Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
आदिवासी महिला अधिकार सुदृढीकरणमा जोड निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ६, २०८३

, अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं - राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)ले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा “अस्तित्व, पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी महिला र सम्पूर्ण आदिवासीहरूको सामूहिक पहल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आइतबार काठमाडौं महानगरपालिका–१०, बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा आदिवासी महिलाका हकअधिकार, पहिचान र समावेशीताका सवालमा व्यापक छलफल गरि सम्पन्न गरेकाे हाे ।

udghatan_26-1776598738.gif

कार्यक्रमको सुरुवात विभिन्न आदिवासी समुदायका मौलिक अभिवादन तथा सांस्कृतिक शैली विशेषगरी ब्यासी समूदायबाट गरिएको थियाे । यस किसिमकाे अभ्यासले विविधता र पहिचानको सम्मानलाई झल्काएको छ ।

Hardik health

shova-1776598737.gif
कार्यक्रममा महासंघकी अध्यक्ष शाेभा सुनुवारले अध्यक्षता गर्दै आदिवासी महिलाहरू अझै पनि राज्यको मूलधारमा पर्याप्त रूपमा समेटिन नसकेको बताइन्। उनले नीति निर्माण तहमा पहुँच विस्तार, शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणमा जोड दिँदै अस्तित्व, पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी महिला र सम्पूर्ण आदिवासीहरूको सामूहिक पहल आवश्यक रहेको  र सबैमा एकरुपता हुन आह्यन गरिन्।

nima-lama-halymo-1776598737.gif
प्रमुख अतिथिमा रहेकाे नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्याेल्माेले आदिवासी समुदायको अधिकार सुनिश्चितताका लागि सामूहिक आवाज र एकता अपरिहार्य रहेको बताए । उनले राज्यका संरचनामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए। कार्यक्रमकाे उद्घाटन व्यासी समूदायकाे परम्पराबाट भएकाेमा  खुशि व्यक्त गरे । उनले राष्ट्रिय गानले पनि आदिवासीलाई प्रतिनिधित्व  गरेकाे  बताए । 

कार्यक्रममा नयाँ संसद र सरकार गठनसँगै आदिवासी अधिकारबारे बहस तीव्र हुनुपर्नेमा किरण बरामकाे प्रस्तुति रहेकाे थियाे । उनले नयाँ संसद र सरकार गठनसँगै आदिवासी जनजातिको अधिकार, प्रतिनिधित्व र पहिचानका सवालमा बहस तीव्र बनेको बताए  ।  छलफलमा आदिवासी आन्दोलनले हासिल गरेका उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे समीक्षा गरिनु पर्नेमा  उनले विभिन्न सरोकारवालाहरूलाई  सुचित गराए । 

kiran-baram-1776598978.gif
छलफलमा आदिवासी आन्दोलनले ल्याएको धर्मनिरपेक्षता, समावेशीता र कर्मचारीतन्त्रमा सहभागिताजस्ता उपलब्धिहरू महत्वपूर्ण भए पनि अझै प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए  । सहभागीहरूले संविधानमा व्यवस्था गरिएको आदिवासी आरक्षण तथा विगत १० वर्षको प्रगतिको पुनरावलोकन आवश्यक रहेको धारणा राखे।

यसैगरी, आयोग र विभिन्न संस्थाहरूको भूमिका प्रभावकारी बनाउनुपर्ने, उनीहरूको अस्तित्वलाई थप सुदृढ गर्नुपर्ने विषयमा पनि जोड उनले दिए । केही वक्ताहरूले पछिल्लो समयमा देखिएको ‘नकारात्मक विमर्श’ (negative discourse) ले आदिवासी मुद्दालाई कमजोर बनाएकाे भन्दै तथ्यमा आधारित संवाद आवश्यक रहेको उनले जाेडे । महिलाको अधिकारको सवालमा अझै सीमित उपलब्धि मात्रै भएको उल्लेख गर्दै सहभागीहरूले समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

niwf-new-2026-meet-1776598274.gif
कार्यक्रममा सरकारका केही नीतिहरूप्रति असन्तुष्टि पनि व्यक्त गरिएको थियो। विशेषगरी भूमि, जंगल र प्राकृतिक स्रोतसम्बन्धी नीतिले आदिवासी समुदायमाथि असर परेको भन्दै उनीहरूको परम्परागत अधिकार सुनिश्चित गर्न पहल गर्नुपर्ने बताए । विकाससम्बन्धी आयोजनाहरू, जलवायु परिवर्तन तथा गैरसरकारी संस्थासम्बन्धी नीतिहरूले समेत आदिवासी समुदाय विस्थापनको जोखिम बढाएको  छलफलकाे  निष्कर्ष  रहेकाे  थियाे ।

छलफलमा नेपालका लोपोन्मुख घुमन्ते समुदाय राउटे समुदायको संरक्षण र जीवनशैलीप्रति विशेष ध्यान दिनुपर्ने उल्लेख  बरामले बताए । हाल राउटेहरूको जनसंख्या घटेर १३५ मा पुगेकाे छ। त्यसैगरी चेपाङ समुदाय लगायत अन्य सीमान्तकृत आदिवासी समुदायको जीवनस्तर उकास्न विभिन्न लक्षित कार्यक्रम आवश्यक रहेकोमा जोड दिए । सहभागीहरूले आदिवासी समुदायको पहिचान, अधिकार र आत्मनिर्णय सुनिश्चित गर्न राज्यले स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र समावेशी दृष्टिकोण अपनाउनुपर्ने निष्कर्ष निकालेका छन्।

niwf-new-2026-1776598272.gif
कार्यक्रममा विभिन्न आदिवासी संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महिला महासंघका संस्थापक तथा पूर्व सल्लाहकारहरूले पनि आफ्नो अनुभव साझा गर्दै आदिवासी महिलाको अवस्था सुधारका लागि निरन्तर पहल आवश्यक रहेको उल्लेख गरे।

महासंघले आगामी दिनमा पनि आदिवासी महिलाको अधिकार, पहिचान र सशक्तीकरणका विषयमा नीति संवाद, जनचेतना र अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

 

 


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १७:१७
#राष्ट्रिय_आदिवासी_जनजाति_महिला_महासंघ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP