण कुँवरलाई सो बाटोको काम गर्न दिन मञ्जुर भए । फलतःरामकृष्ण कुँवरका पनाति पुस्तामा सो संकेत मूर्त भएको थियो ।

अन्त्यमा, 
इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका बिस्वासि भएकाले ज्योतिष कुलानन्द ढकालले शाहबाट बोर्लांग थुमसहित प्रशस्त विर्ता पाएका थिए, तर उनका सन्तानहरु अपव्ययी, विलासी भए । शाह भारदारलाई धन जम्मा गर्न दिन हुंदैन भन्दथे तर कुलानन्द ढकाल ब्राह्मण ज्योतिष भएकाले उनलाई भारदारमा नराखेको अनुमान हुन्छ । कुनै समय नेपालको राजकीय सत्ता पाउनलाई राष्ट्रदेवताको कृपा हुनुपर्ने आध्यात्मिक विश्वास थियो । धन जोड्ने कुलानन्दका सन्तान अपव्ययी हुनु, यसको विपरीत राजाले विर्ता माग्न मन बुझ्दा धनको परवाह नराखी राष्ट्रदेवताको मन्दिर जाने बाटो बनाएर त्याग गर्ने रामकृष्ण कुँवरका सन्तानले नेपाल अधिराज्यको राजकीय सत्ता हात पार्नसक्नुलाई, पुर्खाले गरेको सत्कर्मबापतको प्रतिफल मान्न सकिने अनुमान, सामयिक ठहर्दछ ।

लेखकबाट थप लेख:

  • काली धाई र नेपालको गणतान्त्रिक सुशासन
  • नुवाकोट विजय र पृथ्वीनारायण शाहको पश्चाताप !


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:१२
#मोहन_थापा
प्रतिक्रिया दिनुहोस्
थप विचार
शान्तिप्रति चीनको उत्कट अभिलाषाको अभिव्यक्ति
शान्तिप्रति चीनको उत्कट अभिलाषाको अभिव्यक्ति आइतबार, भदौ १५, २०८२
अनलाइन सञ्चारमाध्यम व्यवस्थापनका वैकल्पिक मार्ग
अनलाइन सञ्चारमाध्यम व्यवस्थापनका वैकल्पिक मार्ग शुक्रबार, भदौ १३, २०८२
तीजको आर्थिक र मनोवैज्ञानिक पाटो
तीजको आर्थिक र मनोवैज्ञानिक पाटो बिहीबार, भदौ १२, २०८२
मानव र वातावरणबीचको अन्तरसम्बन्ध
मानव र वातावरणबीचको अन्तरसम्बन्ध बुधबार, भदौ ११, २०८२
ऐतिहासिक दस्तावेज ‘लिम्बुवानका अभिलेख संग्रह’
ऐतिहासिक दस्तावेज ‘लिम्बुवानका अभिलेख संग्रह’ सोमबार, भदौ ९, २०८२
नेपाल–चीन सम्बन्ध परिणाममुखी बनाउन राजनीतिक स्थायित्व अपरिहार्य 
नेपाल–चीन सम्बन्ध परिणाममुखी बनाउन राजनीतिक स्थायित्व अपरिहार्य  सोमबार, भदौ ९, २०८२
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा सोमबार, भदौ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP