काठमाडौं- वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकहरूका शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित घर ठेगानासम्म पुर्याउने सेवा चाडपर्वको बिदामा पनि निरन्तर रहने भएको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले एक सूचना जारी गर्दै बडादसैं, तिहार तथा छठ पर्वको सार्वजनिक बिदाको समयमासमेत चौबीसै घण्टा सेवा सञ्चालनमा रहने जनाएको छ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ क बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको निधन भएमा बोर्डले निःशुल्क शव ढुवानी गर्दै आएको छ।
बिदाको समयमा सेवालाई सहज र व्यवस्थित बनाउन बोर्डले सम्पर्क कर्मचारी तथा ढुवानीकर्ताहरूसमेत तोकेको छ।