काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुले मलेसिया रोजगारीमा सिण्डिकेट भित्र्याउन सक्रिय २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार गरेर विरोध जनाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सिफलस्थित कार्यालय अगाडि आइतबार मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेण्ड सिस्टम (एफडब्ल्युसिएमएस)को सूचीमा सूचीकृत २५ व्यवसायीको तस्बिरसहितको ब्यानर टाँगेर जुत्ता प्रहार गरेका हुन् ।
सो कार्यक्रममा सहभागी व्यवसायीहरुले ‘सिण्डिकेटधारी मुर्दावाद’ भन्दै नारासमेत लगाएका थिए । २५ व्यवसायीको तस्बिरसहितको ब्यानरमा ‘सिण्डिकेटधारीहरुको मुखमा किरा परोस्, सास जाने बेलामा सहयोगी नपाई मरोस्’ जस्ता आक्रोशपूर्ण नारासमेत लेखिएको छ ।
सिण्डिकेट भित्र्याउन सक्रिय २५ व्यवसायीअन्तर्गत थप २५० व्यवसायी सहायक संस्थाका रुपमा सूचीकृत भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र संघमा आबद्ध व्यवसायीहरु चर्को विरोधमा उत्रिएका छन् ।
भिडियो: