Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
विचार
  • Home
  • विचार
  • वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १३, २०८२
गुणराज ढकाल

जनताको चेतना जागृत भइसकेको छ, अब चुनौती त्यो चेतनालाई स्पष्ट एजेण्डा र अनुशासित संगठनमार्फत दिगो राजनीतिक शक्तिमा रूपान्तरण गर्नु हो । वैकल्पिक राजनीति सफल हुने कि असफल, त्यसको निर्णय सत्ताले होइन, विचारले गर्छ । पदभन्दा नीति, व्यक्तित्वभन्दा संस्थालाई प्राथमिकता दिन सकिएमात्र वैकल्पिक शक्ति वास्तवमै विकल्प बन्न सक्छ ।


नेपालको समकालीन राजनीति गहिरो संक्रमणको चरणमा छ । जेन–जी आन्दोलन र त्यस क्रममा भएका युवाहरूको बलिदानले केवल सरकारविरुद्ध असन्तोष व्यक्त गरेको होइन, दशकौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, बेथिति र असमानताविरुद्ध जनस्तरको विद्रोही चेतनालाई सार्वजनिक गरेको हो । यही चेतनाबाट वैकल्पिक राजनीतिक शक्तिको उदय आवश्यकमात्र होइन, अपरिहार्य बन्दै गएको देखिन्छ ।

जनआन्दोलनबाट प्राप्त नैतिक अनुमोदनलाई संस्थागत र वैधानिक मार्गमा रूपान्तरण गर्ने माध्यम आवधिक निर्वाचन नै हो । तर निर्वाचन आफैंमा परिवर्तन होइन; परिवर्तनका लागि स्पष्ट दृष्टिकोण, संगठनात्मक क्षमता र वैचारिक एकरूपता आवश्यक हुन्छ । यही पृष्ठभूमिमा उज्यालो नेपाल पार्टीको उदय भएको हो, पुराना अभ्यासभन्दा फरक राजनीतिक संस्कृतिको खोजीका रूपमा । जब देश थाक्छ, तब केही अनुहारहरू आशा बन्छन् । जब भरोसा हराउँदै जान्छ, तब केही नामहरू उज्यालो बन्छन् ।

गठन भएको छोटो समयमै उज्यालो नेपाल पार्टीले उल्लेखनीय जनसमर्थन हासिल गरेको छ । तर नेपालको संसदीय संरचना र संवैधानिक अंकगणितका कारण जनसमर्थनमात्र पर्याप्त हुँदैन, राजनीतिक परिणामका लागि रणनीतिक एकता पनि आवश्यक पर्छ । यही यथार्थका कारण वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकताको आवश्यकता उठ्यो, जुन स्वयं जनअपेक्षासँग पनि मेल खान्थ्यो । इतिहासले देखाएको छ, ठूला र जरा गाडेका शक्तिलाई परास्त गर्न साना तर वैचारिकरूपमा नजिक शक्तिहरूबीचको एकीकरण अस्वाभाविक होइन ।

Ncell
Hardik health

यसै सन्दर्भमा उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्ने सहमति भयो । सोही आधारमा समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइयो । तर सूची बुझाइसकेपछि देखिएको आन्तरिक राजनीतिक दाउपेज एकाएक बाहिर नै सार्वजनिक भयो । यसले गर्दा वैकल्पिक राजनीतिको भविष्यबारे गम्भीर प्रश्नहरू जन्माएको छ । यहाँ समस्या पद, सत्ता वा शक्तिको होइन, समस्या एजेण्डाको स्वामित्व, संगठनात्मक अस्तित्व र राजनीतिक आत्मसम्मानको हो ।

चुनावको मुखमा उभिँदा वैकल्पिक शक्तिहरूले एउटा मौलिक प्रश्नको सामना गर्नुपर्छ । हामी पुराना दलका कमजोरी देखाएरमात्र मत माग्ने कि आफ्ना स्पष्ट र मापनयोग्य एजेण्डा प्रस्तुत गरी जनअनुमोदन लिने ? देशको शासकीय स्वरूप, संघीयताको अभ्यास, आर्थिक मोडल, भाषिक, सांस्कृतिक विविधताप्रतिको दृष्टिकोण, भ्रष्टाचार नियन्त्रणका उपाय र युवाका आकांक्षालाई सम्बोधन गर्ने नीति, यी सबै विषयमा स्पष्टताविना वैकल्पिक राजनीति विश्वसनीय हुन सक्दैन । तर पार्टी एकताअघि सीमित समय र दबाबका कारण यी वैचारिक आधारहरू पर्याप्तरूपमा संस्थागत हुन सकेनन् । परिणामस्वरूप उदारता र सहकार्यलाई कमजोरीका रूपमा बुझ्ने प्रवृत्ति देखियो । राजनीतिक प्रतिस्पर्धामा विपक्षीसँगको संघर्ष स्वाभाविक हुन्छ, तर आफ्नै सहयात्रीसँगको अविश्वासले वैकल्पिक शक्तिलाई नै कमजोर बनाउँछ । यहीँ प्रश्न उठेको छ, त्यो एकता वैचारिक मर्जर थियो कि केबल अंकगणितीय एक्वायर ? भन्ने ।

वैकल्पिक राजनीतिको सार सत्ता प्राप्तिमात्र होइन, राजनीतिक संस्कृतिको रूपान्तरण हो । त्यसका लागि एजेण्डाको रक्षा, जनविश्वासको कदर र अभियानकर्मीहरूको आत्मसम्मान अपरिहार्य सर्त हुन् । तत्कालीन लाभका लागि दीर्घकालीन लक्ष्य र मूल्य त्याग्नु भनेको स्वयं वैकल्पिक राजनीतिको आत्महत्या गर्नु हो । ‘भोकै बस्न सकिन्छ, तर अन्याय सहन सकिँदैन’ भन्ने चेतना नै परिवर्तनकारी राजनीतिको मेरुदण्ड हो । यसलाई नै केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुको विकल्प छैन । सुशासन, समृद्धि र सामाजिक न्यायको चिन्तन, प्रवद्र्धन तथा राजनीतिक सुधारका रणनीतिहरू बनाई कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता हो । आज हामीले राजनीतिक सिद्धान्तका अन्त्यहीन लफ्फाजी गर्नुभन्दा आर्थिक राष्ट्रवादका कुरा गर्नु छ । कसैलाई प्रतिसोध साँध्ने समय छैन र प्रतिसोध साँधेर देश विकास हुँदैन । हामीले नतिजा हेर्ने हो ।

राजनीति क्षणिक वर्षा होइन, दीर्घकालीन मौसम हो । एक झरीले बर्खा सकिँदैन । आज देखिएका अवरोध र विवादले वैकल्पिक राजनीतिको सम्भावनालाई समाप्त गर्दैन, अहिले संसदीय अंकगणितमा हाम्रो नम्बर कम आउन सक्छ तर यसले धैर्यता, वैचारिक स्पष्टता र संगठन निर्माणको आवश्यकता अझ प्रस्ट बनाउँछ । जनताको चेतना जागृत भइसकेको छ, अब चुनौती त्यो चेतनालाई स्पष्ट एजेण्डा र अनुशासित संगठनमार्फत दिगो राजनीतिक शक्तिमा रूपान्तरण गर्नु हो । वैकल्पिक राजनीति सफल हुने कि असफल, त्यसको निर्णय सत्ताले होइन, विचारले गर्छ । पदभन्दा नीति, व्यक्तित्वभन्दा संस्थालाई प्राथमिकता दिन सकिएमात्र वैकल्पिक शक्ति वास्तवमै विकल्प बन्न सक्छ ।


(लेखक उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्)
 


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
भोटेकोशी बाढीः प्रलय, पाठ र आगामी बाटो
भोटेकोशी बाढीः प्रलय, पाठ र आगामी बाटो शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढी सतप्रतिशत जलवायुजन्य विपद्
भोटेकोशी बाढी सतप्रतिशत जलवायुजन्य विपद् बिहीबार, भदौ २५, २०८३
प्रेसलाई नियन्त्रण गर्ने सरकारको नयाँ रणनीति
प्रेसलाई नियन्त्रण गर्ने सरकारको नयाँ रणनीति बुधबार, भदौ २४, २०८३
विद्रोहको एक वर्ष, जेन-जी नतर्स
विद्रोहको एक वर्ष, जेन-जी नतर्स मंगलबार, भदौ २३, २०८३
नेपालमा बलात्कारसम्बन्धी कानुनी प्रावधान  
नेपालमा बलात्कारसम्बन्धी कानुनी प्रावधान   मंगलबार, भदौ २३, २०८३
व्यावसायिकताको बाटोमा भलिबल
व्यावसायिकताको बाटोमा भलिबल सोमबार, भदौ २२, २०८३
हानिनोक्सानी कोषको सान्दर्भिकता तथा उपयोग
हानिनोक्सानी कोषको सान्दर्भिकता तथा उपयोग शनिबार, भदौ २०, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP