Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विचार
  • Home
  • विचार
  • म्यानपावरमा भिडन्त !  
म्यानपावरमा भिडन्त !  
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, जेठ २६, २०८३

काठमाडौं सहर । देशको संघीय राजधानी । अनगिन्ती पेसा व्यवसाय यतै छन् । यही सहराँ भएका कुरालाई सरकारले पनि सुन्छ । त्यसैले वल्ला सुदूरपूर्वदेखि सुदूरपश्चिमका सबैको साझा चौतारी पनि हो । यही चौतारीमा बसेर यो वा त्यो नाममा राजनीतिक रंग पोत्नेहरु पनि धेरै भेटिन्छन् । कोही रातारात अर्बपति हुन्छन् अनि कोही झ्यालखानासम्म पनि पुग्छन् यही सहराँ । 

कुरा रह्यो रविबार अर्थात् आइतबारको । गौशालानजिकै बत्तीसपुतली मार्गमा बिहानैदेखि निकै चहलपहल थियो । न त अहिले शिवरात्री छ । न त अहिले कुनै पर्व वा महायज्ञ नै लगाइएको छ । तर पनि सो क्षेत्रमा चहलपहल थियो । त्यो चहलपहल पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनभन्दा धेरै त सुट-बुट लगाएका, मोबाइलको रिङ कानमा झुण्ड्याएका तर हातमा दुई-चारवटै मोबाइल बोकेका मानिसहरूको भीड देखिन्थ्यो ।

मट्यांग्रोले टाढैबाट हेरेर सोच्यो, ‘आज पशुपतिमा कुन नयाँ पर्व परेछ ?’ अलि नजिकै गयो । नजिक पुगेपछि थाहा भयो, पर्व त होइन, म्यानपावर व्यवसायीहरूको नेता छान्ने दिन पो रहेछ । ठाउँ पनि गज्जबको, ‘अनुपम फुडल्याण्ड’ । नाम सुन्दा खानाको होटल, तर त्यहाँ युवा बेरोजगारहरुलाई विदेशमा पठाएर, उडुसले रगत चुसेजस्तै गरी लिएको पैसोबाट नेता छान्ने अनि मासुभात डकार्ने र अंगुर, स्ट्राबेरी, स्याउलगायतका अनगिन्ती वस्तुको रसले कुल्ला गर्ने भान्सा चलेको पनि थियो ।

त्यत्तिकैमा मदन भेटिए ।  ‘ए मट्यांग्रो ! कहाँ हिँडिस् ?’ ‘म त पशुपति दर्शन गर्न आएको थिएँ, यहाँको चहलपहल देखेर यतै रमितामा अलमलिएँ । आजलाई यतै अर्को पशुपति भेटियो ।’ ‘कसरी ?’ मदनले सोध्यो । ‘यहाँ पनि भक्तहरू छन्, यहाँ पनि प्रसाद बाँडिन्छ, यहाँ पनि वरदान पाइन्छ । फरक यत्ति हो, उता भगवान्ले मोक्ष दिन्छन्, यता चुनाव जितेपछि भिसाको कोटा दिन्छन् ।’ मदन हाँस्यो, ‘त्यो त हो नि !’ कांग्रेसको टिकटबाट एमालेको झण्डासम्म मट्यांग्रोले भीडतिर औंला देखायो, ‘त्यो अगाडिको मान्छे चिन्छस् ?’ 

Hardik health

‘चिन्छु ।’ पहिले त कांग्रेसको उम्मेदवार भएर जितेको होइन भन्या ?’ ‘हो,’ मदनले जवाफ दियो ।  ‘अनि आज एमालेबाट किन चुनाव लडेको ?,’ फेरि मट्यांग्रोले सोध्यो ।  ‘लोकतन्त्र हो...,’ मदनले भने ।  मट्यांग्रोले फेरि सोध्यो, ‘लोकतन्त्र कि लोभतन्त्र ?’ मदन खिस्स हाँसे, र भने, ‘हिजो जुन पार्टीको झण्डा बोकेर म्यानपावरलाई मर्यादित बनाउँछु भनेर कसम खाएको थियो, आज अर्को पार्टीको झण्डा बोकेर ‘नेता भएर व्यवसायको सेवा’ गर्न तयार भयो कुरा खत्तम ।’ मट्यांग्रोले टाउको हल्लायो । ‘नेपालमा पार्टी परिवर्तन गर्नुभन्दा मोबाइलको सिम परिवर्तन गर्न गाह्रो होला ।’

मट्यांग्रोले भन्यो, ‘मदन, मलाई एउटा कुरा बुझाइदे त ।’ ‘के ?,’ मदनले सोध्यो । ‘सरकारले फ्रि भिसा, फ्रि टिकट भनेको होइन ?’
मदनको जवाफ आयो, ‘हो ।’ ‘दश हजारभन्दा बढी लिन पाइँदैन भनेको होइन ?’‘हो ।’ ‘अनि गाउँको कृष्णबहादुर खत्री कतार जाँदा तीन लाख कसरी तिर्‍यो ?’ मदनले अलमल्ल पर्‍यो अनि भन्यो, ‘त्यो नेपालको महŒवपूर्ण गणित हो ।’ ‘कस्तो गणित ?,’ मट्यांग्रोले प्रश्न गर्‍यो ।

‘कागजमा १० हजार, व्यवहारमा तीन लाख,’ मदनले उत्तर दियो ।  ‘वाह ! क्या गज्जबको काइदा । कागजमा निःशुल्क, व्यवहारमा शुल्क ।’ ‘अनि सरकार ?’ मदनले भन्यो, ‘सरकारलाई कागजमा ठ्याक्क मिलाएर नियमअनुसार जान्छ ।’ ‘अनि कामदार नि ?’ मदनले हाँस्दै भन्यो, ‘ऊ विदेश पुगेर ऋण तिर्छ ।’ मट्यांग्रोले लामो सुस्केरा हाल्यो । अनि बोल्यो, ‘नेपालमा कानुन किताबमा बस्छ, व्यवहारमा दलाल बस्छ । पाँच हजार कमिसन खाने एजेण्ट मालिक बन्छ । कठै ! मेरो देश, अनि मेरा दाजुभाइहरु ।’ उता चुनावी माहोल झन् तातिरहेको थियो । प्यानलअनुसार मत मागिरहेका थिए । मट्यांग्रोले एउटा चम्किलो गाडीबाट ओर्लेको मान्छे देखायो । अनि मदनलाई सोध्यो, ‘त्यो मान्छे पनि म्यानपावर मालिक हो ?

‘हो त ।’‘एऽ मैले त यसलाई १० वर्षअघि गाउँमा एजेण्टको रुपमा चिनेको । मान्छे विदेश पठाइदिन्छ भन्थे । गाउँमा झल्याकझुलुक्क देखिन्थ्यो केटाहरु उसकै पछि लाग्थे ।’‘ठीकै सम्झिस् । त्यो बेला पाँच हजार कमिसन खान्थ्यो त्यसले,’ मदनले स्मरण गरायो, ‘अहिले पाँच करोडको घर छ ।’ मट्यांग्रो ट्वाँ ! जिब्रो काट्दै भन्यो, ‘यति छिटो ?’ मदनले भने, ‘नेपालमा दुई व्यवसायले चमत्कार गर्छन् ।’
‘कुन ?’ निकै उत्सुकता पूर्वक मट्यांग्रोले सोध्यो ।  मदनले झट्टपट्ट उत्तर दिए, ‘मान्छे बेच्ने र सपना बेच्ने ।’

मट्यांग्रो हाँस्यो । ‘म्यानपावरले मान्छे बेच्ने, कन्सल्टेन्सीले सपना बेच्ने,’ मदनले मट्यांग्रोलाई सम्झाए । ‘ए मदन, अहिले नेपालमा कन्सल्टेन्सी र म्यानपावरबीच के फरक छ ?,’ मट्यांग्रोले सोध्यो । ‘हात्ती र हात्तीछाप चप्पल भनेजस्तै । दुवैको काम कमिसन लिने, मान्छे विदेश पठाउने,’ मदनले जवाफ दिए । ‘त्यो कसरी ? नाम फरक, उस्तै काम कसरी ?’ ‘एकथरीले विद्यार्थी पठाउँछु भन्छन् । अर्काथरीले कामदार पठाउँछु भन्छन् । अन्त्यमा, दुवैले युवायुवती नै निर्यात गर्छन् ।’ मदन हाँस्न थाल्यो । ‘ठीकै हो,’ मट्यांग्रोले सहमति जनाउँदै भन्यो ।

‘देशमा उद्योग छैन । रोजगारी छैन । तर मान्छे सप्लाई गर्ने उद्योग विश्वस्तरीय छ,’ मदनले फेरि ढाडस दिँदै भने, ‘नेपालको सबैभन्दा सफल उत्पादन भनेकै नेपाली नागरिक नै हुन् जति पनि निर्यात गर्न सकिन्छ ।’ दुवै सडकको किनारामा महानगरले रोपेको शमीको रुखमुनि बसेर कुरा गर्दै थिए । मानिस निर्यात गर्ने साहुहरुको ओहोरदोहोर चलिरहेको थियो चिल्लाचिल्ला गाडीमा । भित्र निर्वाचनमा तीन गुट भिडिरहेका थिए । पहिलो गुटले आफूलाई सुधारवादी भनिरहेको थियो । दोस्रोले आफूलाई व्यवसाय बचाउने पक्ष भनिरहेको थियो । तेस्रोले आफूलाई वास्तविक व्यवसायी भनिरहेको थियो ।

मट्यांग्रोले मदनलाई सोध्यो, ‘यी तीन गुटबीच फरक के छ ?’ मदनले उत्तर दियो, ‘पोस्टर, रङ, नारामात्र ।’ ‘अनि उद्देश्यचाहिँ छैन ?’ ‘त्यो त भन्नै पर्दैन । सबैको एउटै हो । कसरी हुन्छ कुर्सी समात्ने ।’ त्यत्तिकैमा मट्यांग्रोले मदनलाई भन्यो, ‘बुझिस् मदन, म्यानपावर सुधार्ने हो भने एउटा काम गर्नुपर्छ ।’  मदनले उत्सुक हुँदै सोध्यो, ‘के ?’  ‘सम्पत्ति छानबिन । म्यानपावर व्यवसायी, अनि श्रम विभागमा अहिलेसम्म काम गरेका कर्मचारीको पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्‍यो भने सबै खुल्छ ।’ मदन झस्कियो, ‘किन ?’

मट्यांग्रोले भन्यो, ‘किनकि, चमत्कार धेरै भएको छ । हिजो साइकल, आज प्राडो । हिजो कोठा भाडा, आज पाँचतले घर । हिजो एजेण्ट, आज उद्योगपति ।’  मदनले टाउको हल्लायो, ‘त्यो त हो ।’ फेरि मट्यांग्रो बोल्यो, ‘अब जनताले पनि थाहा पाउनुपर्छ ।’  मदनले भन्यो ‘के ?’ ‘यो सम्पत्ति पसिनाले बनेको हो कि पासपोर्टले ?,’ मट्यांग्रो फेरि बोल्यो । ‘साँच्चै ।’ ‘विद्यालयबाट निस्कियो कन्सल्टेन्सी । कलेज सकियो, विदेश । काम खोज्यो, म्यानपावर । सरकारी जागिर खोज्यो, लोकसेवा तयारी । अनि नपाएपछि फेरि विदेश,’ अब के हुन्छ त मदन ?

मदनले भन्यो, ‘उम्मेदवारहरू मतदाता खोजिरहेका थिए । मतदाताहरू उम्मेदवार खोजिरहेका थिए । सबैले सबैलाई चिन्छन् । सबैले सबैको इतिहास पनि जान्दछन् । हिजो कसले के गर्‍यो भन्ने कसैले सम्झँदैन । आज कसले के वाचा गर्‍यो भन्नेमात्र सुन्छ ।’ मट्यांग्रोले हाँस्दै भन्यो, ‘उता जिल्ला जिल्लामा पार्टीका कार्यकर्ता पदका लागि भिडिरहेका छन् । यता म्यानपावरका साहुहरू पदका लागि भिडिरहेका छन् ।’ परिवर्तन । सुधार । पारदर्शिता । सुशासन । अनि जितेपछि ? अनुपम फुडल्याण्डको चुनावी उत्साह पनि विस्तारै सेलाउँदै थियो ।

मट्यांग्रोले भर्‍यो, ‘म्यानपावर व्यवसाय नराम्रो होइन । विदेश जाने कामदार पनि अपराधी होइनन् । अपराध त शोषण हो । कानुन एउटा, व्यवहार अर्को हुनु अपराध हो । फ्रि भिसा, फ्रि टिकट भनेर लाखौं असुल्नु अपराध हो । विदेश जाने युवालाई ग्राहक होइन, नागरिक ठान्नुपर्छ ।’ मदन केहीबेर मौन रह्यो अनि मुस्कुराउँदै भन्यो, ‘मट्यांग्रो, तैँले धेरै ठूलो कुरा गरिस् । सरकार अभिभावक बनोस् अनि युवाहरुलाई सहज रोजगारको व्यवस्था गरोस् । ल म गएँ भित्र । तँ पनि पशुपति दर्शन गर्न जा ।’ दुवै आ-आफ्नो बाटो लागे ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  शुक्रबार, असार २६, २०८३
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP