Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघ कमजोर भएको भन्दै व्यवसायीले गराए अध्यक्ष गुरुङको ध्यानाकर्षण
संघ कमजोर भएको भन्दै व्यवसायीले गराए अध्यक्ष गुरुङको ध्यानाकर्षण
ममता थापा
ममता थापा सोमबार, वैशाख २८, २०८३

काठमाडौं- वैदेशिक रोजगारी व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ यतिबेला आन्तरिक विवादमा रुमलिएको छ । कार्यसमितिको एउटा पक्ष राजीनामा दिएर बाहिरिएपछि संघको नेतृत्व अलमलिएको अवस्थामा छ । संघका अध्यक्ष भुवनसिंह गुरुङले राजीनामा दिएकाहरुलाई फर्किन आग्रह गरिरहे पनि उनीहरु फर्किएका छैनन् । यसरी आन्तरिक विवादमा अल्झिँदा संघ कमजोर बनेको भन्दै व्यवसायीहरुले मिल्नका लागि दबाब बढाइरहेका छन् ।

यहीबीच आइतबार स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघले सिफलस्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयमा विशेष भेला आयोजना गरेर अध्यक्ष गुरुङको ध्यानाकर्षण गराएको छ । स्वतन्त्र व्यवसायी संघमा आबद्ध व्यवसायीहरुले चार बुँदे माग राख्दै २४ घण्टाभित्र माग सम्बोधन गर्नसमेत अल्टिमेटम दिएको छ । उक्त अवधिमा माग सम्बोधन नभए संघको विकल्प खोज्न बाध्य हुने चेतावनीसमेत व्यवसायीहरुले दिएका छन् ।
केही दिनयता सरकारले विभिन्न उजुरीका आधारमा म्यानपावर कम्पनीमा छापा मार्ने, अनुगमन गर्नेजस्ता कार्य अघि बढाएको छ । यस्तो अवस्थामा व्यवसाय गर्न कठिन हुँदा पनि संघको नेतृत्वले सरकारसँग समन्वय गर्न नसकेको व्यवसायीहरुको गुनासो छ । 

लियो इन्टरनेसनल कन्सलटेन्सी प्रालिका सञ्चालक कमल निरौला आपसी खिचातानीले संघ दुई टुक्रा भएको अवस्थामा मिलेर जाने या मार्गप्रशस्त गर्नुको विकल्प नभएको बताए । ‘वैदेशिक रोजगार व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक छैन । यता संघ दुई टुक्रा भएको छ । संघले व्यवसायीका कुरा उठाएर सरकारसँग डायलग गर्न सकेको छैन,’ उनले भने, ‘सक्नुहुन्छ भने कार्यसमितिका सम्पूर्ण २१ जना एक ठाउँमा आउनुहोस्, होइन भने बाटो खुला गर्नुहोस् ।’

त्यस्तै, एचएमटी ओभरसिज प्रालिका सञ्चालक तुलसीराम पुरीले संघको बाटो हेरेर बसे सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था देखिएको बताए । डर, त्रासमा व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले कसरी अगाडि बढ्ने भनेर समिति गठन गर्नुपर्ने उनको भनाइ छ । 

Nada Auto Show 2026
Hardik health

‘सरकारले १० हजार रुपैयाँमा मान्छे पठा भन्छ, हामी पठाउन सक्दैनौं, यो क्लियर छ । सरकारले फोन, इमेलको भरमा छापा हानिरहेको छ,’ उनले भने, ‘यस्तो डर त्रास बोकेर हामी कति दिन व्यवसाय गर्ने ? संघको बाटो हेरेर बसे हप्ता–दश दिनभित्र सबैले व्यवसाय बन्द गर्नुपर्ने अवस्था भइसकेको छ । हामीले समस्या समाधान समिति गठन गरेर त्यसपछि के गर्ने भनेर लाग्नुपर्ने अवस्था छ ।’

संघबाट राजीनामा दिएकाहरुलाई संघमा फर्काउन पटक–पटक प्रयास गर्दा पनि असफल भएपछि भेला गर्न बाध्य भएको पुरीको भनाइ थियो । ‘हामीले असन्तुष्ट पक्षलाई संघमा फर्काउन १० पटकभन्दा बढी प्रयास गरिसक्यौं । उहाँहरु मान्नुभएको छैन,’ उनले भने, ‘अध्यक्षको कार्यशैलीले व्यवसायीको हितका लागि काम हुँदैन भन्नुहुन्छ । कुरा नमिल्ने भएपछि के गर्नेे भनेर भेला गरेका हौं ।’

संघका अध्यक्ष गुरुङलाई बुझाउने भनिएकोे ध्यानाकर्षणपत्रमा वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरकारसँग समन्वय गरी अव्यावहारिक नीतिहरुलाई परिमार्जन गर्न भूमिका खेल्नुपर्ने, व्यवसायीको हकहित र धरौटी रकमको विषयमा व्यवसायमैत्री वातावरण निर्माणमा पहल गर्नुपर्ने, व्यवसायीबीचको मतभेदको अन्त्य गरी सबै व्यवसायीलाई एकढिक्का बनाएर मागहरुको सम्बोधन गर्नुपर्ने तथा सेवा शुल्कको वैधानिक परिमार्जन र वैदेशिक मागपत्र प्रमाणीकरणमा हुने ढिलाइ अन्त्य गर्न तत्काल कदम चाल्नुपर्ने माग राखिएको छ । कार्यक्रममा अध्यक्ष गुरुङलाई निमन्त्रणा गरिए पनि उपस्थित नभएको जनाइएको छ । ध्यानाकर्षणपत्रसहित २७२ जना व्यवसायीको हस्ताक्षर पनि समावेश गरिएको स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

संघ विभाजित छैनः अध्यक्ष गुरुङ
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले संघ विभाजित भएको आरोपको खण्डन गरेका छन् । उनले असन्तुष्ट पक्षको राजीनामा अस्वीकृत भइसकेकाले संघ विभाजित नभएको दाबी गरे । 

बहुमत कार्यसमितिले राजिनामा अस्वीकृत गरेर बैठकका लागि आह्वान गर्दा पनि केही पदाधिकारीसहित नौ जना किन आइरहेका छैनन् भनेर उनीहरुले नै जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘संघ कहाँ विभाजित भएको छ ? राजीनामा स्वीकृत÷अस्वीकृत गर्ने अधिकार अध्यक्षलाई हुन्छ होला नि,’ उनले प्रभावसँग प्रश्न गर्दै भने, ‘बहुमत कार्यसमितिको निर्णयबाट राजीनामा अस्वीकृत भएको चिठी पठाइसकेको छ । आधिकारिकरुपमा बैठकमा आह्वान गरेका छौं । किन आइरहनुभएको छैन भनेर उहाँहरु स्वयंले जवाफ दिनुपर्छ ।’

स्वतन्त्र व्यवसायी संघको आइतबारको कार्यक्रमको विषयमा आफूले ढिला जानकारी पाएकाले पुग्न नसकेको गुरुङले बताए । ‘नुन ओभरसिजमा अनुगमन भएको विषयमा ११ बजे पूर्वअध्यक्ष र घटक संस्थाहरुको छलफल कार्यक्रम थियो । तर व्यवसायीले १२ बजे हामी संघका आएको छौं भन्नुभयो । यताको मिटिङको कारणले संघमा जान नसकेको हो,’ उनले भने ।
 


प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP