Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी आइतबार, माघ ११, २०८२
डा. रामकुमार श्रेष्ठ वरिष्ठ छालारोग विशेषज्ञ
  • कुष्ठरोग पहिले पहिले पूर्वजन्मको पाप भनिन्थ्यो । त्यो अशिक्षाका कारणले गर्दा नै भएको हो । पहिले र अहिले धेरै परिवर्तन भइसकेको छ । अहिले धेरै जनचेतना वृद्धि भइरहेको छ । रोग पनि पहिलेभन्दा प्रतिशतमा धेरै कमी आइसकेको छ ।
  • बिरामीहरु लुकेर बसेको अवस्था पनि हुन सक्दछ, तथापि पहिलाको तुलनामा धेरै कम भइसकेको छ । विगतमा कुष्ठरोग लागेपछि घरबाट बाहिर निकालिने अवस्था हुन्थ्यो भने अहिले छिट्टै औषधि गरेमा सतप्रतिशत निको हुन्छ भन्ने कुरा बुझिसक्नुभएको छ ।
  • कुष्ठरोगले ज्यान नलिए पनि हेर्दाखेरी नराम्रो देखिएकै कारण हेला पाउने गर्दछन् । तर अहिले अपांगता हुनबाट बच्नका लागि उपचार भएको हुँदा आफूलाई शंका लाग्नसाथ स्वास्थ्य संस्थामा गई औषधि गरेमा पूर्ण निको हुने र अरुलाई सर्नबाट बचाउन सकिन्छ ।
  • यो रोग जसलाई पनि लाग्न सक्छ तर धेरैजसो १० देखि १५ वर्षका बालबालिकाहरूलाई लाग्ने गर्दछ । जस्तो मान्छेलाई पनि रोग लागिहाले समयमै उपचार गरेमा रोग निको हुने गर्दछ ।
  • सबैले एउटै कुरा मनन् गरौं, कुष्ठरोग औषधि खाए निको हुन्छ । तर त्यसका लागि लक्षण देखिनासाथ उपचार गराउन गइहालौं । लुकाएर नराखौं । 
  • कुष्ठरोग लुकाउँदा बढ्दै गएर हातखुट्टा झर्ने र कुरुप देखिन सक्छ । त्यसैले पनि तीन तहकै सरकार, सरोवाला सबैले आमनागरिकसम्म सचेतना जगाउन काम गरौं । 

विश्वभर कुष्ठरोग निवारण गर्ने उद्देश्यले ७३ वर्षदेखि सुरू भएको विश्व कुष्ठरोग दिवस आज विश्वभर मनाइँदै छ । बर्सेनि दिवस मनाउँदै आइए पनि कुष्ठरोग निवारण हुन सकेको छैन । नेपालमा ‘पूर्वजुनीको पाप’का रुपमा लिने गरिएको कुष्ठरोग कुनै पापका कारण हुने रोग भने होइन । यो एउटा छालाको रोग हो । यसलाई समयमा नै उपचार गर्ने हो भने पूर्णरुपमा निको हुन्छ । कुष्ठरोगको लक्षण देखापरेपछि लुकाएर राखेमा यसले शरीरका अंगहरु झर्न सक्छ । ‘कुष्ठरोगको छ ओखतीः सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती’ नारासहित ७३औं विश्व कुष्ठरोग दिवस मनाउन गइरहेको सन्दर्भमा वरिष्ठ छालारोग विशेषज्ञ एवं नेपाल कुष्ठरोग निवारण संघका अध्यक्ष डा. रामकुमार श्रेष्ठसँग प्रभावका लागि वैकुण्ठ भण्डारीले गरेको कुराकानीः

पहिले कुष्ठरोग लागे पूर्वजन्मको पाप भन्ने गरिन्थ्यो, अहिले समाजमा हेर्ने दृष्टिकोण कस्तो रहेको पाउनुहुन्छ ?
कुष्ठरोग पहिले पहिले पूर्वजन्मको पाप भनिन्थ्यो । त्यो अशिक्षाका कारणले गर्दा नै भएको हो । पहिले र अहिले धेरै परिवर्तन भइसकेको छ । अहिले धेरै जनचेतना वृद्धि भइरहेको छ । रोग पनि पहिलेभन्दा प्रतिशतमा धेरै कमी आइसकेको छ । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालबाट अथवा शिक्षाले गर्दाखेरी अहिले कुष्ठरोगप्रति हेर्ने दृष्टिकोण परिवर्तन भइरहेको छ । पहिलाजस्तो पूर्वजन्मको पाप भएको भन्ने कुरा हटिसकेको छ र अहिले सामान्य अरु रोगजस्तै माइक्रो ब्याक्टेरिया नेप्रोसिप भन्ने किटाणुबाट हुने भन्ने कुरा थाहा हुँदै गएको छ । साथै, सही समयमा छिट्टै औषधि उपचार गरिए अरु रोगजस्तै निको हुने भन्ने प्रचार धेरै भइसकेकाले सुधार हुँदै आएको छ ।

विगतमा समाजले लगाउने लान्छना र अहिले रोगबारे जानकारी पाइसकेपछिको विभेद विश्वभरमै छ नि ? 
थोरै अहिले पनि विभेद छ तर विस्तारै कम हुँदै गएको छ । हालैका बिरामीहरु रोग लागेको थाहा पाउनेबित्तिकै आफूलाई पीडा महसुस हँुदा अथवा कसैको स्पर्श थाहा नपाउँदा उपचार गर्न आउने बिरामीहरुका लागि थेरापीका माध्यमबाट उपचार गर्न थालिएको छ । थेरापीका माध्यमबाट गरिएको उपचार र रोगको औषधिले गर्दा छिट्टै निको हुन्छ भन्ने प्रभाव परिसकेको छ । विगतमा जस्तो कुष्ठरोग लाग्यो भनेर दुःखी हुने अवस्था कम हुँदै आएको छ । कतिपय पहाड तथा तराईका विकट क्षेत्रहरुमा भने अझै पनि जानकारी नहुँदा त्रसित हुने अवस्था देखिन्छ । सहरी क्षेत्रमा अहिले कम हुँदै आएको छ ।

तपाईंसँग उपचार गराउन आउने बिरामीको अवस्था हेर्दा के पाउनु हुन्छ ?
पहिले धेरै बिरामी आउने भएता पनि अहिले धेरै कम आउने गर्दछन् । हालैको तथ्यांकअनुसार दुई हजार ४०९ जनाजति बिरामी फेला परेका देखिन्छ । हाम्रो लक्ष्य भनेको एक हजारमा एक जनाभन्दा कम गर्ने हो । विस्तारै बिरामी कम हँुदै गएको देखिन्छ । बिरामीहरु लुकेर बसेको अवस्था पनि हुन सक्दछ, तथापि पहिलाको तुलनामा धेरै कम भइसकेको छ । विगतमा कुष्ठरोग लागेपछि घरबाट बाहिर निकालिने अवस्था हुन्थ्यो भने अहिले छिट्टै औषधि गरेमा सतप्रतिशत निको हुन्छ भन्ने कुरा बुझिसक्नुभएको छ । त्यसकारण तत्काल उपचारमा गएर अपांगताको अवस्थामा पुग्नबाट बच्नु नै मुख्य विषय बनेको छ । औषधि नगरेको खण्डमा अपांगताको अवस्थामा पुग्ने, हात खुट्टा झर्ने, मुख बांगो हुने, आँखा नदेख्ने र हेर्दा रुप नराम्रो देखिने हुन्छ ।

Hardik health

कुष्ठरोगले मृत्यु हुन्छ कि हुँदैन ? 
कुष्ठरोगले ज्यान नलिए पनि हेर्दाखेरी नराम्रो देखिएकै कारण हेला पाउने गर्दछन् । तर अहिले अपांगता हुनबाट बच्नका लागि उपचार भएको हुँदा आफूलाई शंका लाग्नसाथ स्वास्थ्य संस्थामा गई औषधि गरेमा पूर्ण निको हुने र अरुलाई सर्नबाट बचाउन सकिन्छ । कुष्ठरोगको सरुवा रोगबाट धेरै ब्याक्टेरिया निस्किने हुँदा अहिलेको बहुउपचार थेरापीले गर्दा ९९.९ प्रतिशत किटाणु मार्ने गर्दछ । त्यसले गर्दा पनि आफू बच्ने र अरुलाई पनि यस्ता रोगबाट बचाउन सकिन्छ । त्यसकारण रोगको लक्षण देखापर्ना साथ औषधि उपचार गरेर अपांगता हुनबाट बच्नुपर्ने हुन्छ ।

कस्तो लक्षण देखापरेमा आफूलाई कुष्ठरोग लागेको थाहा पाउन सकिन्छ ?
कुष्ठरोग दुई प्रकारको हुन्छ । एउटा पाउसीबेसिलरी अर्को मल्टिबेसिलरी । मल्टिबेसिलरी भनेको धेरै किटाणु भएको र त्यसले करोडौं ब्याक्टेरिया फाल्छ । जसको कारण अरुलाई पनि सर्ने गर्दछ । किटाणु सरेपश्चात् यो रोगको लक्षण तीन देखि सात वर्षभित्रमा मात्र देखिने गर्दछ । त्यो रोग लाग्दाखेरि मान्छेको प्रतिरक्षा शक्ति कति छ भन्नेमा भर पर्दछ । रक्षा शक्ति राम्रो भएमा पाउसीबेसिलरी अर्थात् नसर्ने रोगमा जान्छ तर प्रतिरक्षा शक्ति कम छ भने मल्टिबेसिलरी रोगतिर जान्छ ।

यो रोग शरीरको शक्तिमा भर पर्ने गर्दछ । कुष्ठरोग रोग नसा र मासुमा लाग्ने भएकाले किटाणु नाकबाट भित्र पसेपछि मासुको म्याक्रोफेज भन्ने सेलमा मल्टिप्लाइ भएर बढ्छ । दुख्ने र झमझमाउने हुँदा थाहा नपाउने हुन्छ । मुख, शरीरमा रातो डल्लोहरू आउने हुन्छ र तातो चिसो छालाले थाहा पाउँदैन । थाहा नपाएको खण्डमा लागेको घाउको उपचार नगर्दा हातखुट्टा झर्ने नसा सुन्निने भएर आउँछ । कुनै पनि नचिलाउने फुस्रो तथा रातो दाग आएको थाहा पाउनेबित्तिकै तुरुन्त अस्पताल गई उपचार गरेमा निको हुन्छ । पाउसीबेसिलरी भएमा छ महिनाभित्र औषधि गरे निको हुन्छ भने मल्टिबेसिलरी भएमा एक वर्ष उपचार गरेमा ठीक हुने गर्दछ । जसले रोगसँग बच्न, अपांगता हुनबाट जोगाउँछ र अरुलाई पनि सर्दैन ।

त्यसो भए रोगको निदान तत्काल गर्नुपर्‍यो ?
हो, यो रोगलाई दीर्घजीवी रोगका रुपमा लिनुपर्दछ । टिबी रोग लागेमा मरिन्छ तर कुष्ठरोगले मान्छे मर्दैन । कुष्ठरोगले हातखुट्टा झर्ने, रूप नराम्रो हुन्छ तर मान्छेको मृत्यु हुँदैन ।

उपचारका क्रममा के-कस्ता दृश्य तथा घटनाहरु देख्नुभएको छ ? 
समयमा नै उपचार नहुँदा कुष्ठरोग लागेको व्यक्तिको मुख बांगिएको, हातखुट्टा झरेको, अनुहार बिग्रिएर कुरुप भएका दृश्यहरु देखेको छु । त्यसकारण पनि समाजमा उसलाई पूर्वजुनीको पाप भनेर विभेद गर्ने, लाञ्छना लगाउने भएको हो । समाजमा भएको यही विभेद र कुष्ठरोगको वास्तविकताबारे जानकारी नहुँदा बिरामीहरु घरबाट निकालिएका मात्र होइन, समाजबाट नै बहिस्ककरणमा परेका छन् । जसले बिरामीलाई त जीवन जिउनका लागि कठिन भयो नै उनीहरुसँग बालबालिका पनि त्यसको प्रभावमा पर्ने गरेका थिए । बाबुआमाका कारण बालबालिकालाई पनि उस्तै किमिसको विभेद र लाञ्छना खेप्नुपरेका धेरै उदाहरण छन् ।

कुष्ठरोग कस्ता व्यक्तिलाई हुन सक्छ त ? 
यो रोग जसलाई पनि लाग्न सक्छ तर धेरैजसो १० देखि १५ वर्षका बालबालिकाहरूलाई लाग्ने गर्दछ । जस्तो मान्छेलाई पनि रोग लागिहाले समयमै उपचार गरेमा रोग निको हुने गर्दछ । म आफैंले डाक्टर, इञ्जिनियर, मन्त्रीलाई समेत उपचार गरेको छु । विशेषगरी बालबालिकाहरुमा बढी यो संक्रमण बढ्न सक्छ । त्यसकारण कुष्ठरोग उपचार गरे निको हुने रोग भएका कारण शंका लाग्नेबित्तिकै उपचार गराइहाल्नुपर्दछ ।

अरु स्वास्थ्य उपचारमा नगएर समाजबाट बहिस्कृत भएका कुष्ठरोगीहरुकै उपचारमा किन लाग्नु भो ? 
म आफू जलेश्वर अस्पतालमा छालारोग विशेषज्ञका रुपमा काम गर्थें । म पहाडको मान्छे, तराईका बसेर बिरामीको उपचार गरिरहेको थिएँ । त्यही बेला लण्डनबाट छात्रवृत्तिको आवेदन खुल्यो । मैले आवेदन दिएको केही समयमा नै म छनोटमा परेँ । म छनोटमा परेको जानकारीसँगै सात दिनभित्र लण्डन पुग्नुपर्ने भयो । म यता छाडेर लण्डन पढ्नका लागि गएँ । त्यहाँ पृुगेपछि मैले अझ थप अध्ययन गरेर फर्किए । पछि डा. गौरीशंकरलाल दासले कुष्ठरोग निवारणका लागि काम गर्नुपर्छ भने पनि म कुष्ठरोगको बिरामीको सेवा गर्न थालेको हुँ ।

कुष्ठरोग भन्नेबित्तिकै फरक दृष्टिकोणले हेरिन्थ्यो, तर तपाईं यसमा नै सक्रिय हुनु भयो, किन ?
मनिसहरुले नबुझेर हो । कुष्ठरोग भनेको पनि छालासम्बन्धी एक किसिमको रोग नै हो । अहिले ४३ वर्षदेखि निरन्तर कुष्ठरोगीहरुको सेवामा नै लागिरहेको छु । उपचारका लागि औषधि त सरकारले नै उपलब्ध गराउँछ । तर जब म कुष्ठरोग निवारण संघमा बसेर काम गर्न थालेँ, सबैभन्दा बढी मलाई आकर्षण गरेको विषय कुष्ठरोग लागेका बिरामीका बच्चाहरुको हो । त्यसबेला समयमा नै उपचार नपाएका कारण धेरै कुष्ठरोगीहरुलाई समाजबाट बहिस्कृत गर्ने गर्दा बालबालिकाहरु शिक्षालगायतका कुराबाट वञ्चित हुनुपरेका थिए । त्यसलाई रोक्न हामीले सक्यौं । बिरामीहरुलाई छुट्टै राखेर उपचार गराउँदा आनन्दको जीवन बिताइरहेका छन् भने बालबालिकाहरुले पनि पढ्न लेख्न पाएका छन् ।

कुष्ठरोग दिवस मनाउन थालिएको नै ७३ वर्ष भयो । अझै पनि निवारण हुन सकेको छैन नि ?
यो रोगलाई शून्यमा झार्नका लागि निकै कठिन छ । अरु रोगका भ्याक्सिन बनिसकेका छन् । तर कुष्ठरोग लाग्ने व्याक्टेरियाको भ्याक्सिन अहिलेसम्म बनेको छैन । महŒवपूर्ण कुरा के हो भने कुष्ठरोगको व्याक्टेरिया शरीरमा प्रवेश गरेको तीनदेखि सात वर्षमामात्र लक्षण देखिने भएकाले पनि अरु रोगजस्तो तत्काल नियन्त्रण गर्न सकिँदैन । यो वर्षमात्र दुई हजार ४०९ जना कुष्ठरोगीको तथ्यांक आएको छ । अरु लुकाएका संख्या पनि धेरै हुन सक्छन् । विश्वमा यो रोग अहिले पनि छ । न्युजिल्याण्डबाहेक हरेक देशमा यो रोग निवारण हुन सकेको देखिँदैन । अहिलेकै अवस्थामा काम गर्दै जाने हो भने अर्को ३० वर्षभित्र यसलाई शून्यमा झार्न सकिन्छ ।

अरु देश र नेपालको अवस्थालाई हेर्ने हो भने कुष्ठरोगको उपचार पद्धतिमा केही फरक छ ?
छैन । विश्वभर नै एउटै हो । कुष्ठरोगको उपचारका लागि डब्लु एचओले दिएको औषधि विश्वभर एउटै छ । बाहिर किन्न पाइँदैन । कुष्ठरोगको बेलैमा उपचार नगर्नाले हातखुट्टा झर्ने भएकाले त्यसको अप्रेसन छिटो छरितो र सुरक्षित विदेशमा होला अन्यथा अरु केही फरक छैन । यसलाई न्यूनीकरण गर्ने एउटै उपाय भनेको घरघरमा गएर रोग छ कि छैन भनेर लक्षण परीक्षण गर्ने हो ।

अन्त्यमा, कुष्ठरोग निवारणका लागि सरकार र नागरिकलाई के भन्न चाहनुहुन्छ ? 
सबैले एउटै कुरा मनन् गरौं, कुष्ठरोग औषधि खाए निको हुन्छ । तर त्यसका लागि लक्षण देखिनासाथ उपचार गराउन गइहालौं । लुकाएर नराखौं । कुष्ठरोग लुकाउँदा बढ्दै गएर हातखुट्टा झर्ने र कुरुप देखिन सक्छ । त्यसैले पनि तीन तहकै सरकार, सरोवाला सबैले आमनागरिकसम्म सचेतना जगाउन काम गरौं । 
 


प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल बिहीबार, जेठ १४, २०८३
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP