Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विचार
  • Home
  • विचार
  • नयाँ परिवेश, प्रवृत्ति पुरानै
नयाँ परिवेश, प्रवृत्ति पुरानै
दामोदर खनाल
दामोदर खनाल सोमबार, जेठ २५, २०८३
दामोदर खनाल

 

अहिले साँच्चै मुलुकलाई समृद्ध बनाउन चाहने हो भने रास्वपाको दुईतिहाइ बहुमतनजिकको सरकार छ । अब हाम्रा प्रतिनिधिले एकआपसमा जुटेर विगतका राम्रा कुरालाई आत्मसात् गरेर यहाँका साधन र स्रोतको समुचित प्रयोग गरी विकासमा फड्को मार्ने हिम्मत देखाउन सक्नुपर्छ । मुलुकलाई समृद्ध बनाउने हो भने अति राजनीतिकरण त्यागेर हाम्रो सोचाइमा आमूल परिवर्तन ल्याउन जरुरी छ । किनकि, आमजनताले कामको परिणाम खोजेका छन्, न कि चिल्ला भाषण ।


स्थानीय, प्रदेश र संघीय अर्थात् तीन तहका सरकार चलाउनेहरुले मुलुक समृद्ध बनाउनेबारे गर्दै आएको चर्चा परिचर्चा वर्षौंदेखि सुनिँदै आएको हो । तर यी तीन तहका सरकारबीच खास तालमेल नहुँदा जनअपेक्षाअनुसार काम हुन सकेको छैन । विगत ३५ वर्षदेखि भागबण्डामा चलेका बहुमत र अल्पमतका सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेनन् । त्यतिबेला भागबण्डा र आलटाल गरेर हुन नसकेका काम अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेपछि कतिपय क्षेत्रमा सुधार र सहजरुपमा हुन थालेपछि विगतका सरकार चलाउनेहरुको बल्ल बुद्धिको बिर्को खुलेको आभास हुन थालेको छ ।

वालेन्द्र नेतृत्वको सरकार आएपछि आमनागरिकले विकास निर्माणका काम र सुशासनमा केही सुधारको अनुभूति गरेको पाइन्छ । कार्यालयको ढिलासुस्ती, बेथिति र भ्रष्टाचारको सवालमा कमी आएको अनुभव नागरिकहरुले गरेका छन् । कतिपय कार्यालयमा हिजो दिन बिताउँदा पनि नहुने काम आज क्षणभरमै हुँदा सेवाग्राही आश्चर्यचकित छन् । तिनै कर्मचारी, तिनै कार्यालयको ढिलासुस्ती भोगेका जनता आज काम सहजै हँुदा अचम्म परेको केही कार्यालय पुग्दा सेवाग्राहीले दिएको प्रतिक्रियाबाट स्पष्ट हुन्छ ।

Hardik health

अहिले पनि गाउँपालिकाका सदस्य, अध्यक्ष, नगरका मेयर, प्रदेशका सभासद, मन्त्री, मुख्यमन्त्रीहरुले समृद्धि र विकासका कुरा हरेक कार्यक्रममा गरेका सुनिन्छ । तर अझ पनि उनीहरुले संघीय सरकारलेजस्तो काम देखाउन सकेका छैनन् । स्थानीय र प्रदेश सरकारमा कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्रकै प्रतिनिधिको दबदबा छ । किन अहिले पनि स्थानीय र प्रदेश सरकारले जनतामाझ राम्रो काम देखाउन सकेका छैनन् ? भन्ने प्रश्न उब्जिएको छ । काममा नातावाद, कृपावाद, चरम राजनीतिकरण किन ? आमजनता प्रश्न गरिरहेका छन् ?

स्थानीय तहको सरकार गठन भएको झण्डै नौ वर्ष भयो । स्थानीय चुनावी घोषणापत्रमा निर्वाचन जितेपश्चात विकासको अनुभूति र जनतालाई राहतका वाचा गरेका जनप्रतिनिधिहरुले खासै आफ्नो प्रतिबद्धता व्यवहारमा लागू गर्न सकेका छैनन् । जसकारण सर्वसाधारण जनताले राहतको अनुभूति गर्न पाएको देखिँदैन । अहिले पनि जनप्रतिनिधिको यो गर्नुपर्छ र त्यो गर्नुपर्छ भन्ने भाषण सुन्न पाइन्छ । अब त यसो र त्यसो गर्छु भन्नुभन्दा पनि गरेरै देखाउने अवसर जनताले दिइसकेर सकिने बेलामा पनि गर्न नसक्नाले उनीहरुप्रति जनताको विश्वास घट्दै गएको छ । हालै सम्पन्न संघीय निर्वाचनको परिणामले पनि त्यो स्पष्ट देखाएको छ । यदि ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतले राम्रा काम गरेका भए निर्वाचनमा यस्तो कमजोर परिणाम त आउने थिएन ।

स्थानीय जनप्रतिनिधिहरुले जनताको घरका धारामा पानी आएको छ कि छैन ? सडक गल्लीका फोहोर उठ्योे कि उठेन ? सडकबत्ती बलेका छन्, छैनन् जस्ता साना मसिना तर जनताको अत्यावश्यक समस्यामासमेत खासै ध्यान दिएको देखिँदैन । बरु स्थानीय र प्रदेश सरकार वालेन्द्र शाह नेतृत्वको संघीय सरकारको विरोधमै लागिरहेका देखिन्छ ।

केही विकसित मुलुकहरुलाई नजिकबाट हेर्ने हो भने त्यहाँको विकास निर्माण, उन्नति, प्रगति, समृद्धि साँच्चै अचम्म लाग्दो छ । ती मुलुकमा ऐन, नियम, कानुनको पूर्णतः पालना गरेको पाइन्छ । नातावाद–कृपावाद देखिँदैन, जसकारण हरेक काम सिस्टममा हुन गएकाले पनि विकास निर्माणमा छलाङ मारेको अनुभूति हुन्छ । तर हाम्रो मुलुकमा जिम्मेवार ओहदामा पुगेका व्यक्तिहरुले कामभन्दा पनि कुरा र भाषण बढी गरेको पाइन्छ । संसद्मा केही दिनयता देखिएको गतिविधिले पनि हाम्रो कार्यशैली स्पष्ट पार्छ । हाम्रा सांसद सदनमा मर्यादित शालीन भएर पश्न राख्न किन सकिरहेका छैनन् ? हामीले आफ्नो कामको मूल्यांकन, अनुगमन गरेको पाइँदैन । हाम्रो हरेक काम कुरामा अति राजनीति र व्यक्तिगत लाभ भेटिन्छ । आफ्नाले गरेका गलत कामको पनि ढाकछोप गर्ने प्रवृत्तिको अन्त्य भइसकेको छैन ।

हामीसँग प्रशस्त साधन र स्रोत भएर पनि त्यसको समुचित उपयोग गर्ने स्पष्ट योजना बनाउन सकेको देखिँदैन । त्यसैले हामी विकासमा निकै पछाडि छौं । कतिपय विकसित मुलुकको विकास निर्माण हेर्दा त्यहाँ साधन र स्रोतविना पनि धेरै प्रगति भएको पाइन्छ । जापान, सिंगापुर, मलेसिया, स्विटजरल्याण्ड, चीनलगायत मुलुकमा पछिल्लो समयमा भएको विकास निर्माणका काम अचम्म लाग्दो छ । हाम्रो देशभन्दा निकै पछाडि रहेको जापान, सिंगापुर, मलेसियाले गएको ४०/५० वर्षयता ठूलो फाड्का मारेका छन् । त्यहाँको सरकार र जनताको विकासप्रतिको लगाव, राष्ट्रप्रेमको भावले नै छोटो समयमा विकासमा कायापलट भएको बुझ्न कठिन छैन ।

हामीले ऐन, नियम, कानुन व्यवहारमा प्रभावकारीरुपमा लागू गर्न नसक्दा नै विकास निर्माणमा पछाडि परेका हौं । हाम्रा कर्मचारी, प्रहरी प्रशासकहरुको कमाउ मानसिकता, चाकडी चापलुसी, अस्थिर राजनीति विकासका बाधक हुन् । तर अहिले साँच्चै मुलुकलाई समृद्ध बनाउन चाहने हो भने रास्वपाको दुईतिहाइ बहुमतनजिकको सरकार छ । अब हाम्रा प्रतिनिधिले एकआपसमा जुटेर विगतका राम्रा कुरालाई आत्मसात् गरेर यहाँका साधन र स्रोतको समुचित प्रयोग गरी विकासमा फड्को मार्ने हिम्मत देखाउन सक्नुपर्छ । मुलुकलाई समृद्ध बनाउने हो भने अति राजनीतिकरण त्यागेर हाम्रो सोचाइमा आमूल परिवर्तन ल्याउन जरुरी छ । किनकि, आमजनताले कामको परिणाम खोजेका छन्, न कि चिल्ला भाषण ।

हाम्रो देश सगरमाथाको देश । शान्तिका अग्रदूत बुद्ध जन्मिएको देश । नदीनाला, वन जंगल, प्राकृतिक सौन्र्दयताले भरिपूर्ण देश हो । अर्थात् विकासका लागि प्रशस्त सम्भावना र आधार भएको देश हो । हिमाल, पहाड, तराईसहितको भौगोलिक आधारमा सानो मुलुक भए पनि विविध कला संस्कृति, हावापानीले भरिपूर्ण छ ।
यद्यपि, हाम्रो मुलुकको जुनरुपमा विकास र समृद्धि हुनुपर्ने हो त्यो हुन सकेको छैन जसको मुख्य कारण हो, भ्रष्टाचार । अनि हाम्रा राजनीतिक दलका जिम्मेवार नेताहरु संवेदनशील भई मुलुकको विकासका लागि स्पष्ट योजना ल्याउन नसक्दा नै देशको उन्नति प्रगति हुन नसकेको हो । गैरजिम्मेवार राष्ट्रसेवक, कर्मचारीमा पनि इमान्दारिता देखिएको छैन ।

जसका कारण नेतृत्व वर्गसँग मिलेर तलदेखि माथिसम्म भ्रष्टाचार व्याप्त छ । धेरै ठाउँमा राजस्व चुहावट छ । यो चुहावट र भ्रष्टाचार राम्रैगरी रोक्न सक्ने हो भनी कर बढाउन पर्दैन । त्यो रकमले धेरै विकास निर्माणका काम गर्न सकिन्छ । वर्तमान सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको बजेट विगतभन्दा अलि भिन्न छ । त्यसलाई व्यवहारमा लागू गर्न सके केही सुधार हुन सक्ने संकेत देखिन्छ । तर पनि हाम्रा कर्मचारी र नेताहरु नैतिकवान् बन्न नसक्दासम्म बजेटले सार्थकता पाउन सक्दैन ।

तर पनि राजनीतिज्ञहरुले मुलुकलाई कहिले स्विटजरल्याण्ड, कहिले एसियाली मापदण्ड त कहिले सिंगापुर बनाउने सपना बाँडिरहेका छन्् । तर दूर दृष्टि, दृढ इच्छाशक्ति, भ्रष्टाचाररहित स्वच्छ प्रशासन चाहिन्छ । बहुदलहुँदै लोकतन्त्र आएको पनि झण्डै ३५ वर्ष भयो । मुलुकमा विकृति, बेथिति बढेको बढ्यै छ । जताततै भ्रष्टाचार व्याप्त छ । हुन त यसअघि राजनीतिक अस्थिरता विकासको बाधक बन्यो । जताततै सिण्डिकेट मौलायो । आमजनताले परिवर्ततनको अनुभूति गर्न पाएका छैनन् । केही नेता र उच्च पदका कर्मचारीका गलत कार्यले मुलुक अगाडि बढ्न सकेन । तर यतिखेर मुलुक नयाँ परिवेश प्रवेश गरेको छ । दुईतिहाइ नजिकको एकदलीय सरकार बनेको छ ।

तर कतिपय गाउँपालिका नगरपालिकामा जनप्रतिनिधि महँगा गाडीसहितको सेवा सुविधाका पछि दगुरेका हुन् । कतिपय प्रदेश सांसदहरु पनि प्रदेशसभामा आफ्नै सेवा सुविधा बढाउन चर्को आवाज उठाइरहेका हुन्छन्् । पदका लागि झगडा गरिरहेका छन् । सरकार मन्त्री बदलिरहेका छन् । तसर्थ, यसरी पद र सेवा सुविधाको पछाडि लागेर मुलुक समृद्ध बन्न सक्दैन । जनताले राहत पाउन सक्दैनन् । करको भार बढ्छ । सानो मुलुकमा सात वटा प्रदेश, त्यसमाथि धेरै सांसद, स्थानीय तहमा पनि धेरै जनप्रतिनिधि रहेका छन् । यसबारे गम्भीर बन्न जरुरी छ ।
यसर्थ केही वर्षलाई कमभन्दा कम सुविधा लिएर मुलुकमा भएको साधन र स्रोतको समुचित प्रयोग गर्न हाम्रा सांसद, मन्त्रीको ध्यान जान जरुरी छ । अनिमात्र जनता समृद्ध बन्ने वातावरण बन्छ । लोभ लालचमा लटपटिने बानी परेका हाम्रा नेता, मन्त्री, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मीको बानी व्यहोरा सच्चिन जरुरी छ । नत्र न त नयाँ नेपाल बन्छ, न सिंगापुर बनाउने सपना साकार हुन्छ । स्थानीय सरकार बनेको नौ वर्ष बित्यो, जनतालाई सिंहदरबारको अधिकार गाउँमै पाइन्छ, राहतको अनुभूति हुन्छ भने पनि त्यो यथार्थमा पाउन सकेका छैनन् । यसतर्फ सरोकारवाला सबैको ध्यान जाओस् ।
 


प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  शुक्रबार, असार २६, २०८३
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP