Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
विचार
  • Home
  • विचार
  • तिनका बाउको बिर्ता हो देश !
तिनका बाउको बिर्ता हो देश !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ११, २०८१

ठूलाघरे कान्छो फलैंचाबाट जुरुक्क उठेर कराउन थाल्यो । हैन घिच्न पनि कति सकेका हुन् ! देश कंगाल बनाएर आफूमात्र मोटाउनुपर्ने । कान्छो यसरी बुर्लुक्क उफ्रनुको कारण फलैंचामाथि बाको पालामा किनेर नियमित बज्दै आइरहेको रेडियोले दिएको समाचार नै थियो । 

गाउँतिर खुलेको एफएम रेडियोदेखि सरकारको मुखपत्र रेडियोले समेत एउटा समाचार जस्ताको तस्तै सुनाइरहेको थियो । मन्त्रिपरिषद्मा ठूला हाकिमहरुको तलब बढाउने त्यो पनि मर्यादाक्रम अनुसार रे !आजकल समाचार सुनाउनेदेखि देखाउनेसम्मले सत्य तथ्य समाचार भन्दा पनि एउटा कुनै एजेण्टले जे दियो त्यही नै आधिकारिक भन्नेजस्तै भएको छ । त्यही भएर कान्छोले रेडियोका ब्याण्ड जता बटारे पनि हुबहु समाचारबाहेक अरू केही सुन्नै नपाएपछि जंगिनु स्वाभाविक पनि हो ।

हुन पनि सरकारका बस्ने नेता र सरकारले चलाउने स्थायी कर्मचारी संयन्त्रको मात्र देश जस्तो भयो । ठूलाघरे कान्छो रिसाएर आँगनमा फनफनी घुमेको देखेर माझघरे राजनमात्र हो र, डाँडाघरे रामे पनि उतैबाट चिच्याउन थाले ।‘हैन हो ठूला घरे कान्छा, के भो आज त निकै नै भनभनिएको छस् के भो ?’ विचरा रामे र राजनले त्यस्ता समाचार सुन्ने गाउँको देशको बारे थाहा पाउने गरेको भए पो ! बिहान जुरुक्क उठ्यो पारि पिप्ला बोटा हर्केको चिया पसलमा गयो । धुँवा उडायो अनि देश हाँक्ने गफ चुट्नेबाहेक के नै पो जान्या थे र !

ठूलोघरे कान्छाको बाउकै पालामा रेडियो झ्यालमा राखे घन्काउन्या खलक । त्यसका बाउले दोभानेको डाँडाको धान बेचेर किनेको रेडियो भन्ने गाउँभरिकालाई थाहा छ । त्यही रेडियो सुन्न थालेकाले कान्छोले देशको बारेमा जान्न, खोज्न र चिन्ता गर्न थालेको । ऊ गाउँका ठेउके नेताको कुरा सुन्नेभन्दा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाका बारेमा चौतारोमा अरुलाई सुनाउँथ्यो । राताघरे माइला बाले त उसलाई ठूला घरे कान्छोको सट्टा रेडियो कान्छो नै भनेर बोलाउँथे ।

Hardik health

राणाकालमा सीमितले मोज गरे । पञ्चायत शासनकालमा हनुमानहरुले भोज गरे । प्रजातन्त्र, लोकतन्त्र भन्दै गणतन्त्र आउँदाको ३५ वर्षमा पाँचजनाले देशमाथि प्रीतिभोज नै गरिरहेका छन् । मानौं देश तिनका बाउको बिर्ता हो ? कान्छोले र डाँडाघरतिर हेर्दै प्रश्न गर्‍यो । 

उताबाट उत्तर आयो, ‘नभएर पनि हो के गर्ने त ?’ तिमी हामीले नै पठाको हो । उनैले जबरजस्ती गरेका हैनन क्यार ? अरुलाई के दोष दिन्छौं, आफ्नै पुर्पुरोमा हात राख ।डाँडाघरे रामेका कुरा पनि ठिकै हो । खायो लुट्यो भन्दा पनि भोट किन हाल्यो त्यही मान्छेलाई पटक–पटक भन्ने पनि हो सोच्नु नि !  हो मा हो मिलाउँदै थिए माझघरे राजन पनि । ‘हुन्देऊ हो कान्छा हुन्देऊ,’ रामे डाँडाबाटै कराउन थाल्यो । अब रन्थनिएर केही हुँदैन । भाग्यमा लेखेपछि पायो त । हजुरबाको पालादेखि नातिको पालासम्म एउटैले हाँक्यो त के भो ? दिने हामी नै हौं । मिलाइमिलाइ खाऊ भनेर पठाएपछि अब तातेर हुँदैन ।

तात्ने भनेको त भोट हाल्ने बेला पो हो त ! जितेर गएपछि त सामन्त भइगो नि ! अब किन टेर्छ र ? काले–काले मिलेर खाउँ भाले त्यसै भनेको हो र ? कर्मचारी राजनीतिज्ञ मिल्ने हो, मिलाएरै खाने हो । कर्मचारीले खाने घूस, नेताले खाने त्यही घूसको कमिसन ! उताबाट राजन भट्याउन थाल्यो । पेन्सन खानेले किन लिने हो टेन्सन ? हरेक कागजपत्रमा गरे भैगो नि ‘मेन्सन’ । सरकारी कर्मचारी, न भोक न भकारी । हरेक महिना तलब, भत्ता यो सुविधा त्यो सुविधा त्यसपछि हरेक फाइलबाट निस्कने जुस खाने घूस, त्यसपछि के चाहियो ? त्यसै बन्छ अनामनगर बानेश्वरमा बहुतले घर ? 

सेतो ड्रेस सेतै छ गाडी 
आउने जाने सबैलाई तयारी । 
सवारीसाधन, इन्धन अरु सेवा सुविधा पनि हो । त्यत्ति गरे पो नेता पनि पालिन्छ । बेकारमा किन फालिन्छ ? उसका बाले पनि यसै गरेका हुन् । त्यसले पनि त्यसै गर्छन् । कान्छोले खै किन चित्त बुझिरहेकै छैन । राष्ट्रियताको कुरा यसकहाँ कहाँबाट आउला र ? बाको पालादेखि नातिको पालासम्म राजनीति । हजुरबाले पनि उनैको शासन झेले बाले पनि झेले नाति पनि उसैको शासन झेलिरहेको छ । ३५ वर्षदेखि बाउको बिर्ताजस्तै गरेका छन् । अरू त मान्छे नै छैनन् । अरुसँग त भिजन नै छैन । लाटोकोसेरोदेखि दुम्सीकाँडासम्मले पालैपालो रेटीरेटी गाका छन् । अरुलाई त त्यहाँ पुग्नै नदिने हो नि ! 

मर्यादाक्रम नाममा कामै नगरी खानलाई हो । उपल्ला बस्नेहरुलाई मात्र महँगी लाग्ने हो ? कि सानातिनालाई चाहिँ अनुदान दिएको छ र ? प्रशासन संयन्त्र पनि बाउको बिर्ता होइन । राजनीति गरेको पनि बाउको बिर्ता होइन । बाउको बिर्ताजस्तै गरी पुस्तौं पुस्तासम्म जबरजस्ती खाइरहने हो र ? यत्तिका वर्षसम्म बाउको बिर्ताजस्तै गरी सम्हाल्दा परिवर्तनचाहिँ के भयो ? तीन तहकाले कमिसन खाने, देश रित्याउने । अनि फेरि बाउको बिर्ताजस्तै गरी आफ्नै स्वास्नी छोराछोरीलाई सुम्पने ? सामन्त राजतन्त्रभन्दा के फरक भयो र ? लोकतन्त्र र गणतन्त्र तिनका पुस्ताका लागिमात्र हो र ?

होइन भने ठूलाघरे कान्छाले भनेजस्तै भैगो नि त ! यो देश कसैको बाउको बिर्ता होइन । बाँडीबाँडी खानका लागि । जिम्मेवारी लिने अनि छाड्न सक्नुपर्दछ । जनताले बस भन्दा बस्ने र जनताले छाड भन्दा छाड्नु भन्ने हैसियत राख्नुपर्दछ । न कि आर्यघाटसम्म पुगिञ्जेल सत्ताको स्वाद चाखिरहने अनि मृत्युको मुखमा पुगिसक्दा पनि आफ्नै सन्ततीलाई राखिरहने ? त्यही भएर पनि भनेको देश तिम्रा बाउको बिर्ता होइन ? छाड भन्दा छाड्न सक्नुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
थप विचार
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
सम्पत्ति छानबिनः न्यायाधीश र सेनालाई किन छुट ?
सम्पत्ति छानबिनः न्यायाधीश र सेनालाई किन छुट ? मंगलबार, साउन २६, २०८३
एक्लो बाऽ लेन !
एक्लो बाऽ लेन ! मंगलबार, साउन २६, २०८३
नेपालमा सार्वजनिक व्यय व्यवस्थापन र जवाफदेहिता
नेपालमा सार्वजनिक व्यय व्यवस्थापन र जवाफदेहिता सोमबार, साउन २५, २०८३
उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP