काठमाडौं- मालिका गाउँपालिका-६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमारसमेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८८ हजार ९७० रुपैयाँ र १६ थान कौडा हित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।