Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
विचार
  • Home
  • विचार
  • सांस्कृतिक कूटनीतिको नयाँ अध्याय
सांस्कृतिक कूटनीतिको नयाँ अध्याय
डिल्लीराज पौडेल
डिल्लीराज पौडेल मंगलबार, जेठ २६, २०८३
डिल्लीराज पौडेल

 

नेपालको यो सभ्यतागत विशेषता स्थिर वा ऐतिहासिकमात्र होइन, निरन्तर अभ्यासमा रहेको जीवनदर्शन हो । यहाँको सामाजिक जीवन, धार्मिक सहिष्णुता, सांस्कृतिक उत्सवहरू र दैनिक जीवनशैलीमासमेत प्रकृति, चेतना र सहअस्तित्वको गहिरो सम्बन्ध देखिन्छ । यही कारणले नेपाललाई जीवित सांस्कृतिक प्रयोगशालाका रूपमा बुझ्न सकिन्छ, जहाँ विविधता विभाजनको कारण होइन, सहअस्तित्वको आधार बनेको छ ।

विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ । कृत्रिम बुद्धिमत्ता, डिजिटल जडान, स्वचालन तथा वैज्ञानिक नवप्रवर्तनले मानव जीवनलाई नयाँ उचाइमा पु¥याइरहेका छन् । तर यही समयमा मानवता मानसिक तनाव, सामाजिक एक्लोपन, भावनात्मक असन्तुलन तथा आध्यात्मिक रिक्तताको चुनौतीसँग पनि संघर्ष गरिरहेको छ । आर्थिक समृद्धि विस्तार भइरहेको छ, तर आन्तरिक शान्ति र जीवन सन्तुष्टिको खोज अझ गहिरो बन्दै गएको छ ।

यस्तो विश्व परिवेशमा राष्ट्रहरूको प्रभाव केवल आर्थिक, सैनिक वा प्राविधिक क्षमतालेमात्र निर्धारण हुने अवस्था छैन । संस्कृति, मूल्य, जीवनदर्शन, विश्वास, मानवीय सम्बन्ध तथा नागरिक सहभागिताले पनि अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वव्यापी प्रभाव निर्माणमा निर्णायक भूमिका खेल्न थालेका छन् । यही सन्दर्भमा नागरिक कूटनीति आज राज्य केन्द्रित कूटनीतिलाई पूरकमात्र होइन, धेरै अवस्थामा दिशानिर्देशक शक्तिका रूपमा उदाउँदै गएको छ ।

Hardik health

नेपालसँग विश्वलाई दिने एउटा विशिष्ट सभ्यतागत सन्देश छ । गौतमबुद्धको जन्मभूमि, हिमालयको काख, विविध संस्कृति र सहअस्तित्वको परम्परा, योग, ध्यान, आयुर्वेद तथा प्रकृतिसँग सन्तुलित जीवन दर्शनले नेपाललाई शान्ति, चेतना, करुणा र समग्र स्वास्थ्यको केन्द्रका रूपमा स्थापित गर्ने अद्वितीय आधार प्रदान गरेका छन् । त्यसैले ‘नेपाल वेलनेस वर्ष २०२७’ लाई केवल पर्यटन प्रवद्र्धन कार्यक्रमका रूपमा होइन, नेपालको सांस्कृतिक कूटनीति, नागरिक कूटनीति, सौम्य शक्ति विस्तार तथा विश्व शान्तिमा रचनात्मक योगदान पु¥याउने दीर्घकालीन राष्ट्रिय अभियानका रूपमा हेर्न आवश्यक छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत नेपालको पर्यटन क्षेत्रलाई आरोग्य पर्यटनका रूपमा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने, आवश्यक पूर्वाधार तथा कार्यक्रमहरू विकास गर्ने तथा नेपाललाई समग्र स्वास्थ्य, आध्यात्मिक अनुभव र दिगो जीवनशैलीको वैश्विक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य अगाडि सारेको छ । यसले ‘नेपाल वेलनेस वर्ष २०२७’ लाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा औपचारिक मान्यता दिएको संकेत गर्दछ । यस पृष्ठभूमिमा ‘नेपाल वेलनेस वर्ष २०२७’ केवल पर्यटन वर्ष होइन; यो नेपाललाई विश्व शान्ति, समग्र स्वास्थ्य, अन्तरसभ्यतागत संवाद, नागरिक कूटनीति र मानवीय सहअस्तित्वको वैश्विक केन्द्रका रूपमा पुनस्र्थापित गर्ने ऐतिहासिक अवसर हो । यस लेखले सोही सम्भावना, चुनौती र अवसरहरूको कूटनीतिक तथा नीतिगत विश्लेषण प्रस्तुत गर्दछ ।

