बुटवल - भोटेकोशी नदीमा आएको बाढीकाे १३ ओै दिनका अवसर पारेर सुनाैलाे बिहानी फुर्तिलाे समूह बुटवलले श्रद्धाञ्जली कार्यक्रम आयाेजना गरि मैनबत्ति प्रज्वलन गरेकाे छ ।
उक्त घटनामा परी स्वर्गारोहण हुनुभएका आमा-बुवा, दाजु-भाइ, दिदी-बहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरेका छ ।
यस अवसरमा सुनाैलाे बिहानी फुर्तिलाे समुह बुटवलका अध्यक्ष अनन्त थैवले घटनाप्रति दुख ब्यक्त गर्दै राहत स्वरूप आफ्ना सदस्यवाट संकलित २ लाख ४४ हजार ८५० रूपैया राहत स्वरूप प्रधानमन्त्री राहत काेषमा जम्मा गरेकाे जानकारी दिए ।
विपद्को यस घडीमा पीडितलाई थोरै भए पनि राहत मिलोस् भनेर यस "सुनौलो बिहानी फुर्तिलो समूह शिद्वेश्वरी ग्रुप बुटवल वडान न ७ र लक्ष्मीनगर ग्रुप वुटवल वडा न ४" का मनकारी सदस्यहरूबाट सङ्कलित रकम २ लाख ४४ हजार ८५० रूपैयाँ राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेकाे संथाले जनाएकाे छ ।