Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
विचार
  • Home
  • विचार
  • ‘लघुपित्त’ र ‘सर्कारी’को डिच्क्याउँ
‘लघुपित्त’ र ‘सर्कारी’को डिच्क्याउँ
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन १५, २०८०

काठमाडौंको न्युरोडस्थित सानो गल्लीभित्र एउटी बूढीआमा लौरो टेकेर अगाडि बढ्छिन् । बिस्तारै गल्लीभित्रको साढे सात तल्ले एक कोठे घरको साँघुरो भर्‍याङबाट स्वाँऽस्वाँ गर्दै सकी नसकी त्यही लौरोको सहायताले पाँच तल्लामाथि रहेको सहकारीको कार्यालय पुग्छिन् । 

ढोकैको छेउका राखिएको काठको टेबलमा थचक्क बसेर लौरोलाई ढोका काँपमा अड्याएर फेरि खुँइया गर्छिन् । सास फेर्दा नै मरिएला जस्तो ! यति माथि छ । पैसा लिन आउने बेलामा चाहिँ कोठैमा आउनु । लिनचाहिँ प्राण नै जाला जसरी धाउनुपर्नी खै के हो के ! आफैं एक्लै बर्बराउँदो निलो प्लास्टिकको झोलाबाट कच्याककुचुक परेका कागजहरु ओल्टाइपल्टाइ गर्छिन् ।

आँखामा लगाएको चस्माले काम गरेन छ कि क्या हो ? चस्मा फुकालेर फरियाको एउटा टुप्पाले सिसामा लागेका धुलो पुछेर फेरि चस्मा लगाउँछिन् । अनि एक्लै बर्बराउँछिन् । ती नानीलाई घरमै ल्याउँदा बा भनेको मानेको भए पो । उनीचाहिँ दिनदिनै कोठामा आएर यो हुन्छ आमा त्यो हुन्छ आमा भन्थिन् । अहिले त के हो के हो ! 

प्लास्टिकबाट पासबुक निकाल्दै बूढीआमा उठ्छिन् । सिसाले छेकिएको अग्लो छेकोबाट पास बुक देखाउँदै, ल नानी यो हेरेर मलाई अलिकति पैसा निकाल्दिनु पर्‍यो बा ! बूढी आमा, भित्र घुम्ने कुर्सीमा बसेर कम्प्युटरमा फेसबुक हेरेर बसेकी केटीलाई दिन्छिन् । केटी उत्तर नदिएरै म्यासेञ्जरमा होला सायद, भिडियो कलमै मस्काराँ लगाइरहेकी छिन् । आमाले बोलेको नसुनेको हो वा नसुनेको जस्तो गरेको हो भगवान् जानुन् । 

Hardik health

अलि धेरैबेर हातमा पासबुक तेर्साएर उभिएर थाकेकी बूढी आमाले फेरि भन्छिन्, ‘लौन नानी यो हेरेर पैसा निकाल्देऊ न !’ तर उनले सुनेर पनि नसुनेजस्तै गरेपछि आमैलाई निकै पारो तातेको हुनुपर्छ । ठूलो स्वरले कराउँन थाल्छिन् । ‘हैन के यो पारा ? उतिबेलादेखि कराको करै छु वास्तै गर्दिन ! खुरुक्क मेरो पैसा झिकेर दे ।’

सँगै रहेका अरू दुई–चार जना पनि त्यसैगरी उभिरहेका छन् । तर भित्र बस्नेले खासै वास्ता नगरेको सुनेपछि बूढीआमैले टेबलमा एक मुक्का हानेपछि बल्ल ती केटी जुरुक्क उठ्छिन् । कानमा लगाएको कुन्नि के हो निकाल्छिन् र हपार्छिन् ।

‘के गरेको त्यस्तो ? यसरी फुट्ने गरी नि ठोक्छन् ?’ आफ्नो पैसा निकाल्न आएका अर्का व्यक्तिले ती केटीलाई भन्छन्, ‘के गर्नु त यी आम्मैले तपाईंलाई बोलाकै कतिबेर भयो ! तपाईं कम्प्यूटरमै दंग परेर बस्नुभाको छ । सुन्दै नसुनेपछि सुन्ने त गर्नुपर्‍यो नि ।’ केटी अझै ठूलो स्वरले कराउँछिन्, ‘सुन्नु परेन बोल्नलाई ? कानमा एयरफोन लगाएको बेला कसरी सुनिन्छ त ?’ 

ल ल भैगो । त्यो हाम्रो पासबुकमा कति पैसा छ, आधा दिनुस् । सहकारीमा पुगेका सदस्यले ती केटीलाई भने ।  केटी पासबुक हेर्छिन् । ए ऽ तपाईंको पैसा आज हुन्न । अध्यक्षज्यू हुनुहुन्न, भोलि आउनुस् । ल । पैसा आज चाहिएको छ, भोलि आउनुस् भनेर हुन्छ ? पैसा त आजै पो लानु पर्‍यो त ? 
केटीले खासै जवाफ दिन्न ! 

फेरि ती सदस्य भन्छन्, ‘कुरो सुन्नु भो कि नाइँ’ मलाई आजै पैसा चाहिएको छ । आज चाहियो भन्दैमा कसरी दिनु त । मेलै भनिसकेँत अध्यक्षज्यु हुनुहुन्छ ? आमैले दुख विसाईन । ‘लौ न नानी औषधी नै खान नपाउने भो । पैसा लिन आउने नानीलाई भनेको । भनेकै दिनबाट हराईन् । म बूढी मान्छे यति माथि बल्ल बल्ल आएँ पैसा झिक्न । अलि चाँडो गर्देऊ न । ’

ल आमा तपाईंँको त टन्नै पैसा रैछ खातामा । तर के गर्नु आज अध्यक्षज्यू हुनुहुन्न मैले त पैसा दिन सक्दिन । यसो गर्नुस् पर्सी फोन गरेर आउनुहोला । म अध्यक्षज्यूलाई भनेर राखिदिन्छु । 

आमै कड्किन्छिन्, ‘त्यसो भनेर कहाँ हुन्छ । बैंका आएपछि पैसा छैन भोलि दिन्छु भनेर हुन्छ ? कति पटक आउने ? अस्ति पनि त्यसै भनेर गएँ ।’
के गर्नु हुन्छ त ? हामी त कर्मचारी हो जे भन्छन्, त्यही गर्ने हो । 

अँऽ पैसा लिने बेलामाचाहिँ जुनबेला भन्यो त्यही बेला पाउँछ भनेर उठ्न नपाउँदै कोठैमा पुग्ने । अनि अहिले दिने बेलामाचाहिँ अध्येछे र को छैन भनेर हुन्छ ? आज त म मरिकाटे पनि पैसा नलिई जान्न । बूढी आम्मैले अड्डी कसेपछि अरूले पनि हो ऽ हो भन्न थाले । 

तपाईंहरु जे जुकै गर्नुस् । अफिसमा ‘क्यास’छैन क्यारे । भए त दिइहाल्थ्यौं नि । नभएर पो यस्तो भो त ?

हामीले राख्न दिएको पैसो छैन भनेर सुख पाइन्छ ? उहाँ दुर्गेले मोबाइलमा खायो ऽ खायो भन्दै कराको करै छ । क्या हो क्या हो हाम्रो पनि पैसा डुब्न लागिसक्यो कि । आजै छैन भनेको छ, भोलि नै छैन भनेको छ । हुनेचाहिँ कहिले हो त ? 

अर्को उमेर छिप्पेका लोग्ने मान्छे फ्याट्ट बोल्छन्, ‘उहाँ लघुपित्तले पैसा खाइदिएर मान्छेहरुको विजोक छ । हाम्रै पैसामा ब्याज टन्न असुलेर छिमेकीलाई घरबार तपाईंहरुले घरबारविहीन बनाउँदा पनि टुलुटुलु हेरेर बस्नुपरेको छ । यस्तो पनि हुन्छ कतै ? 
हुँदैन । तर भयो । हामीले के गर्ने त ? तपाईंलाई त्यस्तो लाग्छ भने सरकारलाई भन्नुस् । केटीले ओठे जवाफ फर्काउँछे  ।

ए आमा हो ! आफ्नै पैसा लिन पनि यस्तो हुन्छ र भन्या ? अर्का व्यक्ति बोल्छ । केटीले भन्छे, ‘हुन्छ त तपाईंले नै भोग्नुभएको छ त ? मैले भन्दिएँ है । अब हामीले तपाईंलाई पैसा दिन सक्दैनौं अहिले जानुस् । दुई–चार दिनपछि फोन गरेर आउनुहोला ? अब हामी पनि जान्छौं । तपाईंहरु जानुस् ।

केटीको कुरा कसले मान्ने ? आफ्नै पैसा लिन पनि धाउँदाधाउँदा दिक्क भएकी बूढीआमा आफैं भन्छिन्, ‘जेसुकै गर म त मरे पनि अब जाँदिन । यहीँ बस्छु ।’अरू पनि त्यसै भन्छन् । तर केटीले बलजफती निकाल्न सफल हुन्छे र सहकारीको ढोकामा ताल्चा मारेर खुरुरु भर्‍याङ ओर्लेर टाप कस्छे ! विचरा स्वाँस्वाँ गर्दै बूढेसकालमा आफ्नै पैसा नपाएपछि बूढीआमैलाई रुनु न हाँस्नु भयो ।

गाउँतिर हेर्‍यो लघुपित्त(वित्त)ले स्वाहा, सहरतिर हेर्‍यो सहकारीले स्वाहा । गाउँबाट लघुपित्तको पीडाबाट न्याय खोज्न आएकाहरु संसद् भवन त छिरे तर तिनलाई सर्कारले ढिच्क्याउँ गर्दिहाल्यो । आफ्नो जीवनभरको कमाईलाई लघुपित्तले खाइदिएपछि । र, न्याय नपाउँदा पनि सर्कारीले डिच्क्याउँ गरिदिएपछि बूढीआमैहरुको सपना चकनाचुर भएको छ । 
उडायो सपना सबै लघुपित्तले...
 


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप विचार
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व सोमबार, चैत २, २०८२
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय आइतबार, चैत १, २०८२
बोध प्राप्तिको माध्यम ध्यान साधना 
बोध प्राप्तिको माध्यम ध्यान साधना  शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव बिहीबार, फागुन २८, २०८२
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा बुधबार, फागुन २७, २०८२
टिङरिङ टिङरिङ ट्वाङ... !
टिङरिङ टिङरिङ ट्वाङ... ! मंगलबार, फागुन २६, २०८२
पर्यटनमार्फत नेपालको समृद्धि
पर्यटनमार्फत नेपालको समृद्धि मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP