Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
विचार
  • Home
  • विचार
  • फर्पिङका पर्यटकीय गन्तव्य सम्पदास्थल
फर्पिङका पर्यटकीय गन्तव्य सम्पदास्थल
पदम श्रेष्ठ
पदम श्रेष्ठ बुधबार, फागुन १६, २०८०

काठमाडौंको कालिमाटीबाट १६ किलोमिटर दक्षिण बज्रयोगिनी र दक्षिणकालीबीच नागको फणाझैं फैलिएको नेवार र तामाङ बस्ती हो, फर्पिङ । फर्पिङ किराती शब्द ‘फरपिङ्गु’बाट आएको हो । चाँपको फूल फुलेको डाँडाकी देवीलाई चम्पादेवी र शिखी बुद्धले ध्यान बसेको ध्यानाच्वबाटै फैलिएको बस्तीलाई शिखरापुर भनिए । जहाँ महायानी धर्मगुरु पद्यसम्भव, गुरु गोरखनाथ, बज्रयानी गुरु ओदियानाचार्य जस्ता योगीहरुले ध्यान गरी सिद्धी प्राप्त गरेको पवित्रस्थल मानिन्छ । 

नास्पातीको राजधानी फर्पिङको झम्केश्वरीस्थित पचली भैरव दरबारको भग्नावशेष ‘कोतघर’को पुनर्निर्माण थालिएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जन, नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती तामाङ डंगोल र दक्षिणकाली–६ का वडाध्यक्ष शैलेशमान मानन्धरले संयुक्त रुपमा शिलान्यास गरी पुनर्निर्माण थालिएको हो । संग्रहालयको रुपमा उत्थान गर्दै लैजाने लक्ष्य राखिएको कोतघरमा दसैंको घटस्थापनामा सामूहिक जमरा राखिन्छ । पचलीभैरवको दरबार पनि भनिने कोतघर नेवारी वास्तुकलायुक्त हुने जनाएको छ । पूर्णतः दची अपा, सुर्की, चुना र झिंगटी छानासहित तीनतले बन्ने छ, कोतघर । यसका लागि दक्षिणकाली नगरपालिकाले ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यस सम्पदास्थललाई ‘पर्यटकीय हब’को रुपमा प्रवद्र्धन गर्ने योजना नगरपालिकाले बनाएको छ । यसका लागि अर्गानिक नास्पाती, खुर्पानी, लप्सी, खुवा, लोकल कुखुराको स्वादलाई उपहार बनाउने र फर्पिङका सम्पदास्थलहरुलाई संयुक्त रुपमा प्रवद्र्धन गर्दै लैजाने लक्ष्य बनाउनुपर्ने देखिन्छ ।

फर्पिङ–दक्षिणकाली, बज्रयोगिनीदेखि केशर क्याव गुफासम्म
काठमाडौंको कालिमाटीबाट १६ किलोमिटर दक्षिण बज्रयोगिनी र दक्षिणकालीबीच नागको फणाझैं फैलिएको नेवार र तामाङ बस्ती हो, फर्पिङ । फर्पिङ किराती शब्द ‘फरपिङ्गु’बाट आएको हो । चाँपको फूल फुलेको डाँडाकी देवीलाई चम्पादेवी र शिखी बुद्धले ध्यान बसेको ध्यानाच्वबाटै फैलिएको बस्तीलाई शिखरापुर भनिए । जहाँ महायानी धर्मगुरु पद्यसम्भव, गुरु गोरखनाथ, बज्रयानी गुरु ओदियानाचार्य जस्ता योगीहरुले ध्यान गरी सिद्धी प्राप्त गरेको पवित्रस्थल मानिन्छ । फर्पिङ तराई पुग्ने सबैभन्दा छोटो ५६ किलोमिटरको मार्ग पनि हो । आख्यानुसार, नेपाल संवत् सुरू हुनुभन्दा १८३ वर्षअघि राजा भीमार्जुन देवले फर्पिङलाई कोटाल, कोछु (लाय्कु झम्केश्वरी दरबार क्षेत्र) टिपी, थल्कु, यल्खु, कोर्पु र थर्पु गरी सात टोलमा विभक्त गरिए । फर्पिङ बस्तीको रक्षार्थ स्थापित अष्टमातृका पीठहरु निम्न रहेका छन्ः 
(१) कटुवाल दह, दनुवार गाउँमुनिको माहेश्वरी पीठ 
(२) एसियाकै दोस्रो विद्युत् पावरहाउस चन्द्रनहरनेरको बागमती किनारमा ब्रम्हायणी
(३) फर्पिङ बसपार्कमुनि कुमारी
(४) दक्षिणकालीकी आमा भनिने डाँडाको चामुण्डा
(५) नख्खु खोलाको नीलवाराही
(६) हुड्को खोलाको इन्द्रायणी
(७) शेषनारायणको बैष्णवी
(८) डल्लु खोलामा महालक्ष्मी


बज्रयोगिनी ह्योंगुद्योः
फर्पिङको उत्तर गोरखनाथ केशरक्याव डाँडामा वज्रयोगिनी (ह्योंगुद्यो) मन्दिर तीनतले प्यागोडा शैलीमा ठडिएको छ । स्वयम्भू पुराणअनुसार फर्पिङमा एक समय रोग–व्याधी र खडेरी परी हाहाकार मच्चिएछ । समस्या निराकरणार्थ बज्रगुरु ओदियानाचार्र्यले शिखर लोकेश्वर गुफा (शेषनारायण) मा उपवोध व्रत बस्दा विस्कामी देवी प्रकट भई मांसाहुति यज्ञ गर्न आज्ञा भएछ । पशुबलि बौद्ध सिद्धान्तले नदिएपछि ओदियानाचार्यले आफ्नो मासु आफैंले काटी होम गरे छन् । यस्तो महान त्याग र यज्ञबाट देवी खुसी भई रोग–व्याधी, अनावृष्टिको अन्त्य गरी देशवासीको रक्षार्थ आफू यहीँ रहन थालेको बताइन्छ । भाषा वंशावलीमा नेपाल संवत्भन्दा १८३ वर्षअघि राजा भीमार्जुन देवले ४६ हजार जनसंख्याको फर्पिङ देश निर्माण गरी श्रावण कृष्ण त्रयोदशीका दिनदेखि बज्रयोगिनी जात्रा मनाउन थालिएको हो ।

फर्पिङका आराध्यदेवी झम्केश्वरी र बुद्ध विहार 
बज्रयोगिनी, गोपालेश्वर र दक्षिणकालीबीचको जागृतस्थल फर्पिङमा राजा शिवदेव प्रथमदेखि अंशुवर्मासम्मका विहारहरु भीमबहाः, दिगुबहाः, वसीबहाः, वोखाबहाः, क्वाःबहाः, तःबहाः, खाबहाः नाउँका प्राचीन पहिचानले बौद्ध आदिभूमि प्रमाणित गर्दछ तर वयोवृद्धहरुका अनुसार राजा जयस्थिति मल्लले ने.सं. ५११ ताका जबर्जस्ती विहारहरु भत्काएपछि बौद्ध सम्पदा पातल बनेको कथन छ । लिच्छवीकालमा भिक्षुलाई सरकारबाटै पण र पानीको व्यवस्था गरिएको हुन्थ्यो ।

Hardik health

३३ कोटी देवीदेवताको झम्केश्वरी (झसु)
विश्वका ३३ कोटी देवी देवताको संयुक्त स्वरुप झम्केश्वरी मन्दिर घर शैलीमा छ भने दरबारको भग्नावशेष ढुंगेधारा पुरातात्िवक स्थल हुन् । सोही ठाउँमा भीमसेन मन्दिर छत्र शैलीमा छ । झम्केश्वरीकै अर्को कुनामा भगवती मन्दिरको पेटीमा दायाँ गणदेव संवत् ४७९ अस्पष्ट शिलापत्र, अर्को ने.सं. ५२७ जयस्थिति मल्लका छोरा धर्म मल्लको शिलापत्र छन् । जसमा रावल जयत्र सिंहदेव, योद्धा सिंह र राम सिंहसहित शासकको नाउँ उल्लेख छ । भनिन्छ, झम्केश्वरीको दरबार तलेजु कोटघर नौतले थियो रे । फर्पिङबासीले दसैंमा घरघरमा यहीँ थापेको जमरा लगेर टीका लाउने गर्दछन् भने दरबारमा किराती राजा पव्बी (पचली)ले राज्य गर्दथे भन्ने कथन छ । उनी टेकुकी खड्गी कन्यासँग प्रेम गर्थे । प्रेमलापको बेला पक्रिएका पव्बी (पचली) टेकुमा सिद्ध भएको आख्यान छ । दसैंको पञ्चमीका दिन पचलीभैरवको कोंचाद्यो जात्रामा यहाँबाट पूजा गर्न जाने परम्परा छ । 

थल्कु महालक्ष्मी
थल्कु टोलको खुला ढिस्कोमा अष्टमातृका देवीमध्ये एक महालक्ष्मी पीठ रहेको छ । फर्पिङभित्रै पुजिने देवस्थलमा पञ्ज पुखुनेर टाउको काटिएका सरस्वती, महादेवका मूर्तिहरु छन् । स्थानीयद्वारा शेषसाही नारायणको मूर्ति स्थापित छन् ।

पञ्ज गणेश, पञ्ज पुखु र भिन्छे बुद्ध देगल
नेपाल भाषामा पञ्जको सात्िवक अर्थ पञ्चरश्मी हो । फर्पिङ ठाडो ढुंगामा अवस्थित पञ्ज गणेश टोलको मूल मानिन्छ । घण्टाकार मन्दिर अगाडि एउटा पोखरी र सँगै भिन्छे वहाल छ । जुन पोखरीमा प्रत्येक वर्ष कृष्णाष्टमीको भोलिपल्ट वलामी समुदायले मनाउने ताम्सीङ, मोक्सीन, अस्वारी, सिपाहीँ जस्ता देवीगणलाई नुहाइन्छ यहाँ ।

मनकामना फुचो माजु देवल 
फर्पिङ ठाडो ढुंगास्थित महालक्ष्मीस्थानबाट होड्खु खोलाको बाराही पीठ हुँदै दुई किलोमिटर दक्षिण उकालो फुल्चोकी डाँडाको पादमा छ, मनकामना मन्दिर । तीनतले सिमेन्टयुक्त मन्दिर स्थापनाको आख्यानुसार, एकजना ल्वँ वलामी नाउँका गोठालो केटो एक्कासि हराएछन् । गाईगोरु मात्र फर्किएपछि व्यापक खोजी गर्दागर्दै छ महिनापछि फाल्गुन शुक्ल पूर्णिमाको दिन अचानक घर आई, आफूलाई वनझाँक्रीले ओडारमा लगेर मन्त्र दिएको बताएछन् ।

उपचार थाल्दा साँच्चैको निको पनि हुन थालेपछि भीड लाग्न थालेछ । यस्तैमा पुनः ल्वँ झाँक्री हराएर गोर्खाको मनकामनाका पुगी मगर पुजारीसँग पूजा विधि र मन्त्र साटासाट गरी पुनः गाउँमा नै आएर मनकामना स्थापना गराएको बताइन्छ । त्यसैले फर्पिङबासी चैते दसैंमा बलिपूजा जाने गर्दछन् । यसै वर्षदेखि भक्तजनकोसमेत सहयोगमा मन्दिर पछाडि मूक्तिनाथमा जस्तै १०८ धारा स्थापना हुने भएको छ ।

गोरखनाथ गुफा, गणेश र सरस्वती गुम्बा
आसुराही क्याव गुफा, गोरखनाथ गुफा वज्रयोगिनी मन्दिरबाट उक्लिएपछि पुगिन्छ । गुफामा रिन्पोछे र ताराहरु छन् । भारतबाट तिब्बत जाँदा गुरु पद्यसम्भवले यही गुफामा नैरात्मादेवीको ध्यान गरी दर्शन पाएको विश्वासमा लामा गुरुहरु ध्यान गर्न आउने तीर्थस्थल बनेको छ । गुफाको भित्तामा गुरु पद्यसम्भवले ध्यानपश्चात् हातले छुँदा पाँच औंलाको छाप लागेको विश्वास गरिन्छ भने सातौं शताब्दीताका यहाँ पुगेका गुरु गोरखनाथको पादचिह्न ने.सं. ५११ माघ शुक्लपक्षको दिन जयस्थिति मल्लले स्थापना गराएको बताइन्छ । बज्रयोगिनी नजिकै डाँडामा गणेश सरस्वती गुम्बा पनि छ । ने.सं. ३१२ मा स्थापना भएको (पूर्वमध्येकालका अभिलेख धनबज्र बज्राचार्य) सरस्वतीलाई बौद्ध मतमा ताराका रुपमा पुजिन्छ ।


पुरानो दक्षिणकाली मन्दिर 
यही बज्रयोगिनी केशरक्याव गुफाहुँदै दुई किलोमिटर जति उकालो १९१ वटा ढुंगे भ¥याङ उक्लिएपछि पुरानो दक्षिणकाली मन्दिर पुगिन्छ । हाल सिमेन्टमय प्यागोडा छत्र शैलीको दुईतले मन्दिर छ । दक्षिणकाली हालको नदी किनारमा थापना गर्नुअघि मानिसहरु सो बाटो भएर जो हिँडे पनि बाघको रुपमा देवीले मानवबस्तीमा विचरण गर्थे र देवीसँग झ्वाट्ट भेटेमा तु रगत छाडेर मृत्यु हुन्थे रे । ज्याोतिष देखाउँदा पञ्चबलिसहित नदी किनारमा स्थापना गराए शान्त पार्न सकिने भनेपछि हालको स्थानमा ने.सं. ७७४ ताका तान्त्रिक राजा प्रताप मल्लले स्थापना गरेको बताइन्छ ।

दक्षिणकाली र दक्षिणकालीकी आमा
अष्ठमातृकामध्ये दक्षिणकाली (चामुण्डा) पीठ मानिन्छ । कौलतन्त्र मतले मत्स्य, मांस, मदिरा, मुद्रा र मैथुन प्रतीक देवीका रुपमा लिइन्छ भने यसरी भोगलाई त्याग गर्ने त्यागवादी साकाहारी धर्मभिरुको प्रतिकार गर्दै दक्षिणकाली मतमा भनिएको छ–
मूर्ख जातिहरु,
मायाको वशमा परी शरीरलाई भोकै, नांगै दुःख दिँदैमा मोक्ष प्राप्त हुने भए गधा नांगै हुन्छन्, हिलोमा डुबुल्की मार्दै हिँड्ने सुँगुर, घाँसमात्र खाएर जीवन निर्वाह गर्ने मृगलगायत सबै सन्त भए त ?
हे कुलेश्वरी ! यस्ता सब क्रियाकलाप केवल छलछाम मात्र हुन् । मोक्ष प्राप्त गर्ने एउटै मात्र सोझो बाटो छ, त्यो हो– तत्व ज्ञान ।
धर्तीमा लडेको मानिस धर्तीकै सहारामा उभिनुपर्दछ । संसारलाई त्याग्ने होइन बरू आफ्नो धारणा बदल्नुपर्दछ । यही दक्षिणकाली तन्त्र मतको वास्तविक सन्देश हो । 
यी र यस्ता भोगलाई योगमा एकाकार गरी मुक्ति पाउन सकिन्छ भन्ने सन्देशका साथ प्रख्यात दक्षिणकाली क्षेत्र ५६ हेक्टरमा फैलिएको छ । मूल मन्दिर होड्कु र कोड्कु नदीको दोभानबीच नागले ओढाएको मूर्तिसहितको छ ।

गोपालेश्वर महादेवः
दसैं अगाडि आश्विन कृष्ण नवमीका दिन फर्पिङको हरिशंकर जात्रामा प्रमुखताका साथ पुजिने गोपालेश्वर, नेपालका प्रथम शासक गोपाली वंशजको इष्टदेवता मानिन्छ । गोपालेश्वर, तिलविक्रमेश्वर, अघोरेश्वर, नन्दिकेश्वर, शेषनारायण, सिद्धि गणेशका सात खट परिक्रमा गराइन्छ । देशको शक्ति दक्षिणकाली माहेश्वरी, कुमारी, नीलवाराही, इन्द्रायणी, नारायणी र महालक्ष्मीमध्ये दक्षिणकाली खटलाई मुख्य मानिन्छ तर जात्राको प्रारम्भ र अन्त्य गोपालेश्वरबाटै हुने परम्पारा छ । भनिन्छ, गोपालेश्वरको वनभित्र वाणासुरको दरबार र इनारसहित थिए । भनिन्छ, उनै गोपाल वा किरातवंशीलाई लिच्छवीकालमा पशुबलि दिई भोज खाने भएकाले दानवको संज्ञा दिएको बताइन्छ ।

‘भाइरल’ झोलुंगे पुल 
गोपालेश्वर मन्दिर वा उपत्यकाका चार भञ्ज्याङमध्ये एक भञ्ज्याङबाट पुग्न सकिने ‘भाइरल’ पुल एक हजार ५०० मिटर लामो छ । जुन पुलबाट काठमाडौं र ललितपुरको पुरै सहरको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । सिरसिरे हावा खान झोलुंगे पुलमा हल्लिँदै वारपार गर्न युवाहरु ‘गुड फ्राइडे’ मनाउन शुक्रबार र शनिबार भीड लाग्ने गर्दछ ।


शेषनारायण तथा शिखर लोकेश्वर
भक्तपुरको चाँगु, स्वयम्भू हल्चोकको इचंगु, गोदावरी ललितपुरको विशंखुजस्तै फर्पिङको शेषनारायण मन्दिर पनि एक हो । लिच्छवीकालीन राजा भिमार्जुन देवले उपत्यकाको चार कुनामा चार नारायाण स्थापना गराएको बताइन्छ । मन्दिरमा ने.सं. ८०३ को पीठ छ, जहाँ विशाल पोखरी, बगैँचा भव्य असुराक्यव गुफा र महायानी गुम्बाले डाँडा नै सिंगारिएको छ भने रंगी विरंगी माछा हेर्न र ढुंगेधारामा नुहाउन यहाँ पुग्ने गर्दछन् । बौद्धले नारायणलाई पनि १८ लोकेश्वरमध्येमा एक मान्ने गर्दछ ।

भुण्डोल डाँडा र सुटिङस्थल
फर्पिङ–दक्षिणकालीको यात्रा गर्दा एक दिन, एक रात यहीँ बस्ने हो भने फिल्म वा सुटिङस्थलको रुपमा प्रवद्र्धन हुँदै जान थालेको प्राकृतिकस्थल भुण्डोल पनि भव्य क्षेत्र मानिन्छ । विशाल हरियाली फाँटको बीचमा खुला विशाल चौर नै भुण्डोलको चाम हो ।

एसियाको दोस्रो चन्द्रज्योति विद्युत् गृह 
एसियाकै दोस्रो तथा नेपालको पहिलो वि.सं. १९६८ मा स्थापित जलविद्युत् आयोजना फर्पिङको चन्द्रज्योति नहर मानिन्छ । वर्तमानमा खानेपानी वितरणका लागि निर्मित पोखरीको रुपमा रहेको छ । बन्द प्रायः अवस्थामा रहेको चन्द्रज्योति नहर जलविद्युत् परियोजनालाई संग्रहालयको रुपमा खुला गरिदिने कार्य नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान धिसिङले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको हातबाट उद्घाटन गराएका हुन् । पाँच सय किलोवाटको पावरहाउसको पानी जम्मा गरी काठमाडौंमा वितरण भइरहेको छ । चन्द्रनहर देशको ऐतिहासिक नमूना विकासको प्रतीक शैक्षिक भ्रमणको गतिलो केन्द्र हो ।


संकटा पाल्हाद्यो
काठमाडौंको न्युरोडस्थित टेवहालमा स्थापित संकटा यही फर्पिङबाट बुङ्मती जाँदा पुगिने कोटुवाल दहहुँदै लगिएको हो । पाल्हाद्यो भनिने संकटाले कामरुपकामक्षा आसामबाट रातो मच्छिन्द्रनाथलाई नेपाल आउन नदिन हातले छेकी–छेकी ठूलो अवरोध गरेको बताइन्छ । अन्ततः गुरुज्यूहरुले सहयोगको आग्रह गरी पाल्हाद्योलाई समेत टेवहालमा स्थापना गर्न सफल भई संकटा नाउँले प्रख्यात गराए । जुन इतिहासलाई उजागर गर्दै कोटुवाल दहमा दुईतले प्यागोडा शैलीको मन्दिर स्थापित छ । प्रत्येक १२ वर्षमा यही पाल्हाद्योलाई यहाँबाट बुङ्मती, पाटनको सानेपा, गुसिंगालहुँदै जात्रा गर्दै न्युरोडको संकटा भित्र्याउने परम्परा छ ।

डल्लुमा गुरु पद्यसम्भवको १३७ फिटको मूर्ति
डल्लु, महायानी बौद्धहरुद्वारा विस्तारित नयाँ बस्ती हो । जुन हात्तीवन पहाडको पादमा एक विशाल धर्मगुरु पद्यसम्भवको मूर्तिसहित गुम्बाहरु निर्माण भएका छन् । तिव्बती बस्तीको झझल्को दिने यहीँबाट चम्पादेवी ध्यानाचो पुग्ने मार्गसमेत रहेको छ । झण्डै १०० वटाभन्दा बढी कोठासहितको विशाल शैलीको ध्यानागार रहेको सो गुम्बा साँच्चैको फर्पिङ क्षेत्रको भ्रमणपछि शान्त मुद्रामा ध्यान गरेर बस्न जो कसैलाई पनि आनन्दित बनाउँछ ।
 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
खेमराज पोखरेललाई सम्झदा
खेमराज पोखरेललाई सम्झदा बिहीबार, कात्तिक २७, २०८२
युवा नेतृत्वको खोजी
युवा नेतृत्वको खोजी मंगलबार, कात्तिक २५, २०८२
राजनीतिक पाठशालाको सन्देश
राजनीतिक पाठशालाको सन्देश सोमबार, कात्तिक २४, २०८२
माछाखेतीको बहुआयमिक लाभ
माछाखेतीको बहुआयमिक लाभ आइतबार, कात्तिक २३, २०८२
देश विकासमा अपरिहार्य युवा नेतृत्व
देश विकासमा अपरिहार्य युवा नेतृत्व शुक्रबार, कात्तिक २१, २०८२
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत बिहीबार, कात्तिक २०, २०८२
स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो
स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP