काठमाडाैं - रिलायन्स फाइनान्सले होम अप्लायन्स कर्जा प्रदान गर्नको लागि अल्फा इनोभेसनसंग सम्झौता गरेको छ । सम्झौता अनुसार रिलायन्स फाइनान्सले ग्राहकहरुलाई उपभोक्ता कर्जा Webor, Nexon, Changhong का होम अप्लायन्स खरिद गर्दा ऋण उपलब्ध गराउने सम्झौता भएको हाे।
फाईनान्सका उप. कार्यकारी अधिकारी रमहरि आर्चय र र अल्फा इनोभेसनको संचालक सतिश रमन शाहले हस्ताक्षर गरेका हुन् ।कर्जा लिनको लागि अल्फा इनोभेसनको विभिन्न शाखाह?मा गएर होम अप्लायन्स खरिद गर्दा आवश्यक पर्ने ऋण रकम सहज उपलब्ध गराउने फाइनान्सले जनाएको छ ।
त्यसैगरी, ग्राहकहरुले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्डमार्फत भुक्तानी गर्दा पनि अल्फा इनोभेसनले नगद छुुट उपलब्ध गराउने भएको छ । देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै ग्राहकह?लाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।