सभ्यतागत शक्ति र समग्र स्वास्थ्य कूटनीतिको उदय
नेपालको अन्तर्राष्ट्रिय पहिचान केवल भौगोलिक सीमाभित्र सीमित एक राष्ट्रको परिचयमात्र होइन, यो एक गहिरो सभ्यतागत निरन्तरता हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधताभन्दा पनि बढी महŒवपूर्ण कुरा यहाँ विकसित भएको चेतनात्मक, सांस्कृतिक र दार्शनिक परम्परा हो, जसले नेपाललाई पूर्वीय सभ्यताहरूको संगम र जीवित प्रयोगशालाका रूपमा स्थापित गरेको छ । पूर्वीय दर्शनका बहुआयामिक धाराहरू, ध्यान तथा साधनाको परम्परा, प्रकृतिसँगको गहिरो सहअस्तित्व र बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक सहजीवनले नेपाललाई केवल एक राजनीतिक भूगोल होइन, एक जीवित सभ्यतागत संरचनाका रूपमा प्रस्तुत गर्दछ ।

नेपालको यो सभ्यतागत विशेषता स्थिर वा ऐतिहासिकमात्र होइन, निरन्तर अभ्यासमा रहेको जीवनदर्शन हो । यहाँको सामाजिक जीवन, धार्मिक सहिष्णुता, सांस्कृतिक उत्सवहरू र दैनिक जीवनशैलीमासमेत प्रकृति, चेतना र सहअस्तित्वको गहिरो सम्बन्ध देखिन्छ । यही कारणले नेपाललाई जीवित सांस्कृतिक प्रयोगशालाका रूपमा बुझ्न सकिन्छ, जहाँ विविधता विभाजनको कारण होइन, सहअस्तित्वको आधार बनेको छ । समकालीन विश्वमा समग्र स्वास्थ्य अब व्यक्तिगत स्वास्थ्य अभ्यासको सीमाभित्र मात्र सीमित छैन । यो अब विश्वव्यापी अर्थतन्त्रको एक महत्‍वपूर्ण क्षेत्र, नीतिगत प्राथमिकताको केन्द्र र आधुनिक जीवनशैली रूपान्तरणको आधारभूत संरचना बनेको छ ।

योग, ध्यान, प्राकृतिक चिकित्सा, आयुर्वेद, मानसिक स्वास्थ्य व्यवस्थापन तथा सजग जीवनशैली आज केवल वैकल्पिक अभ्यास होइनन्, बरु समग्र विकास, उत्पादकता र जीवन गुणस्तर सुधारका आवश्यक तत्वका रूपमा स्थापित भइरहेका छन् ।  यही परिवर्तनशील विश्व सन्दर्भमा नेपालले समग्र स्वास्थ्य कूटनीतिलाई आफ्नो रणनीतिक राष्ट्रिय पहिचानका रूपमा विकास गर्न सक्ने ऐतिहासिक अवसर प्राप्त गरेको छ । यो कूटनीति परम्परागत राज्य केन्द्रित कूटनीतिक संरचनाभन्दा फरक छ, किनकि यसले संस्कृति, समुदाय, नागरिक सहभागिता र चेतनास्तरलाई समेत अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणको आधार बनाउँछ । समग्र स्वास्थ्य कूटनीति केवल सरकारी नीति वा पर्यटन प्रवद्र्धनको उपकरणमात्र होइन, यो नेपालका सांस्कृतिक मूल्य, आध्यात्मिक परम्परा र जीवनदर्शनलाई विश्वसँग जोड्ने बहुआयामिक पुल हो ।

नेपालको हिमालय केवल भौगोलिक संरचना होइन, यो विश्व चेतनामा शान्ति, स्थिरता र आत्मचिन्तनको प्रतीक हो । ध्यान परम्परा र बौद्ध दर्शनले आन्तरिक शान्ति, करुणा र मध्यमार्गको जीवनदर्शन प्रस्तुत गर्छन् । त्यस्तै योग साधना, आयुर्वेदिक परम्परा र प्रकृतिसँगको सहअस्तित्वले विकासलाई संरक्षण र सन्तुलनसँग जोड्ने दृष्टिकोण प्रस्तुत गर्दछ । यी सबै तत्वहरू मिलेर नेपाललाई यस्तो अद्वितीय सभ्यतागत स्थानमा उभ्याउँछन्, जहाँबाट विश्वलाई ‘आन्तरिक सन्तुलनमार्फत बाह्य विकास’ भन्ने वैकल्पिक विकास दृष्टिकोण प्रदान गर्न सकिन्छ ।

सौम्य शक्ति र नागरिक कूटनीतिको संस्थागत रूपान्तरण
सौम्य शक्ति कुनै पनि राष्ट्रको सैन्य क्षमतामा वा आर्थिक प्रभुत्वमा मात्र आधारित हुँदैन । यसको मूल आधार कुनै राष्ट्रको सांस्कृतिक आकर्षण, नैतिक मूल्य, सभ्यतागत गहिराइ र विश्वसँग संवाद गर्नसक्ने भावनात्मक तथा वैचारिक क्षमता हो । यही कारणले आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धमा सौम्य शक्तिलाई दीर्घकालीन प्रभाव निर्माण गर्ने सबैभन्दा स्थायी माध्यमका रूपमा लिइन्छ । गौतम बुद्धको जन्मभूमि हुनु नेपालका लागि केवल ऐतिहासिक परिचयमात्र होइन, यो विश्वस्तरमा नैतिक र दार्शनिक प्रभाव विस्तार गर्ने अत्यन्त शक्तिशाली सभ्यतागत आधार हो ।

यससँगै हिमालयको प्रतीकात्मक शक्ति, धार्मिक सहिष्णुता, सांस्कृतिक सहअस्तित्व र विविध जीवनशैलीहरूको सजीव समन्वयले नेपाललाई शान्ति र सहअस्तित्वको जीवित सभ्यताका रूपमा स्थापित गरेको छ तर यस्तो सभ्यतागत सौम्य शक्तिलाई अन्तर्राष्ट्रिय प्रभाव र ठोस परिणाममा रूपान्तरण गर्न केवल राज्य केन्द्रित कूटनीति पर्याप्त हुँदैन । यसका लागि नागरिक कूटनीति निर्णायक र विस्तारकारी माध्यमका रूपमा स्थापित हुन्छ । नागरिक कूटनीतिले अन्तर्राष्ट्रिय सम्बन्धलाई सरकारको सीमित दायराबाट बाहिर निकाल्दै समाज, समुदाय, संस्था, युवा पुस्ता, शैक्षिक क्षेत्र, सांस्कृतिक अभियन्ता तथा प्रवासी नेपाली सञ्जालसम्म विस्तार गर्दछ । यस सन्दर्भमा ‘नेपाल वेलनेस वर्ष २०२७’ नागरिक कूटनीतिको एक संरचित राष्ट्रिय अभ्यासका रूपमा विकसित हुनसक्ने ऐतिहासिक अवसर हो । यस अभियानमार्फत योग प्रशिक्षक, ध्यान केन्द्र, विश्वविद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक समूह तथा प्रवासी नेपाली सञ्जालहरूलाई एकीकृत रूपमा परिचालन गर्न सकिन्छ । यस प्रकार नागरिक कूटनीति केवल सहयोगी संरचनामात्र होइन, यो सौम्य शक्तिलाई व्यवहारिक, संस्थागत र वैश्विक प्रभावमा रूपान्तरण गर्ने प्रमुख साधन हो ।

आरोग्य पर्यटन, नीति रूपान्तरण र अन्तर्राष्ट्रिय अवसर
नेपाल सरकारले पर्यटन क्षेत्रलाई आरोग्य पर्यटनका रूपमा पुनःपरिभाषित गर्ने नीति अघि सारेको छ । यो केवल शब्दगत परिवर्तनमात्र होइन, राष्ट्रिय विकास दृष्टिकोणमै देखिएको एक महŒवपूर्ण रूपान्तरण हो । यस नीतिले पर्यटन क्षेत्रलाई परम्परागत अवकाश र मनोरञ्जनमुखी दृष्टिकोणबाट बाहिर निकाल्दै स्वास्थ्य, कल्याण, पुनःस्थापना र समग्र जीवनशैली सुधारसँग जोड्ने प्रयास गरेको छ । यस नीति रूपान्तरणले नेपाललाई विश्व पर्यटन बजारमा केवल प्राकृतिक सौन्दर्यको गन्तव्यका रूपमा होइन, समग्र स्वास्थ्य, मानसिक पुनर्सन्तुलन र चेतनामूलक जीवनशैलीको केन्द्रका रूपमा प्रस्तुत गर्ने आधार तयार गरिरहेको छ । यसले नेपालको हिमाली क्षेत्र, ध्यान केन्द्र, योग परम्परा, आयुर्वेदिक उपचार प्रणाली तथा प्राकृतिक वातावरणलाई एकीकृत विकास संरचनासँग जोड्ने सम्भावना विस्तार गरेको छ ।

विश्वव्यापीरूपमा समग्र स्वास्थ्य अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेको छ । अन्तर्राष्ट्रिय अध्ययनहरूले समग्र स्वास्थ्य पर्यटन विश्वकै तीव्र गतिमा बढिरहेका पर्यटन क्षेत्रहरूमध्ये एक रहेको देखाएका छन् । यस्तो पर्यटनमा सहभागी हुने यात्रुहरू सामान्य पर्यटकको तुलनामा लामो समय बस्ने, स्थानीय संस्कृति र समुदायसँग गहिरो रूपमा जोडिने तथा उच्च मूल्यका सेवा उपयोग गर्ने प्रवृत्ति राख्दछन् । यदि नेपालले आरोग्य पर्यटनलाई केवल आर्थिक गतिविधिका रूपमा सीमित नराखी यसलाई सभ्यतागत ‘ब्राण्डिङ’को उच्चस्तरमा विकास गर्नसकेमा, यसबाट उच्च मूल्यको पर्यटन, अनुसन्धान तथा शैक्षिक सहकार्य, स्वास्थ्य सेवा प्रवद्र्धन र अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानका नयाँ अवसरहरू सिर्जना हुन सक्दछन् । 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
गोली होइन, भोलि...
गोली होइन, भोलि... मंगलबार, साउन १२, २०८३
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर मंगलबार, साउन १२, २०८३
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था आइतबार, साउन १०, २०८३
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात !
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात ! मंगलबार, साउन ५, २०८३
पर्यटनमा रणनीतिक बजारीकरणको खाँचो
पर्यटनमा रणनीतिक बजारीकरणको खाँचो मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP