Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • १३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा 
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२
  • यो १३ वर्षमा विदेशीनेमध्य २८ लाख ४० हजार २३ जना श्रम स्वीकृति नवीकरण गरेर विदेशीएको तथ्यांक छ
  • श्रम गन्तव्य मुलुकमा रोजगारीको आकर्षण बढेपनि पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा खाडी जानेहरु नै बढी
  • पछिल्लो समय रोजगारीमा जाने महिलाको संख्या बढ्दो 

काठमाडौं- पछिल्लो १३ वर्षमा ७६ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीवार जारी गरेको श्रम आप्रवासन प्रतिवेदन, २०२४काअनुसार सन् २०११/१२देखि २०२३/२४को अवधिमा ७६ लाख ३६ हजार ८२५ जना युवाहरु रोजगारीका लागि विदेशीएका हुन् । 

यो संख्या संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर गएकाहरुको हो । यो १३ वर्षमा विदेशीनेमध्य २८ लाख ४० हजार २३ जना श्रम स्वीकृति नवीकरण गरेर विदेशीएको तथ्यांक छ । त्यस्तै, रोजगारीमा जानेमा पछिल्लो दुई आर्थिक वर्ष २०२२/२३ र २०२३/२४मा १५ लाख १५ लाख १२ हजार ६१६ जना छन् । जसमा एक लाख ५२ हजार ३०५ जना महिला छन् । 

प्रतिवेदनमा उल्लेख भएअनुसार कोरोना महामारीपछि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेहरुको संख्या बढेको छ । यद्यपि सन् २०२२/२३ यता कामदारको माग बढे पनि जाने कामदारको संख्या भने कम देखिएको छ । सन् २०२२/२३मा पाँच लाख ८३ हजार ४५५ जना पुरुष श्रमिकको मागपत्र प्रमाणीकरण भएको थियो भने रोजगारीमा जानेहरु चार लाख ९४ हजार २१७ जना मात्र थिए । सोही वर्ष महिला कामदारका लागि ८३ हजार ७६२ वटा माग आएकोमा ४३ हजार ४९९ जनामात्र गएका थिए । त्यस्तै, सन् २०२३/२४मा पुरुष श्रमिकका लागि पाँच लाख ५० हजार ७४० वटा माग आएकोमा चार लाख ६० हजार १०२ जनामात्र गएका थिए । उक्त वर्ष ८८ हजार ८२५ जना महिलाको माग आएपनि ५९ हजार ५७७ जना मात्र गएका थिए । 

पछिल्लो समय रोजगारीमा जाने महिलाको संख्या भने बढ्दो छ । सन् २००८/०९मा रोजगारीमा जाने महिलाहरु ३.९ प्रतिशत मात्र थिए भने २०२३/२४मा आइपुग्दा बढेर १२.९ प्रतिशत पुगेको छ । 

Nada Auto Show 2026
Hardik health

खाडीमै बढी कामदार
नयाँ श्रम गन्तव्य मुलुकमा रोजगारीको आकर्षण बढेपनि पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा खाडी जानेहरु नै बढी छन् । २०२२/२३मा चार लाख १८ हजार ६८४ जना व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति लिएर खाडीका छ वटा मुलुक गएका थिए । उनीहरु कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुवेत र बहराइन गएका हुन् ।

उक्त वर्ष खाडीबाहेकका बाँकी सबै मुलुकमा जानेहरुको यस्तो संख्या तीन लाख ५२ हजार ६३५ थियो ।खाडीले वैदेशिक रोजगारीको ८० प्रतिशत हिस्सा ओगटेको मन्त्रालयले जनाएको छ । त्यसपछि २०२३/२४मा पाँच लाख २५ हजार ६९२ जना खाडी मुलुक गएका थिए भने खाडी बाहेकका मुलुकमा दुई लाख १५ हजार ६०५ जना गएका थिए ।

प्रतिवेदनका अनुसार २०२३/२४मा रोजगारीमा गएका पुरुषमा १८देखि २४ वर्ष उमेरका २९.६ प्रतिशत छन् । साथै, २५देखि ३४ वर्षका ४५.७, ३५देखि ४४ वर्षका २२.६ र ४५ वर्ष माथिका १.८ प्रतिशत छन् । त्यस्तै, १८देखि २४ वर्षका महिला ३९.१ प्रतिशत रोजगारीमा गएका छन् । त्यस्तै २५देखि ३४ वर्षका ४८, ३५देखि ४४ वर्षका १२.१ र ४५ वर्षमाथिका ०.८ प्रतिशत महिलाहरु रोजगारीमा गएको पाइएको छ ।

पछिल्लो दुई वर्षमा सबैभन्दा बढी मधेश प्रदेशबाट र त्यसपछि कोशी प्रदेशबाट बढी कामदार विदेशिएका छन् । सबैभन्दा कम भने कर्णाली र सुदुरपश्चिम प्रदेशबाट गएका छन् । कर्णाली र सुदूरपश्चिमका नागरिकहरु बढी जसो मौसमी कामदारको रुपमा भारत जाने गरेको उल्लेख गरिएको छ । उक्त दुई वर्षमा सबैभन्दा बढी महिला कामदार बागमती र कोशी प्रदेशबाट परदेशिएका छन् भने सबैभन्दा कम कर्णाली र सुदुरपश्चिमका रहेका छन् । सोही अवधिमा रोजगारीमा गएकामध्य १० लाख ८३ हजार २६९जना स्वदेश फर्किएको तथ्यांक छ । जसमा ९३ हजार ७५७ जना महिला र नौ लाख ८९ हजार ५१२ जना पुरुष छन् । 

प्रतिवेदनअनुसार सन् २००८/०९देखि २०२३/२४मा रोजगारीमा गएकामध्य १३ हजार १७३ जनाले ज्यान गुमाएका छन् । प्रतिवेदनले कार्यस्थल र वासस्थानको अवस्था, स्वास्थ्य परिक्षणको कम पहँुच, कार्यघण्टाभन्दा बढी काम, भाषा तथा संस्कृतिको अवरोधका कारण शारीरिक तथा मानसिक स्वस्थ्यमा गम्भीर असर पर्ने गरेको जनाएको छ । खाडी मुलुकमा बढी तापक्रम र आद्रताको कारण आउटडोर काम गर्ने कामदारको स्वास्थ्यमा जोखिम रहेको अध्ययनमा उल्लेख छ ।

कामको प्रकृतिका कारण कृषि तथा घरेलु कामदारको रुपमा काम गर्ने महिला जोखिममा रहेको मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकले गन्तव्य मुलुकको स्वास्थ्य उपचार गर्न नसक्दा रोजगारदाताले पनि बिरामी कामदारलाई बोझको रुपमा हेर्ने गरेको र स्वदेश फर्काइदिने गरेको भनिएको छ ।  


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP