Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विचार
  • Home
  • विचार
  • मेरो सहर, हाम्रो भविष्य
सन्दर्भ: विश्व वातावरण दिवस मेरो सहर, हाम्रो भविष्य
कृष्णचन्द्र न्यौपाने
कृष्णचन्द्र न्यौपाने शुक्रबार, जेठ २२, २०८३
कृष्णचन्द्र न्यौपाने

 

भविष्यको सहर कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर खोज्दा हामीले पूर्वाधारभन्दा पहिले मानिसलाई केन्द्रमा राख्नुपर्छ । सहर त्यस्तो हुनुपर्छ जहाँ विद्यार्थीहरू सुरक्षितरूपमा विद्यालय पुग्न सकून्, जहाँ महिलाहरू रातको समयमा पनि निर्भयतापूर्वक हिँड्न सकून्, जहाँ अपांगता भएका व्यक्तिहरूले सहजरूपमा सार्वजनिक सेवा प्राप्त गर्न सकून्, जहाँ वृद्धवृद्धाले सम्मानपूर्वक जीवनयापन गर्न सकून्, र जहाँ बालबालिकाले स्वच्छ हावामा सास फेर्न सकून् ।

  • जलवायु संकट, युवा पुस्ता र काठमाडौंको आगत स्वरुपको कल्पना

तथ्य परिवेश
सहरहरू केवल भवन, सडक र पूर्वाधारका संरचना होइनन्, ती मानव सभ्यताको सपना, सम्भावना र भविष्यका प्रतिविम्ब हुन् । कुनै पनि राष्ट्रको विकासको स्तर उसका सहरहरूको अवस्था, समावेशिता, वातावरणीय गुणस्तर र नागरिकको जीवनस्तरबाट मापन गरिन्छ । आज नेपालका सहरहरू विशेषगरी काठमाडौं, पोखरा, भरतपुर, विराटनगर, नेपालगञ्ज र धनगढी तीव्र सहरीकरण, जलवायु परिवर्तन, वातावरणीय प्रदूषण तथा सामाजिक असमानताका चुनौतीहरूको सामना गरिरहेका छन् । यस्तो अवस्थामा प्रश्न उठ्छ- हामी कस्तो सहर भावी पुस्तालाई हस्तान्तरण गर्दै छौं ?

सोचको काठमाडौं
सन् २०१७ मा काठमाडौं महानगरपालिकाले काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने महŒवाकांक्षी योजना सार्वजनिक गरेको थियो । भूमिगत पार्किङ, डिजिटल सेवा प्रवाह, स्मार्ट सार्वजनिक शौचालय, साइकल लेन, मोनोरेल, मेट्रो रेल, केबलकार, विद्युतीय पार्किङ प्रणाली तथा प्रविधिमैत्री नगर व्यवस्थापनका अवधारणाले आधुनिक काठमाडौंको चित्र कोरेका थिए । त्यसबेला ती योजनाहरूले विकासप्रेमी नागरिकमा आशा जगाएका थिए ।

Hardik health

सोच र तथ्यको समागम
तर आज लगभग एक दशकपछि, हामीले स्वीकार गर्नुपर्ने वास्तविकता के हो भने सहरलाई केवल ‘स्मार्ट’ बनाउनु पर्याप्त छैन । जलवायु परिवर्तन, वायु प्रदूषण, अव्यवस्थित सहरी विस्तार, फोहोर व्यवस्थापन, खानेपानी संकट, नदी अतिक्रमण, खुला स्थानको कमी, भूकम्पीय जोखिम तथा सामाजिक विभेदजस्ता समस्याले देखाएको छ कि सहरलाई ‘स्मार्ट’ मात्र होइन, उत्थानशील, समावेशी र दिगो पनि बनाउनुपर्छ ।

नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुकमध्ये एक हो । हिमालहरूमा हिउँ पग्लने दर बढ्दो छ । असामान्य वर्षा, बाढी, पहिरो, डुबान, खडेरी तथा गर्मीका लहरहरूले जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका छन् । ग्रामीण क्षेत्रमात्र होइन, सहरी क्षेत्र पनि जलवायु जोखिमको केन्द्र बन्दै गएका छन् । काठमाडौं उपत्यकामा वायु प्रदूषण विश्वकै उच्चस्तरमा पुग्ने गरेको छ । नदीहरू ढल निकासका माध्यममा परिणत भएका छन् । खुला स्थानहरू क्रमशः हराउँदै गएका छन् । सहरको प्राकृतिक वहन क्षमता कमजोर बन्दै गएको छ ।

सबैभन्दा बढी चिन्ताको विषय के हो भने यी समस्याहरूको दीर्घकालीन प्रभाव आजको युवा पुस्ताले भोग्नुपर्ने छ । यही कारणले ‘मेरो सहर, मेरो भविष्य’ भन्ने अवधारणा केवल नारामा सीमित रहनु हुँदैन । यो भावी पुस्ताको अधिकार, जिम्मेवारी र सहभागिताको विषय बन्नुपर्छ । आजका जेन-जी युवाहरू नेपालको इतिहासकै सबैभन्दा डिजिटल, सूचनासम्पन्न र विश्वसँग जोडिएका पुस्ता हुन् । उनीहरू सामाजिक सञ्जालका प्रयोगकर्तामात्र होइनन्; उनीहरू जलवायु न्याय, वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र सुशासनका पक्षधर पनि हुन् । तर विडम्बना के छ भने सहरको भविष्य निर्धारण गर्ने अधिकांश नीतिगत प्रक्रियामा युवाको आवाज अझै सीमित छ ।

मेरो भविष्यको सहरको रहर
यदि हामी वास्तवमै भविष्यका लागि उपयुक्त सहर निर्माण गर्न चाहन्छौं भने युवालाई लाभग्राही होइन, सहनिर्माताका रूपमा स्वीकार गर्नुपर्छ । विद्यालय, विश्वविद्यालय, युवा क्लब, अनुसन्धान संस्था र स्थानीय सरकारबीच सहकार्य गरेर युवा सहभागितामा आधारित सहरी विकासको नयाँ मोडेल विकास गर्न सकिन्छ । युवा नेतृत्वमा जोखिम नक्सांकन, वायु गुणस्तर निगरानी, नदी संरक्षण, हरित पूर्वाधार प्रवद्र्धन, सामुदायिक विपद् तयारी तथा नागरिक अनुगमनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडिआरआर) द्वारा प्रवद्र्धित ‘मेकिङ सिटिज रिसाइलेन्ट (एमसिआर)-२०३०’ अभियानले पनि यही सन्देश दिन्छ- सहरको विकास जोखिम बुझेर, योजना बनाएर र दिगो कार्यान्वयनमार्फत हुनुपर्छ । यस अभियानले स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र र युवाबीचको सहकार्यलाई सहरी उत्थानशीलताको आधार मानेको छ ।

भविष्यको सहर कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर खोज्दा हामीले पूर्वाधारभन्दा पहिले मानिसलाई केन्द्रमा राख्नुपर्छ । सहर त्यस्तो हुनुपर्छ जहाँ विद्यार्थीहरू सुरक्षितरूपमा विद्यालय पुग्न सकून्, जहाँ महिलाहरू रातको समयमा पनि निर्भयतापूर्वक हिँड्न सकून्, जहाँ अपांगता भएका व्यक्तिहरूले सहजरूपमा सार्वजनिक सेवा प्राप्त गर्न सकून्, जहाँ वृद्धवृद्धाले सम्मानपूर्वक जीवनयापन गर्न सकून्, र जहाँ बालबालिकाले स्वच्छ हावामा सास फेर्न सकून् ।

सहर त्यस्तो हुनुपर्छ जहाँ सार्वजनिक यातायात निजी सवारीभन्दा आकर्षक होस्; जहाँ साइकल लेन र पैदलमार्गलाई प्राथमिकता दिइएको होस्; जहाँ वर्षाको पानी संकलन, हरित भवन, सौर्य ऊर्जा, फोहोर पुनर्चक्रण तथा नदी पुनर्जीवन सहरी विकासका आधारभूत तत्व बनेका हुन् । विकासको मापन केवल कति सडक बन्यो वा कति भवन बने भन्ने आधारमा होइन, कति हरियाली बढ्यो, कति प्रदूषण घट्यो, कति नागरिक सुरक्षित भए र कति युवाले अवसर पाए भन्ने आधारमा हुनुपर्छ ।

यदि आज हामीले नयाँ काठमाडौं निर्माण गर्ने अवसर पाउने हो भने सम्भवतः हामी नदीलाई ढलको रूपमा प्रयोग गर्ने थिएनौं । खुला स्थानहरूलाई भवनले भराउने थिएनौं । सार्वजनिक यातायातलाई उपेक्षा गर्ने थिएनौं । विकासलाई वातावरणको विरोधी ठान्ने थिएनौं । बरु प्रकृति र विकासबीच सन्तुलन कायम गर्ने सहर निर्माण गर्ने थियौं । तर समय हामीले गुमाइसकेका छौं । हामीले सम्झनुपर्छ कि भविष्यका सहरहरू प्रविधिलेमात्र निर्माण गर्दैनन्; ती नागरिकको चेतना, सहभागिता र उत्तरदायित्वले निर्माण गर्छन् । युवा पुस्तालाई निर्णय प्रक्रियामा सहभागी नगरिकन दिगो सहरको परिकल्पना सम्भव छैन । 

आजको पुस्तासामु एउटा ऐतिहासिक अवसर छ- सहरलाई केवल बसोबास गर्ने स्थानबाट अवसर, नवप्रवर्तन, समानता र वातावरणीय न्यायको केन्द्रमा रूपान्तरण गर्ने । यसका लागि स्थानीय सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, नागरिक समाज र युवाहरूबीच साझा प्रतिबद्धता आवश्यक छ ।

अन्ततः सहरको भविष्य कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर प्रविधिमा होइन, हाम्रो दृष्टिकोणमा निर्भर गर्दछ । यदि हामीले विकासलाई वातावरणसँग, समृद्धिलाई समावेशितासँग र आधुनिकतालाई दिगोपनसँग जोड्न सक्यौं भने काठमाडौंमात्र होइन, नेपालका सबै सहरहरू दक्षिण एसियाका लागि उदाहरण बन्न सक्छन् ।

भोलिको पुस्ताले हामीलाई एउटा प्रश्न अवश्य सोध्ने छ- ‘जब सहरहरू संकटको मोडमा थिए, तब तपाईंहरूले के गर्नुभयो ?’ त्यस बेला हाम्रो उत्तर यस्तो हुनुपर्छ- हामीले छोटो लाभभन्दा दीर्घकालीन दिगोपन रोज्यौं । हामीले प्रदूषणभन्दा हरियाली रोज्यौं । हामीले बहिष्करणभन्दा समावेशिता रोज्यौं । हामीले जोखिमभन्दा सहनशीलता रोज्यौं । र, सबैभन्दा महŒवपूर्ण, हामीले भविष्यका पुस्ताका लागि जीवन्त, हरित र न्यायपूर्ण सहर निर्माण गर्ने बाटो रोज्यौं । किनकि, अन्ततः ‘मेरो सहर’ मात्र होइन, ‘हाम्रो भविष्य’ पनि यही सहरसँग जोडिएको छ ।

सुझावका लागि: [email protected]
 


प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  शुक्रबार, असार २६, २०८३
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP